बाबुराम नेपाली एमालेमा प्रवेश

santan ads

बागलुङ गल्कोट नगरपालिका वडा नम्बर ११ रिघाका पुराना बामपंथी नेता बाबुराम नेपाली शुक्रबार नेकपा एमाले प्रवेश गरेका छन् ।लामो समय राष्ट्रिय जनमोर्चामा रहेर राजनिति गरेका नेपालीसंग गाविस अध्यक्ष भएर काम गरेको अनुभव छ । राजमो पछि नेकपा माओवादी हुदै नेकपामा आबद्ध नेपाली औपचारिक रुपमा एमाले प्रवेश गरेका हुन् ।

नेकपा एमाले, बागलुङको बुर्तिबाङमा जारी बैठकमा पार्टिका उप-महासचिव एवं गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्विसुब्बा गुरुङ, प्रदेश इन्चार्ज पद्मा अर्याल लगायतका नेताहरुले एमालेमा प्रवेश गरेका नेपाली लाई स्वागत गरेका थिए ।सो अवसरमा एमाले प्रवेश गर्दै नेपालीले कम्युनिष्टका नाममा साना साना झुपडीको आवश्यकता नरहेको बताउदै अव एउटै कम्युनिष्ट पार्टिले जनताको समस्या समाधान गर्ने विश्वास व्यक्त गर्दै एमालेमा प्रवेश गरेको बताए ।

Scroll to Top