८ बर्ष बित्दा पनि अधुरो रह्यो धाैलागिरि अस्पतालकाे सि ब्लक

-


     राजेशचन्द्र राजभण्डारी     
     माघ २३ गते २०७८ मा प्रकाशित


गण्डकी प्रदेशकाे धाैलागिरि अस्पताल लाई सुविधा सम्पन्न बनाइ यश क्षेत्रका जनतालाई सर्व शुलभ रूपमा सेवा दिने उदेश्यले ९ बर्ष अघि निर्माण शुरू भएको अस्पतालकाे सि ब्लक काे भवन पटकपटक म्याद थप गर्दा समेत ठेकेदार कम्पनीले काम समयमै सम्पन्न नगर्दासम्म अस्पतालले दिनुपर्ने सेवामा असर पुगेको छ । काेराेना भाइरस यतिबेला ठेकेदार कम्पनी लाई काम नगर्ने संजिवनी बुटी साबित भएको छ ।

जनतालाई सहजरूपमा स्वास्थ्य सेवा दिने भनेर ८ बर्ष अघि निर्माण कार्य शुरू गरिएको धाैलागिरि अस्पताल बागलुङको सि ब्लक भवन ठेकेदार कम्पनीको लापरबाहीकाे कारण पूरा हुन नसक्दा स्वास्थ्य सेवा प्रभावित बनेको छ ।

गण्डकी प्रदेशको ठूलो ब्यापारी केन्द्र बागलुङकाे धाैलागिरि अस्पतालकाे स्तर बृद्वि गरि १०० शैयाकाे भवन निर्माणकार्य शुरूवात भएको ८ बर्ष बित्दा समेत भवनको कामले खासै गति लिन नसक्दा अस्पतालमा दिने धेरै खालको सेवा सुविधा बाट बन्चित भएको छ ।

सुविधा सम्पन्न भवन तयार नहुदा अस्पतालकाे अप्रेसन थिएटर लगायतका संवेदनशील क्षेत्रमा यसले प्रत्यक्ष प्रभाव पारिरहेको धाैलागिरि अस्पताल बागलुङका निर्वतमान ब्यवस्थापन समितिका सदस्य शालिकराम शर्माले बताए ।

अस्पताल जस्तो संवेदनशील बिषयमा बर्ष सम्म अस्पतालकाे भवन नबनाउदा समेत चुपचाप जिल्लाका
राजनीति पार्टी चुपचाप बस्नु ठेकेदारले काम नगर्दा कुनै अनुगमन नहुनु अकर्मण्यता भएको अधिकारकर्मि राम शर्माले बताए । अस्पतालकाे भवन ठेकेदार कम्पनीले बनाउनु पर्नेमा बाहिरी ब्यक्तिले करोडाै लगानी गरेर बनाउनु पर्ने अवस्था सृजना हुदा समेत सरकारकाे भुमिका नदेखिनु लाजमर्दो बिषय भएको शर्माले बताए ।

अस्पतालकाे सि ब्लक भवन समयमै नबन्दा अस्पतालले प्रदान गर्ने धेरै खालको सेवा प्रभावित बन्नुका साथै काेराेनाकाे कारणले काम गर्न समेत गार्‍हो भइरहेको प्रशासनीक काममा समेत बाधा बनेको धाैलागिरि अस्पताल बागलुङका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शैलेन्द्र विक पाेखरेलले बताए ।

अस्पतालकाे सि ब्लक भवन निर्माण गर्न आशिष मिलिनियम
भीम ज्याेती जेभि निर्माण कम्पनीले १० कराेड ६६ लाख ६ हजार ६ सय ५५ रूपैयाँ ५७ पैसामा २०७० साल असार ५ गते सम्झौता गरि २०७३ साल असार १० गते भवन सम्पन्न गर्ने भनी सम्झौता गरेको थियो । पटकपटक गरि निर्माण कम्पनी लाई चार पटक म्याद थप गरेकोमा अन्तिम पटक २०७८ साल ब‌‌ैशाख ३१ गते थपेको म्याद २०७८ साल माघ २९ गते सकिदैछ अहिले गरेको कामको प्रकृति हेर्दा अबको एक हप्तामा भवन सम्पन्न हुने छाटकाट भने देखिदैन ।

अस्पतालकाे भवन पुर्ण रूपमा सम्पन्न नहुदै अस्पतालकाे ए ब्लककाे पुर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले २०६९ साल मा बि ब्लककाे गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री नरदेवी पुनले २०७६ सालमा र अस्पतालमा जडान गरिएको लिफ्टकाे गण्डकी प्रदेशका माननीय ईन्द्रलाल सापकोटाले २०७७ उद्घाटन गरि सकेका छन् । अस्पताल भवनको खण्ड खण्डको पालैपालो उद्घाटन गर्ने प्रधानमन्त्री मन्त्री देखि सांसदकाे भुमिका समेत शुन्य देखिन्छ ।भागबन्डा मिलाउँदै अस्पताल ब्यबस्थापन समिति गठन गर्न समेत ३ महिना लगाउने राजनीति पार्टीका नेताहरूकाे गतिविधि हेर्दा यसबाट स्पष्ट देखिन्छ काम भन्दा मात्रै गफ चुट्नु मात्रै भएको आम नागरिकको भनाइ रहेको छ ।

जनताको स्वास्थ्य उपचार गर्ने संवेदनशील क्षेत्र लाई छिटोभन्दा छिटो सम्पन्न गर्न जिल्लामा रहेका राजनीतिदल सांसदहरू स्थानीय जनप्रतिनिधि अस्पतालकाे भवन १० बर्ष सम्म अलपत्र पर्दा समेत ठेकेदार कम्पनी लाई घचघचाएकाे देखिदैन । अस्पतालकाे भवन सम्पन्न नहुदा अस्पतालकाे लागि आएको बिरामी राख्ने बेड लगायतका उपकरण त्यसै अलपत्र पर्न गएको छ ।कामको जिम्मेवारी लिएको ठेकेदार कम्पनीकाे दादागिरी काे कारण धाैलागिरिकाे बागलुङ पर्वत म्याग्दी र मुस्ताङ जिल्लाका जनता स्वास्थ्य सेवा लिन बाट बन्चित हुन पुगेका छन् ।