बैँक / वित्त

बैंकहरुलाई राष्ट्र बैंकले किन दियो यस्तो निर्देशन ?

बैंकहरुले अस्वभाविक रुपमा ब्याजदर बढाउन थालेपछि नेपाल राष्ट्र बैंकले ब्याज घटाउन नयाँ निर्देशन जारी गरेको छ । विभिन्न बैंकहरुले निक्षेपको ब्याजदर १० प्रतिशतभन्दा माथि पुर्‍याएपछि राष्ट्र बैंकले नियमनकारी एकीकृत निर्देशन जारी गरेको हो । यसले बैंकको ब्याजदरलाई अपेक्षित सीमामा राख्न मद्धत गर्ने राष्ट्र बैंकको विश्वास छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले जुनसुकै प्रकारको निक्षेपमा प्रदान गर्ने ब्याजदर निर्धारण तथा प्रकाशन गर्दा अघिल्लो महिना प्रकाशित ब्याजदरमा बढीमा दश प्रतिशतका दरले मात्र परिवर्तन गर्न सक्ने बताएको छ । संस्थागत मुद्दती… पुरा पढौ

ग्लोबल आइएमई बैंकको २८१ औँ शाखा खुसिबु काठमाण्डौमा

काठमाडाैं, १ कात्तिक। ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाण्डौकाे खुसिंबुमा आज सोमबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको सुरुवातसँगै अब बैंकको शाखा संख्या २८१ पुगेको छ । यसैगरि बैंकले आजैबाट मोरङ जिल्ला सुनबर्षी नगरपालिका –२, अमरदहमा नयाँ एक्सटेन्सन काउन्टर पनि सञ्चालनमा ल्याएको छ । नयाँ एक्सटेन्सन काउन्टरको सुरुवातसँगै बैंकको एक्सटेन्सन काउन्टर संख्या (राजश्व संकलन काउन्टर सहित) ४८ पुगेको छ । यस अमरदह एक्सटेन्सन काउन्टर डाँगीहाट शाखाअन्तर्गत रहने बताइएकाे छ । बैकले ‘सबैका लागि बैंक’ भन्ने नाराका साथ २६ लाख… पुरा पढौ

ब्याजदरमा बैंकहरूकाे चर्काे प्रतिस्पर्धा, मुद्दति निक्षेपमा दिए ११.६७ प्रतिशतसम्म ब्याज

काठमाडौं, १ कार्तिक। नेपाली बित्तिय बजारमा अहिले निक्षेपमा कसले बढी ब्याज दिने भन्ने प्रतिस्पर्धा चलेकाे छ । हिजाे र आज प्रकाशित बैकहरूकाे इन्ट्रेष्ट रेटकाे सूचनामा यस किसिमकाे प्रतिस्पर्धा देखिएकाे हाे । अहिले बैंकहरूमा देखिएकाे ब्याजदरकाे चर्काे प्रतिस्पर्धा हेर्दा आफ्नो भएकाे निक्षेप जोगाउन र अर्को बैंकको तान्नका लागि ब्याज बढाएकाे स्पष्ट देखिएकाे एक बैंकरले सफल आवाजलाइ बताए । नेपाल बैंकर्स संघको आइतबारकाे बैठकमा अध्यक्ष भुवन दहालले राष्ट्र बैंकको आग्रहलाइ मान्न बैंकरहरूलाइ अनुराेध गरेका थिए । ब्याज बढाएकै भरमा निक्षेप नआउने भन्दै ब्याजदर… पुरा पढौ