राष्ट्रिय सहमति अहिलेको खाँचो

-


     नयाँ लिपि    
     असार १ गते २०८० मा प्रकाशित


स्याङ्जा समाचारदाता
स्याङ्जा, असार १ गते । नेकपा माओबादी केन्द्रका महासचिब देब प्रसाद गुरुङले राष्ट्रिय सहमति अहिलेको खाँचो रहेको बताउनु भएको छ ।
नेकपा माओबादी केन्द्र स्याङ्जाले अयोजना गरेको प्रशिक्षक÷प्रशिक्षण कार्यक्रमको उदघाटन गर्दै शुक्रबार महासचिब गुरुङले देश संकटमा परेको बेलमा सहमतिको बिकल्प नरहेको बताउनुभयो ।
प्रचण्डको नेतृत्वमा एमाले बाहेकका कम्युनिष्ट एक ठाउँ हुन थालेको बताउदै महासचिब गुरुङले कम्युनिष्ट एक ठाउँ भएपछि गैर कम्युनिष्टलाई गोलबन्द गराउन सहज हुने बताउनुभयो ।
केपी ओलीको सोच र चिन्तनका कारण नेपालको कम्युनिष्ट आन्दोलन धरासायी भएको उहाँको भनाई थियो ।
केपी ओली सत्ताबाट बाहिरिदाँ नेपाल युक्रेन हुनबाट बचेको बताउदै महासचिब गुरुङले अहिले अमेरिकाले एमालेलाई प्रयोग गरेर चिनमाथी आक्रमण गर्ने प्रयास असफल भएको बताउनुभयो ।
जब जब समस्या आउछ तब छलफल र बहस आवश्यक रहेको बताउदै महासचिब गुरुङले सबै समस्या सामाधानको लागि माक्सबाद, लेलिनबाद, माओबादको बिकल्प नरहेको
जिकिर गर्नुभयो ।
अहिलेको बर्ग संघर्ष एकाधिकार दलाल पुजिपति बिच भएको बताउदै महासचिब गुरुङले श्रमजिवीले जितेमा जनताले जित्ने र दलाल पुजिपतिले हुने बताउनुभयो ।
कार्यक्रममा प्रदेश अध्यक्ष गायत्री गुरुङ, केन्द्रिय सदस्य शैलेन्द्र घिमिरे, जिल्ला संयोजक प्रकाश न्यौपाने लगायलते मन्तब्य राख्नु भएको थियो ।
दुई दिने कार्यक्रममा दर्शनशास्त्र, राजनैतिक अर्थशास्त्र, बैज्ञानिक समाजबाद, पार्टी कार्यदिशा, संगठनात्मक सिदान्त, कयुनिष्ट आन्दोलनको इतिहास, सुचना र प्रबिघिको लगायतका बिषयमा पार्टी स्थायि समिति सदस्य अमृता थापा, केन्द्रिय सदस्य हरिराज अधिकारी, खोप बहादुर कडेल, लेख बहादुर थापा, शैलेन्द्र घिमिरे, रामदिप आचार्य, सुनिल पाण्डे लगायतले प्रशिक्षण प्रदान गर्नु हुने छ ।