ताराखोलामा सञ्चालित १५ दिने सिपमुलक तालिम सम्पन्न

-


     मन्दिप निउरे     
     माघ २३ गते २०७८ मा प्रकाशित


ताराखोला गाउँपालिका वडा नम्वर ५ मा गरीवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेडपा अन्तर्गत स्तरोन्नति व्याग डिजाईन सम्बन्धि १५ दिने सिपमुलक तालिम सम्पन्न भएको छ ।

ताराखोला गाउँपालिकाको आयोजना तथा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको आर्थिक सहयोगमा ताराखोला गाउँपालिका वडा नम्वर ५ मा गरीवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सञ्चालित तालिम शनिबार सम्पन्न भएको हो ।

कार्यक्रममा ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले कार्यक्रमको उद्देश्य र महत्वमाथि प्रकाश पार्दै आगामि कार्ययोजनाको लागि उद्यमिहरुलाई उत्पादनमा जोड दिन आग्रह गर्नुभएको थियो ।

तालिमको ईन्द्रकलि रोकाले प्रशिक्षक गर्नुभएको थियो । तालिम ताराखोला गाउँपालिका वडा नम्वर ५ का १० जनाले लिएका थिए ।

कार्यक्रम ताराखोला गाउँपालिका वडा नम्वर ५ का वडा अध्यक्ष राम वहादुर रोकाको अध्यक्षता, प्रशिक्षार्थि पुष्पा रोकाको स्वागत तथा ताराखोला गाउँपालिकाका प्रशासकिय अधिकृत प्रकाश गैरेको सञ्चालनमा सम्पन्न भएको थियो ।