अर्थतन्त्र

पोमनपा २५ ले नयाँ प्रशासनिक भवनबाट सेवा सुरु गर्यो 

पोखरा । पोखरा महानगरपालिका २५ को नयाँ भवनबाट सेवा दिन सुरु भएको छ ।   पहिला सेवा दिदै आएको कार्यालय भवन साघुरो भएकोले सेवा दिन कठिनाई भएको थियो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सेवा ग्राहीको सेवाको लागि भवन आवस्यक रहेको बताउदै भवन मात्र नभइ सेवा पनि चुस्त दुरुस्त हुनु पर्ने बताए । कार्यक्रममा पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेबी , पोखरा महानगरपालिका २ का वडा अध्यक्ष दिवस मान प्रधानांग, साबिक हेमजा गाबिसका अध्यक्ष रामचन्द्र त्रिपाठी  र गौरि शंकर मा.बिका अध्यक्ष भोजराज पौडेल… पुरा पढौ

दृष्टि आँखा अस्पतालमा स्वास्थ्य बिमा सुरु

पोखरा । पोखरा नयाँबजारमा रहेको दृष्टि आँखा अस्पतालमा मंगलबारदेखि स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ ।  स्वास्थ्य बिमा बोर्डले नयाँ आव २०८१/०८२ देखि लागु हुने गरी दृष्टिसहित नेपालका २ आँखा अस्पताल र १० मेडिकल कलेजलाई सेवा सूचीकृत गरेको छ ।  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उक्त अस्पतालमा उद्घाटन गर्दै  स्वास्थ्य बिमा कार्यक्रमबाट सेवा दिने सेवाग्राहीलाई पहिलो प्राथमितामा राखेर सेवा दिनुपर्ने बताए । उनले बिमाबाट प्राप्त हुने सुविधालाई नागरिकले सरल र सहज रुपमा प्रयोग गरी गुणस्तरीय सेवा पाउनुपर्ने समेत बताए । प्रदेशका… पुरा पढौ

काठमाडौ महानगरपालिकाले ९१२ जनालाई दियो एक साथ रोजगारी

काठमाडौ महानगरपालिकाले ९१२ जनालाई एक साथ रोजगारी प्रदान गरेको छ । जसमा ३२९ जना निजी तथा ५८३ जनालाई सरकारी क्षेत्रमा रोजगारी प्रदान गरेको हो । काठमाडौ महानगरपालिका प्रमुख बालेन्द्र शाह ‘बालेन’ ले सामाजिक संञ्जाल फेसबुकमा स्टाटस मार्फत उक्त कुराको जानकारी गराएका हुन । काठमाडौ महानगरले रोजगारी प्रबद्र्धनका लागि ३ वर्षको कार्ययोजना बनाई कम्तिमा १५००० जनालाई तालिम तथा ५००० जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने उद्धेश्यले ‘गौरव योजना रोजगार र आयवृद्धि काठमाडौको समृद्धि तथा श्रम बैक स्वर्णिम योजना’ अगाडि बढाएका थियो ।… पुरा पढौ

ब्यूटीपार्लर एशोसियसन गण्डकीको अध्यक्षमा केसी

पोखरा । ब्यूटीपार्लर एशोसियसन गण्डकीको अध्यक्षमा बबिता केसी कार्की सर्वसम्मत चयन भएकी छिन । हालै सम्पन्न ब्यूटीपार्लर एशोसियसन गण्डकी, कास्की र लेखनाथ इकाइको चौथो साधारण सभा तथा तेश्रो अधिवेशन मार्फत ब्यूटी पार्लर एशोसियसन गण्डकीको अध्यक्षमा बबिता केसी कार्की सर्वसम्मत अध्यक्ष चयन भएकी हुन । एशोसियसनको वरिष्ठ उपाध्यक्षमा चित्र कुमारी थापा, उपाध्यक्षमा सोमना शाक्य, महासचिवमा माया विश्वकर्मा र सह सचिवमा पुष्पा पौडेल सर्वसम्मत चयन भएका हुन । त्यसैगरी सदस्यहरुमा कामना गुरुङ, मन्जु अधिकारी, विश्व श्रेष्ठ, शुष्मा गुरुङ र संकल्प श्रेष्ठ चयन… पुरा पढौ

दरबार भित्र २ वटा मोटरबोट अवलोकन गरेको १००

पोखरा । पोखरा फेवाताल किनारमा रहेको रत्न मन्दिर अर्थात राजदरबार । तत्कालिन राजा पोखरा आउदा बस्ने ठाउ । देशमा राजा हटिसके पछि । नेपाल सरकारले ट्रष्ट बनाएर सर्वसाधारणका लागि खुल्ला गरेको रत्न मन्दिरमा मानिसहरु तत्कालिन राजाहरुको दरबार कस्तो हुदो रहेछ भनेर हेर्न जाने गर्दछ । विदाको दिन अलि बढि भिड हुने उक्त ठाउ अन्य दिन सरदर ७०/८० जना दरबार हेर्न आउने त्यहाँका इकाई प्रमुख मिन प्रसाद लामिछानेले बताए । रत्न मन्दिर भित्र लेउले ढाकिएको हिड्ने बाटो मंगलबार पोखराका सुक गुरुङ… पुरा पढौ

रैथाने उत्पादनको ब्राण्डिङमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले रैथाने उत्पादनको ब्राण्डिङमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुुभएको छ । साना तथा मझौला व्यवसायी महासंघ नेपाल कास्कीले आयोजना गरेको औद्योगिक मेलामा बोल्दै उहाँले अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्न रैथाने उत्पादनलाई ब्राण्डिङ गर्नुुपर्ने बताउनुभएको हो । “गुणस्तरियतामा ख्याल राख्दै रैथाने उत्पादनको बजारीकरण गर्नुपर्ने आवश्यकता देखिन्छ । जसका लागि प्रदेश सरकार यहाँहरु सँगै छ ।”, उहाँले भन्नुभयो । मन्त्री थापाले साना तथा मझौला व्यवसायीहरुको आत्मबल बढाउने गरी प्रदेश सरकारले नीतिगत निर्णय… पुरा पढौ

हिले महोत्सवमा विदेशी पर्यटकले नयाँ स्वाद चाखे

पोखरा । पोखरा पर्यटन परिषद्को आयोजनामा पोखराको फेवाफाँटमा भएको रोपाइँ महोत्सवमा विदेशी पर्यटकले नयाँ स्वाद चाखेका छन । बदलिदो समय सङै माटो सङ्गको सामिप्यता नभएको विदेशी पाहुनाले यस पटक फेवाफाटमा माटो सङ्ग लामो समय बिताए । खुशी खुशी ।   महोत्सवमा २० देशका २ सय ५० भन्दा बढी विदेशी पर्यटकको सहभागिता रहेको आयोजक  पोखरा पर्यटन परिषदले जानकारी दिएको छ ।  उक्त महोत्सवमा हिले भलिवल प्रतियोगिता हिले दौड प्रतियोगिता, पर्यटकहरुको लागि हिलो दौड,पत्रकार तर्फको हिलेदौड,रस्साकसी प्रतियोगिता लगायतका प्रतियोगिता रहेको थियो । भलिवल तर्फ… पुरा पढौ

गण्डकीमा ई–ड्राइभको सेवा विस्तार

पोखरा । प्रविधिको प्रयोगमा जोड दिदैं गण्डकी प्रदेशभर सेवा प्रदान गर्नेगरि ‘ई–ड्राइभ नेपाल’ को राइड शेयरिङ एप सञ्चालनमा ल्याइएको छ । ई–ड्राइभ गण्डकी नेपाल र ई–ड्राइभ नेपालले सहकार्य गदैै राइड शेयरिङ एप सञ्चालनमा ल्याइएको हो । गण्डकीका १० जना युवाको पहलमा एप सञ्चालनमा ल्याएको ई–ड्राइभले केही समयमै सेवा शुभारम्भ गर्नेछ । यात्रुले प्लेस्टोर र एपस्टोरको माध्यमबाटबाट ई–ड्राइभ नेपालको एप डाउनलोड गरेपछि अनलाइनबाट आवश्यकता अनुसार सवारीसाधन बुक गरेर गन्तव्यमा पुग्ने व्यवस्था मिलाएको ई–ड्राइभ गण्डकीका अध्यक्ष भीमसेन कार्कीले जानकारी दिए ।‘पहिलो चरणमा… पुरा पढौ

सेलवेजको विरौटा र प्रस्याङमा शाखा विस्तार

पोखरा । सेलवेज डिपार्टमेन्टल स्टोरले पोखराका दुई ठाउँमा शाखा विस्तार गरेको छ । पोखरा र काठमाडौंका विभिन्न ठाउँमा शाखा विस्तार गरेर सेवा दिदै आएको सेलवेजले पोखरा १७ विरौटा र पोखरा ५ प्रस्याङमा शाखा विस्तार गरेको हो । दुई शाखा थपिए सगँ पोखरामा १० शाखा पुगेको छ । सेलवेजले सेल्सबेरी ब्राण्डमा समेत डिपार्टमेन्टल स्टोर संचालन गरिरहेको छ । सेलवेजले सेल्सबेरी गरेर ४० शाखा पुगेको व्यवस्थापक दयाल गिरीले बताए । विरौटा देखी छोरेपाटन, पुम्दीभुम्दीलाई लक्षित गरि विरौटा शाखा खोलिएको बताए । त्यसै… पुरा पढौ

गरिमा विकास बैंक लिमिटेड र नाट्टा बीच सम्झौता

पोखरा । गरिमा विकास बैंक लिमिटेड र नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशबीच सम्झौता भएको छ । नाट्टा गण्डकी प्रदेश अन्तर्गतका व्यवसायीलाई बैंकको विभिन्न प्रकारका कर्जाहरूमा सहुलियत सहितको सेवा उपलब्ध गराउन उक्त सम्झौता गरिएको हो । सम्झौता पत्रमा बैंकको तर्फबाट गण्डकी प्रदेश कार्यालय प्रमुख भोलाप्रसाद तिवारी र नाट्टा गण्डकीका अध्यक्ष हरिराम अधिकारीले हस्ताक्षर गर्नुुभएको छ । सम्झौता अनुसार नाट्टा गण्डकी प्रदेश अन्तर्गतका व्यवसायीलाई पाँच वर्षसम्म पाँच लाखसम्मको बैंक ग्यारेन्टी १० प्रतिशतको नगद मार्जिनमा उपलब्ध गराइने नाट्टा गण्डकी… पुरा पढौ