दीपशिखा सामुदायिक पुस्तकालयमा वक्तृत्वकला
पोखरा । पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयले ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ भन्ने आदर्श वाक्यका साथ १७ औं पुस्तकालय दिवस २०८१ को अवसरमा “पठन संस्कृतिको विकासमा पुस्तकालयको भूमिका ” विषयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । लेखनाथ क्षेत्रका १९ संस्थागत तथा सामुदायिक विद्यालयहरुका कक्षा ८,९र १० का २९ विद्यार्थीहरु सहभागी रहेको वक्तृत्वकला प्रतियोगितामा डायमण्ड माविकी अंकिता आचार्यले प्रथम स्थान हाँसिल गरिन् । प्रतियोगितामा जनप्रकाश मा विकी अनुसा काफ्ले दास्रो डायमण्ड कै स्वस्तिका देवकोटाले तेस्रो स्थान हाँसिल…
पुरा पढौ
नेपाली विभागमा छात्रवृत्ति वितरण
पोखरा । पृथ्वीनारायण क्याम्पस नेपाली विभागले विभागीय छात्रवृत्ति वितरण तथा साहित्यक परिचर्चा कार्यक्रम सम्पन्न गरेको छ ।विभागले बिहीवार एक समारोहबीच छात्रवृत्ति वितरण र साहित्यकार तीर्थराज अधिकारीको नवौं कृति ‘यो कसको हात हो’ दोस्रो संस्करणको परिचर्चा एकैसाथ आयोजना गरेको हो ।कार्यक्रमका प्रमुख अतिथि निमित्त क्याम्पस प्रमुख शंकरनाथ पौडेल, विभागीय प्रमुख डा. यमनाथ तिमिल्सिना, छात्रवृत्ति संस्थापक कृष्णप्रसाद पौडेल, राधादेवी पौडेल, तीर्थराज अधिकारी, सीतादेवी अधिकारीले संयुक्तरूपमा उक्त छात्रवृत्ति अर्पण गरे ।पूर्व विभागीय प्रमुख कृष्णप्रसाद पौडेलद्वारा आफ्ना बुबा शालिकराम पौडेलको स्मृतिमा स्थापित शालिकराम–कृष्ण पौडेल…
पुरा पढौ
सीप परिक्षण उतिर्ण पश्चात सही सदुपयोगको खाँचो : मन्त्री थापा
पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले सीप परिक्षण उतिर्ण पश्चात यसको सही सदुपयोग गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । शुक्रबार मन्त्रालयमा नै आयोजना गरिएको सीप परिक्षण उतिर्ण परीक्षार्थीलाई प्रमाणपत्र वितरण कार्यक्रममा मन्त्री थापाले यस्तो बताएका हुन् । उनले सीप परिक्षण उतिर्ण गरेर प्राप्त सर्टिफिकेटलाई घरमा थन्काएर मात्र राख्न नहुने उल्लेख गरे । “सीप परिक्षण उतिर्ण गरेपछि प्राप्त सर्टिफिकेट घरमा राख्नु उचित होइन । आफुले सिकेको सीप अनुसार समाजमा रही सेवा प्रवाह गर्न आवश्यक…
पुरा पढौ
गण्डकीमा मन्त्रालयको सङ्ख्या नबढाउने पक्षमा एमाले
पोखरा । नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले गण्डकी प्रदेश सरकारमा एमालेको सहभागिताका विषयमा छलफल भइरहेको बताएको छ । शनिबार पोखरामा नेपाल बुद्धिजीवी परिषद गण्डकी प्रदेश कमिटीद्वारा प्रकाशित स्मारिका ुगण्डकी दर्पणको विमोचन समारोह बोल्दै अधिकारीले मन्त्रालयको सङ्ख्या लगायतका विषयमा कुरा मिल्न बाँकी रहेको बताए । एमालेले मन्त्रालयको सङ्ख्या ७ बाट बढाउन नहुने अडानमा कायम रहेको स्पष्ट पारे । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको जोडबल मन्त्रालयको सङ्ख्या बढाएर १२ सम्म पुर्याउनेमा रहेको देखिएको उनको सङ्केत थियो । केन्द्रीय…
पुरा पढौ
बबि ब्यूटीसैलुन द्वारा विद्यार्थीलाई छात्रवृत्ति
पोखरा । पोखरा १० बुद्धचोकमा रहेको बबि ब्यूटी सैलुन एण्ड ट्रेनिङ सेन्टरले आफ्नो ११ औं वार्षिकोत्सवको अवसर पारी कुँडहर आधारभुत विद्यालयमा छात्रवृत्ति र दिवा खाजा प्रदान गरेको छ । वार्षिकोत्सवको अवसर पारी पोखरा १० कुँडहरमा रहेको कुँडहर आधारभुत विद्यालयमा अध्ययनरत १४ जना विद्यार्थी लाई छात्रवृत्ति र विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई दिवा खाजा प्रदान गरेको हो । छात्रवृत्ति वितरण कार्यक्रममा वोल्दै विद्यालयका प्रध्यानाध्यापक नन्द किशोर बरालले कुँडहर आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरु मध्ये जेहेन्दार र आर्थिक विपन्न भएका विद्यार्थीहरुलाई लक्षित गरी छात्रवृत्ति प्रदान…
पुरा पढौ
मानव बेचबिखन कम गर्न सचेतना
पोखरा । राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समितिले सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामसँगको सहकार्यमा मानव बेचबिखन कम गर्न सचेतना कार्यक्रम गरेको छ । पोखरा–५, मालेपाटनमा रहेको वाराहि माविमा कक्षा १२ का ६० विद्यार्थीलाई मंगलबार प्रशिक्षण दिइएको छ । अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्ध दिवसको अवसरमा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्की सामुदायिक शाखा इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक होतबहादुर रोकाहाले मानव बेचबिखनसम्बन्धी प्रशिक्षण दिएका थिए । कार्यक्रममा सामुदायिक सेवा केन्द्रका पदाधिकारी, स्कुलका शिक्षक, राष्ट्रिय सम्पदाका पदाधिकारी र प्रहरी कर्मचारीसमेत…
पुरा पढौ
जियुले गर्यो “एमआइटी एआई” विषय सार्वजनिक
पोखरा । गण्डकी विश्वविद्यालय (जियु) एमआइटी एआई कार्यक्रम सार्वजनिक भएको छ । बुधबार एक कार्यक्रमको आयोजना गर्दै विश्वविद्यालयले मास्टर अफ इन्फर्मेसन टेक्नोलोजी आर्टिफिसियल इन्ट्लीजेन्स कार्यक्रमको सार्वजनिक गरेको हो । अब सो सम्बन्धि अध्ययन गर्न इच्छुक विद्यार्थीले उक्त अवसर गण्डकी विश्वविद्यालयमा पाउनेछन् । सेप्टेम्बर महिनाबाट एमआइटी एआईको कक्षा सुरु हुने जानकारी गराइएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले एमआइटी एआई विषय समय सान्दर्भिक भएको बताए । प्राविधिक शिक्षा आजको…
पुरा पढौ
पोखरा बहुमुखी क्याम्पसमा युनाइटेड क्लवको छात्रवृत्ति अक्षयकोष स्थापना
पोखरा । युनाइटेड क्लब पोखराले पोखरा बहुमुखी क्याम्पसमा छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ । क्लबले क्याम्पसमा अध्ययनरत जेहेन्दार तथा विपन्न विद्यार्थीहरुलाई लक्षित गरी एक लाखको अक्षयकोष स्थापना गरेको हो । अक्षयकोषका लागि क्लवका अध्यक्ष राजु श्रेष्ठ, क्लवका शिक्षा उपसमिति संयोजक गणेश तिमिल्सिना लगायतले पोखरा बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष नरेन्द्र लालचन, क्याम्पस प्रमुख सिशुकला पराजुली, क्याम्पस आइ क्यू ए सी प्रमुख महेन्द्र प्रसाद रिमाललाई चेक हस्तान्तरण गरिएको हो । सो अवसरमा वोल्दै पोखरा बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष नरेन्द्र लालचनले युनाइटेड क्लबले…
पुरा पढौ
पर्यटनको राजधानी पोखरालाई दक्ष जनशक्ति दिन प्रतिवद्ध छौँ : अध्यक्ष विजुक्छे
जनप्रिय बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले पर्यटनको राजधानी पोखराको पर्यटन उद्योगलाई टेवा पुग्ने गरी दक्ष जनशक्ति उत्पादन गर्न प्रतिवद्ध रहेको जनाएका छन् । आइतबार पोखरामा आयोजित ‘पर्यटकीय राजधानीमा पर्यटन शिक्षा’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि विजुक्छेले सिप, प्रविधि र उद्यमशीलता ः शिक्षामा जनप्रियको गतिशीलताको मर्मलाई आत्मसात गर्दै स्वायत्त कार्यक्रमका रूपमा स्नातकतह पर्वतीय पर्यटन व्यवस्थापनको अध्यापनमार्फत् राष्ट्रिय अन्तर्राष्ट्रिय श्रमबजारको मागलाई दक्ष जनशक्ति पूर्ति गर्न क्याम्पसले महत्वपूर्ण भूमिका खेलेको चर्चा गरे । युवाहरूको पलायन रोक्न पर्यटन फस्टाउनु पर्छ, शिक्षा, सिप…
पुरा पढौ
साहित्य समाजसेवा पुरस्कार माकाजूलाई
पोखरा । शुक्ला साहित्य प्रतिष्ठान पोखरा–१६, बाटुलेचौरद्वारा सञ्चालित मदन–चन्द्रा साहित्य समाजसेवा पुरस्कार साहित्यकार तथा समाजसेवी रविन्द्र माकाजूलाई अर्पण गरिने भएको छ । माकाजूका विविध विधाका छ दर्जन बढी कृति प्रकाशित छन् ।२५ हजार राशिसहितको उक्त पुरस्कारबाट यस अगाडि गायिका बाबा राणा सम्मानित भइसकेकी छन् । प्रतिष्ठानले नेपाली साहित्य, सामाजिक तथा सांस्कृतिक संस्कार र सभ्यताको संरक्षणमा क्रियाशील रहेर पनि ओझेलमा परेका स्रष्टा साधकलाई पुरस्कार अर्पण गर्दै आएको छ । समाजसेवी मदनबहादुर खत्री क्षत्रीले धर्मपत्नी चन्दा खत्री क्षत्रीको स्मृतिमा स्थापित एकलाख ५५…
पुरा पढौ