चौथो अध्यक्ष कपमा वडा नं ५ लाई उपाधि

-


     नयाँ लिपि    
     फागुन ११ गते २०७९ मा प्रकाशित


स्याङजा, फागुन ११ गते । कालिगण्डकी गाउँपालिकाले वडा नं ७ मिर्मीमा गरेको चौथो अध्यक्ष कप तजा बृहत खेलकुद महोत्सबमा वडा नं ५ ले उपाधि जितेको छ । वडा नं ५ ले पाचँ स्वर्ण र पाचँ रजत पदक हात पार्दै पहिलो बनेको हो ।
यस्तै पाचै स्वर्ण जितेको वडा नं ७ ले एक रजत र पाचँ कास्य सहित दोेस्रो, तेस्रो भएको वडा नं १ ले चार स्वर्ण, एक रजत र छ कास्य जितेको हो । वडा नं ३ ले तीन स्वर्ण, एक रजत र तीन कास्य ल्याउदै चौथो भएको हो ।
मिर्मी खेलमैदानमा एथलेटिक्स, फुटबल, भलिबल, टेबल टेनीस, ब्याडमिन्टन महिला तथा पुरुष र क्रिकेट पुरुष गरी १९÷१९ स्वर्ण, रजत र कास्यमा प्रतिस्पर्धा गराइएको थियो । खेलाडीको उत्पादन र खेलकुदको बिकास गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरेको पालिका अध्यक्ष खिम बहादुर थापाले बताउनुभयो ।
फागुन ९ गने शुरु भएको प्रतियोगितामा हरेक वडा ९२ जनाका दर सातट वडाका ६४४ जना खेलाडीले सहभागी रहेका थिए । कालिगण्डकी गाउँपालिकाले पछिल्लो पटक खेलकुदमा नयाँ रेकर्ड बनाउदै आएको छ ।