गण्डकी सेरोफेरो

पोखराका पर्यटकीय स्थल खोल्ने बारे छलफल

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशको आयोजनामा आज पोखरा क्षेत्रका पर्यटकीय स्थल खोल्ने सम्बन्धमा सामूहिक अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रममा वक्ताहरूले विश्व पर्यटन बजार खुलिसकेका अवस्थामा पोखराका पर्यटकीय स्थल पनि स्वास्थ्य मापदण्ड पालना गर्दै खुलाउनुको विकल्प नभएको बताए । कार्यक्रममा नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देलले कोरोना प्रभावित पर्यटनलाई विस्तारै अघि बढाउनु अहिलेको आवश्यकता भएको बताउँदै पोखराका पर्यटकीय गन्तव्य खुल्ला गर्ने सम्बन्धमा छलफल राखिएको बताउनुभयो । नेपाल पर्यटन बोर्ड र युनडिपीको सहकार्यमा नाट्टाका तर्फबाट पोखराका पर्यटकीय… पुरा पढौ

जापानबाट फर्केका घर्ती दम्पतीले ताराखोलामा सुरू गरे व्यावसायिक कालिजपालन

कोरोना सङ्कट र सकसकै समयमा बागलुङको ताराखोला गाउँपालिकाका ललितबहादुर घर्ती र मनकुमारी घर्ती दम्पतीले भने लाखौँको लगानीमा गाउँमै नयाँ आम्दानीको सम्भावना खोज्न थालेका छन् । ताराखोला गाउँपालिका-२ सिलेका घर्तीले व्यावसायिक कालिज फार्म सञ्चालन गरेका छन् । लामो समय वैदेशिक रोजगारीका क्रममा जापानमा बसेका घर्ती दम्पतीले अहिले गाउँमै दुई सय २५ वटा कालिज पालेर व्यवसाय सुरु गरेका छन् । पाँच रोपनी जग्गामा नुवाकोटबाट उन्‍नत जातका कालिज ल्याएर व्यावसायिक यात्रा थालेको उनको भनाइ छ । ‘साढे ५ वर्ष जापानमा आफ्नो पसिना बगाए… पुरा पढौ

सहारा क्लबका सदस्यलाई कोभिड बिरुद्धको खोप

गण्डकी प्रदेश सरकारको सहयोगमा पोखराको सहारा क्लवले आफ्ना सदस्यहरुलाई कोरोना बिरुद्धको खोप लगाएको छ । क्लवले आफ्ना २ सय जना क्लवमा आबद्ध सदस्यहरुलाई कोरोना बिरुद्ध खोप लगाएको क्वलले जनाएको छ । त्यसै गरी हालै पोखरामा प्रदान गरिएको उक्त खोप अभियान अन्र्तगत १४ जना नेपाली सेनालाई समेत कोरोना बिरुद्ध खोप प्रबन्ध गरिएको थियो । क्लवले हरेक बर्ष जसो आहा रारा गोल्ड कप फुटवल प्रतियोगिता संचालन गर्दै आएको छ भने १४ जिल्लाका गरिव, विपन्न बर्गका २४ जना वालकहरु सहारा फुटवल एकेडेमीमा रहेका… पुरा पढौ

डोबाटे बने बिनाविभागीय मन्त्री

गण्डकी प्रदेशमा मन्त्री नियुक्त भएका डोबाटे विश्वकर्माले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।उनलाई प्रदेश प्रमुख पृथ्वीमान सिंह गुरुङले पद तथा गोपनीयताको शपथ गराएका हुन् । मन्त्री नियुक्त भए पनि उनको मन्त्रालय भने तोकिएको छैन । यसअघि साउन ८ गते मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले मन्त्रिपरिषद विस्तार गर्दा डोबाटे मन्त्री हुने सूचीमा रहे पनि अन्तिम समयमा उनलाई हटाएर विन्दुकुमार थापा मन्त्री बनेका थिए । पुरा पढौ

३८ बिपन्न परीवारका लागी दशै खर्च

जापानका बिभिन्न ठाउमा कार्यरत नेपाली युवाहरुले संकलन गरेको रकमबाट आज एक कार्यक्रमका बिच बिपन्न परीवारको लागी सहयोग सामाग्री बितरण गरीएको छ । कास्की सामाजिक अभियान जापान मार्फत संकलित रकम बाट ३ दर्जन बढी बिपन्न परीवारको लागी सामाग्री बितरण गरीएको हो । दशै मनाउन नसक्ने, आर्थिक अवस्था कमजोर भएका परीवारका लागी खसीको मासु सहीत चामल, दाल, तेल, नुन लगायतका सामाग्री बितरण गरीयो । पोखरा महानगरपालिकाका २४ देखी ३३ सम्मका वडाका ३८ बिपन्न परीवारलाई गण्डकी टेलिभिजनका संचारकर्मी अपिल त्रिपाठी मार्फत सामाग्री हस्तान्तरण… पुरा पढौ