प्रख्यात गायिका लता मंगेशकरको निधन

-


     नयाँ लिपि    
     माघ २३ गते २०७८ मा प्रकाशित


भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन भएको छ । आइतबार ९२ वर्षको उमेरमा उनको निधन भएको हो ।

यसै वर्ष जनवरीको सुरुवातमा कोभिड–१९ संक्रमण भएपछि उनलाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य अवस्थामा सुधार नहुँदा उनी आईसीयूमा उपचाररत थिइन् । स्थानीय समयानुसार आइतबार बिहान ८ बजेर १२ मिनेटमा उनको निधन भएको जनाइएको छ ।

लता मंगेशकर एक महान् पार्श्वगायिका थिइन् । उनले ३६ भारतीय भाषामा ३० हजारभन्दा बढी गीत गाइन् ।

लता मंगेशकरको जन्म सन् १९२९ सेप्टेम्बर २८ मा भारतको इन्दौरमा भएको थियो ।