नेबिको मह बजारमा

-


     नयाँ लिपि    
     माघ १२ गते २०७९ मा प्रकाशित


नेबिको प्रालि नेपालको पहिलो बिस्कुट उत्पादक कम्पनी हो ।नेबिको प्रालिले बिस्कुट , कन्फेक्सनरी बाहेक अन्य थुप्रै उत्पादनहरु बजारमा ल्याएको छ ।हालै नेबिको मह बजारमा लन्च गरेको छ ।एक केजी, पाँच सय ग्राम र दुई सय पचास ग्रामको साइजमा नेबिको मह बजारमा आएको हो ।करिब छपन्न वर्ष देखि उत्पादनमा पहिचान बनाएको नेबिको प्रालिले आगामी दिनहरूमा पनि उपभोक्ताको चाहना र स्वास्थलाई ध्यानमा राखेर नयाँ नयाँ उत्पादनहरु बजारमा ल्याउदै छ ।

उपभोक्ता मुल्य एक केजीको ७५०, पाँच सय ग्रामको ,४०० दुई सय पचास ग्रामको २२५ रुपैयाँ रहेको छ । आकर्षक बट्टामा बजारमा आएको मह अत्यन्तै राम्रो गुणस्तरमा रहेको कम्पनीले जनाएको छ ।