चुमनुब्री गापाले तोकेको पर्यटन शुल्क खारेज गर्न टान गण्डकीको माग
पोखरा । स्थानिय तहहरुले आफूखुशी पर्यटन शुल्क तोक्न थालेकोप्रति ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) गण्डकीले आपत्ति जनाएको छ । केहिअघि कास्कीको माछापुच्छ«े गाउँपालिकाले पर्यटन शुल्क तोकेको थियो । गाउँपालिका प्रवेशका लागि विदेशी पर्यटकलाई ५ सय र स्वदेशी पर्यटकलाई १ सय रुपैयाँ तोकेपनि विरोध भएपछि फिर्ता भएको थियो । तर फेरी गोरखाको चुमनुब्री गाउँपालिकाले पर्यटन शुल्क तोकेपछि टान गण्डकीले आपत्ति जनाएको हो । चुमनुब्री गाउँपालिकाले गाउँपालिका प्रवेशका लागि विदेशी पर्यटकलाई १ हजार र स्वदेशी पर्यटकलाई २ सय रुपैयाँ तोकेको छ…
पुरा पढौ
सेतीमदीको सदस्यलाई ए एण्ड बि इन्टरनेश्नल हस्पिटलल १०- ३० प्रतिशतसम्म छुट
पोखरा २४ भदौ पोखरा महानगरपालिका २ मिरुवा स्थित सेतीमदी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहकारी सदस्य शिक्षा एंव तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । आफनो स्थापनाको १४ वर्ष पुरा गरेको सहकारीले सहकारीमा आवद्ध सदस्यहरुलाई सहकारीका काम, कारवाही, सहकारीका सदस्यले पालन गर्नुपर्ने नियमहरु, बचत सगै क्रण लिदा उपनाउनुपर्ने विषयका बारेमा कार्यक्रममा जानकारी दिईएको थियो । सहकारीमा आवद्ध भएका तर सहकारीले गर्ने काम कारवाहीका विषयमा अस्पष्ट भएका विषयहरु सगै आर्थिक र वित्तिय अनुशासनका बारेमा सदस्यहरुलाई जानकारी दिने उदेश्यले कार्यक्रम आयोजना…
पुरा पढौ
समयमा रिजल्ट आउने गरि काम गर्न कर्मचारीलाई मन्त्री थापाको निर्देशन
पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले समयमा नै रिजल्ट आउने गरि काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । सोमबार पर्वत जिल्लाको कुश्मामा मन्त्रालयले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उनले मन्त्रालय मातहतका कार्यालयहरुलाई समयमा नै सम्झौता गर्ने र समयमा नै काम सम्पन्न गर्ने गरी अगाडि बढ्न निर्देशन दिएका हुन् । उनले प्रदेशले प्राप्त गरेको स्रोत साधनलाई उपयोग गरि नागरिकलाई सहज र सरल रुपमा सेवा प्रवाह गर्न समेत भनेका छन् । आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यन्वयन…
पुरा पढौ
द्वन्द्वकालको प्रेम कथामा आधारित सिनेमा “खुश्मा”
पोखरा । प्रदर्शनको संघारमा रहेको फिल्म ‘खुश्मा’ युनिट यतिबेला प्रचारप्रसारको दौडधुपमा छ । असोज ३ गतेदेखि देशभर एकसाथ प्रदर्शनमा आउन लागेको ‘खुश्मा’ का निर्देशक र कलाकारको टोली सोमबार पोखरा आएर फिल्म हेर्ने निम्तो बाँडेका छन्। माओवादी आधारभूमि रुकुमको मगर सुमदायको कथालाई उतारेर बनाइएको फिल्म संविधान दिवसको अवसर पारेर प्रर्दशन हुन लागेको हो। उपसना सिंह ठकुरी र धिरज मगर मुख्य भूमिकामा रहेको फिल्म निर्माणमा कुनै कसुर बाँकी नराखेकाले दर्शकले रुचाउने अपेक्षा गरिएको छ। फिल्मका निर्देशक अशोक थापा मगर भन्छन्, ‘फिल्म मेकिङमा हामीले…
पुरा पढौ
गण्डकीका मन्त्री थापाको १०० दिन
पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुुद मन्त्री विन्दुुकुमार थापाले आफ्नो १०० दिनको उपलब्धी सार्वजनिक गरेका छन् । २०८१ जेठ १६ गते सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालिसकेपछि १०० दिनमा आफुले गरेका महत्वपूर्ण कामका उपलब्धीहरु सार्वजनिक गरेका हुन् । उनको सय दिन २०८१ भदौ २० गते पुगेको हो । सय दिनमा सामाजिक विकास तर्फ र ९६ दिनमा स्वास्थ्य तर्फ भएका कामको फेहरिस्त आइतबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री थापाले सुनाए । प्राविधिक तथा व्यवसायिक शिक्षा संचालन…
पुरा पढौ
लाखे प्रतियोगितामा झिगु नेवाः पुच बौचा मौचा डुम्रे प्रथम
शम्भु श्रेष्ठ, गोर्खा । गोर्खा स्थित च्याङ्लीमा नेवाः देय् दवू द्वारा आयोजित ‘पाँचौ खुल्ला लाखेनाँच प्रतियोगितामा झिगु नेवाः पुच बौचा मौचा डुम्रे प्रथम भएको छ । उक्त प्रतियोगितामा लिगलिग आँपपिपल नेवाः खल दोस्रो र च्यान्ली गोरखा काडमाण्डौ सम्पर्क मञ्च तेस्रो भयो । त्यस्तै नेवारे नेवाः गुठी सिराञ्चोकले सान्त्वना पुरस्कार हात पार्यो । प्रथम भएको झिगु नेवाः पुच बौचा मौचा डुम्रे लाई ३० हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्दा दोस्रो हुने लिगलिग आँपपिपल नेवाः खल ले २० हजार नगदसहित प्रमाणपत्र र तेस्रो हुने च्यान्ली…
पुरा पढौ
युवा बौद्द संघको अध्यक्षमा : थापा
पोखरा । युवा बौद्द संघको अध्यक्षमा कमला थापा सर्वसम्मत चयन भएकी छिन । पोखरा ३ नदिपुर स्थित धर्मशिला बुद्द बिहारमा शनिबार सम्पन्न भएको २९ औ साधरण सभा एंव १५ औ अधिवेशनले ११ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । संघको उपाध्यक्षमा सुमन शाक्य, सचिव आनन्द बज्राचार्य, सह-सचिव प्रीति बुद्धाचार्य, कोषाध्यक्षमा शुभाष पालिखे चयन भएका छन । त्यस्तै सदस्यहरुमा जितेन्द्र नापित, सिद्दार्थ उदास, शरण शाक्य, जेम्स शाक्य, प्रबिण बुद्धाचार्य र अशिस बजिमय रहेका छ्न । कार्यक्रमका प्रमुख अतिथि भिक्षु धज्जवन्तोले पंचशील प्रदान गरि…
पुरा पढौ
लामाचाैर कप : पुरुष भलिबलको उपाधि पुलिसलाई
पोखरा । पाेखरामा अायाेजित लामाचाैर कपमा पुरुष भलिबलको उपाधि पुलिस क्लबले उचालेको छ। शनिबार सम्पन्न भएको फाइनल खेलमा एपिएफ भलिबल टिमलाई ३-२ सेटमा हराउँदै पुलिसले उपाधि रक्षा गरेको हो । पहिलाे सेट पुलिसले २५-१६ ले जितेको हो । दाेस्राे सेटमा एपिएफले कमब्याक गर्दै २५-२१ को नतिजा निकाल्यो । तेस्राे सेट पुलिस २५-१९ ले नतिजा निकाल्दै जितको संकेत दिए । चाैथाे सेट एपीएफ २५-२२ ले जित्दै पुलिसलाई सहज जित बाट पारा लगायो । निक्कै प्रतिस्पर्धात्मक खेलको पाचौ सेटमा पुलिस ले १६-१४ को नतिजा निकाल्दै विजयी भएको…
पुरा पढौ
पोउवासंघ महाधिवेशनः उपमहासचिव पदको स्वतन्त्र उम्मेदवार प्रधानाङ्ग घरदैलोमा
पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशन यही भदौ २८ र २९ गते हुँदै छ । महाधिवेशनबाट नयाँ नेतृत्व आउने भएकाले उपमहासचिव उम्मेदवारी सुदिप प्रधानाङ्ग घरदैलोमा पुगिरहेका छन् । पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका सुदिप प्रधानाङ्ग चुनावी मैदानमा छन् । कुनै पनि व्यवसायी संस्थामा राजनिति हुनुहुन्न भन्ने प्रधानाङ्ग उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारका रुपमा खरो भएर उर्तिएका छन । पदिय कार्यश्रेत्र भित्र रहि प्रधानाङ्गले व्यवसायीको हितबमोजिम काम गर्ने, उद्योग र कृषि क्षेत्रका समस्यालाई समाधान गर्न पहलकदमी गर्ने जनाएका…
पुरा पढौ
लामाचौर महोत्सव सम्पन्न
पोखरा । तीज अवसरमा नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा भएको २६ औं संस्करणको लामाचौर तीज महोत्सव सम्पन्न भएको छ । संस्थाको २८ औं वार्षिक समारोहबीच लामाचौरको इन्द्रराज्यलक्ष्मी मावि प्रांगणमा तीन दिनसम्म भएको महोत्सवको अन्तिम दिन शुक्रबार हजारौं दर्शकको भीड लागेको थियो । महिलाहरुको महान् पर्व हरितालिका तीज पनि भएको शुक्रबार गाउँगाउँबाट मानिसहरु महोत्सवस्थलमा ओइरिएको आयोजकले जनाएको छ । राष्ट्रिय कलाकार सम्झना भण्डारी, दुर्गेश थापा र एलिना रायमाझीले विभिन्न प्रस्तुतिमा स्टेज तताए । दुर्गेश थापाले ‘हामी पनि नाँच्नुपर्छ बीच्चबीच्चमा’ गाउँदा होस् वा…
पुरा पढौ