प्रेस चौतारी बागलुङ शाखाको अध्यक्षमा विक!

fishtail hospital

नेपाल कम्युनिस्ट पार्टी एमाले निकट पत्रकारहरुको छाता संगठन प्रेस चौतारी नेपालको बागलुङ शाखाको छैठौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
बिहीबार सम्पन्न अधिवेशनबाट नवीन शिशिर विकको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा सिर्जना पन्त, झरना कँडेल, सचिवमा कमल पौडेल, सह–सचिवमा अर्जुन कार्की, हेमप्रसाद विक, कोषाध्यक्षमा खेमराज गौतम ‘सुवास’ चयन हुनु भएको छ ।

सदस्यहरुमा राम खत्री, साधना पन्त, दिवाकर उपाध्याय, रोहन जिसी, सचदेव क्षेत्री, अनिष पाठक, विक्रम पौडेल, मनकुमारी केसी, कृसिता अधिकारी, मनिषा शर्मा, जीवन पाण्डे र शिव बोहोर चयन भएका छन् ।


यद्यपि सदस्यमा राखिएका जीवन पाण्डेले भने आफू अनुपस्थित रहेको कार्यक्रममा आफुलाई त्यो सदस्य पद अस्विकार गरेका छन् । फेसवुक मार्फत आफुलाई मान्य नरहेको जानकारी गराएका हुन ।

बागलुङका तिन पत्रकार पुरस्कृत !
सोही अवसरमा प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङमा स्थापित ‘प्रेस चौतारी क्रियाशील पत्रकारिता पुरस्कार’ बाट बागलुङमा क्रियाशिल तीन पत्रकार पुरस्कृत भएका छन् । आज आयोजित शाखाको छैठौँ अधिवेशनका अवसरमा बर्ष विसं ०७५, ०७६ र ७७ को पुरस्कार एकसाथ प्रदान गरिएको हो ।

रु. दश हजार राशिको सो पुरस्कार पत्रकार रामकृष्ण शर्मा, रामकृष्ण बोहोरा र गणेश पौडेल ‘चन्द्र’ लाई प्रधान गरिएको हो । । शर्माले ०७५, बोहोराले ०७६ र पौडेलले ०७७ को पुरस्कार पाएको शाखा अध्यक्ष उमाकान्त शर्माले जानकारी दिए ।

२०७२ सालको भूकम्पपछि बनेको ‘भाग्यले बाँचेकाहरु’ नामक वृत्तचित्रको व्यावसायिक प्रदर्शन गरेर संकलित सहयोग रकमबाट पुरस्कारको अक्षयकोष खडा गरिएको ‘प्रेस चौतारी क्रियाशील पत्रकारिता पुरस्कार’ बाट
प्रत्येक बर्ष एक जना क्रियाशिल पत्रकारलाई सम्मान गरिंदै आएको शाखाका निबर्तमान अध्यक्ष शर्माले बताए ।

Scroll to Top