ताराखोलामा २ दशक यता कै भारी हिमपात

- जनजीवन कष्टकर, यातायात बिधुत अबरोध

-


     मन्दिप निउरे     
     माघ २२ गते २०७८ मा प्रकाशित


गत बिहीबार रातिदेखि परेको हिमपात का कारण ताराखोला बासि को जनजीवन कष्टकर बनेको छ ।
ताराखोला गाउँपालिका को विभिन्न भुभाग मा भारी हिमपात परेको छ । गाउँपालिका को ५ वटै वडा का विभिन्न क्षेत्रमा भारी हिमपात परेको छ ।
यो हिमपात पछिल्लो २० बर्ष यताकै सबै भन्दा ठुलो भएको ताराखोला ३ का शिव प्रसाद निउरे ले बताउनु भयो । यो व्यापक हिमपात भएपछि ताराखोला गाउँपालिका का विभिन्न क्षेत्रहरु सेताम्मे भएका छन ।

उच्च भुभाग मा करिब २ फिट भन्दा बाक्लो हिउ परेका ले गाउँलेहरू घर बाहिर निस्कन समेत मुस्किल परिरहेको छ । ताराखोला गाउँपालिका मा यस बर्षकै भारी हिमपात परेको छ । भारी हिपपात का कारण केहि हिउदे बालि लाइ समेत असर गरेको ताराखोला गाउँपालिका वाड २ का वाड अध्यक्ष भद्र बहादुर घर्ती ले बताउनु भयो । हिमपात का कारण व्यवासयिक रूपमा पशुपालन गर्ने कृषक हरुलाई सास्ती भएको खत्री नमूना बाख्रा फर्म का सन्चालक लाल बहादुर खत्रीले बताउनुभयो ।

हिमपात का कारण कति पय गन्तब्य का लागि छुटेका सवारि अलपत्र अबस्था मा छन । ताराखोला देखि अर्गल भुस्कात रिजालचोक हुदै सदरमुकाम जोड्ने सहिद मार्ग समेत अबरुद्ध बनेको छ । भारि हिमपात भए पछि अधिकांश ठाउँ का बिधुत का तार चुढिएको तथा पोल समेत ढ्लेका ले हिजो देखि नै बिधुत अबरुद्ध रहेको छ ।

हिमपात पर्दा बिधालय मा पठनपाठ गर्न जाने बिद्यार्थी , शिक्षक सरकारि कार्यलयमा पेशा गर्ने कर्मचारी लाई सास्ती भएको ताराखोला गाउँपालिका वाड नम्बर ३ का वाड अध्यक्ष डिल बहादुर बस्नेतले जानकारी दिनुभयो ।

हिमपातले ताराखोला लगायतका क्षेत्रमा पनि जनजीवन प्रभावित बने पनि गल्कोट लगायत का क्षेत्र बाट ताराखोला मा हिउ खेल्न आउने हरुको सख्या भने बढेको छ ।