चौथो अध्यक्ष कप शुरु

-


     नयाँ लिपि    
     फागुन ९ गते २०७९ मा प्रकाशित


पोखरा, फागुन ९ गते । कालिगण्डकी गाउँपालिका ७ मिर्मीमा चौथो अध्यक्ष कप बृहत खेलकुद प्रतियोगिता शुरु भएको छ ।


मिर्मीमा रहेको खेलमैदानमा फुटबल, भलिबल, टेबल टेनीस, ब्याडमिन्टन महिला तथा पुरुष र क्रिकेट पुरुष हुने छन् ।
पालिकामा खेलकुदका बिकास गर्ने उदेश्य आयोजना गरिएको अध्यक्ष कपमा १९÷१९ स्वर्ण, रजत र कास्यमा हुने प्रतिस्पर्धा हुने पालिका अध्यक्ष खिम बहादुर थापाले बताउनुभयो ।


पालिकाका सात वडाका ६४४ जना खेलाडी प्रतियोगिता दुई दिन संचालन हुने थापाले बताउनुभयो ।
प्रतियागिताको संघिय सभामुख देबराज घिमिरेले उद्घाटन गर्नु भएको हो । खेलकुदमा प्रत्येक वडाका खेलाडीले मार्च पास समेत गरेका थिए ।