एमसिसि चुनाव पछि पास गर्ने गठबन्धनकाे तयारी- शिक्षा मन्त्री देवेन्द्र पाैडेल

-


     राजेशचन्द्र राजभण्डारी     
     माघ २३ गते २०७८ मा प्रकाशित


एमसिसि चुनाव र गठबन्धनका काे साइनाे नभएको तर गठबन्धन र एमसिसि बिच भने सम्बन्ध रहेको हुदा यथास्थितिमा एमसिसि पास नहुने शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पाैडेलले बताए ।

नेपाल प्रेस सेन्टर बागलुङले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा माआ‌ेवादी नेता समेत रहेका शिक्षा मन्त्री पाैडेलले एमसिसि बारे राजनीतिकदलमा दुईवटा धारणा रहेको
संसद नचलिरहेकाे समयमा एमसिसि बारे केही समय माग गरि चुनाव पछि पारित गर्ने बताए ।

अब हुने चुनाव पछि एमसिसि बारे विबाद भइसकेपछि संसदमा रहेका सबै राजनीति दलको राष्ट्रिय सहमतिमा मात्रै अगाडि बढ्ने कुरामा गठबन्धन दल बिच सहमति भएको मन्त्री पाैडेलले बताए ।अरू पार्टीमा एमसिसि बारे दुईवटा धार रहेको माआ‌ेवादी पार्टी भित्र एउटा धार भएको एमाले स्पष्ट नबाेलेकाे राजमाे र नेपाल मजदुर किसान पार्टी पास गर्ने हुन्न भन्ने पक्षमा रहेको हुदा संसदमा रहेको राजनीतिदलकाे सहमतिमा अगाडि बढ्नु पर्ने गठबन्धन दलले गर्ने चुनावपछि मात्रै एमसिसि अगाडि बढाउने उनलेे बताए ।

स्थानीय तहको चुनाव ताेक्ने गरि निर्वाचन आयोग तयार भए सरकारले चुनाव जेठमा घाेषणा गर्ने पत्रकार सम्मेलनमा मन्त्री पाैडेलले बताए ।अहिले भइरहेको गठबन्धन आगामी चुनाव सम्म कायम रहने समेत बताएका थिए ।