गण्डकी सेरोफेरो

‘यौन हिंसामा हदम्याद नराखौं’

यौनजन्य हिंसा तथा जबर्जस्ती करणीसम्बन्धी अपराधमा हद म्यादको विद्यमान व्यवस्थाबारे पोखरामा छलफल भएको छ । प्रेरणा नेपालले आयोजना कार्यक्रममा यौन हिंसा तथा जबरजस्ती करणीसम्बन्धी वर्तमान कानुनका कारण यसलाई सम्बोधन गर्न नसकिएको कार्यक्रमका वक्ताहरुले बताए । कार्यक्रमका वक्ताहरुले हदम्यादका कारण धेरै महिला अन्यायमा परेको उल्लेख गर्दै त्यसलाई हटाउनुपर्नेमा जोड दिए । प्रतिनिधि सभा सदस्य विन्दा पाण्डेले यौनजन्य हिंसा तथा जबरजस्ती करणीसम्बन्धी वर्तमान कानुनमा रहेको हदम्यादले यौनहिंसा र अपराधलाई सम्बोधन गर्न नसक्ने बताईन् । उनले वर्तमान समाजलाई अध्ययन गरी विभिन्न विज्ञ र… पुरा पढौ

परीक्षणमै सीमित भयो सहस्रधारा ‘क्यानोनिङ’

दुई पटकको सफल परीक्षणले सहस्रधारा झरनामा साहसिक खेल छाँगावरोहण (क्यानोनिङ) व्यावसायिक बन्नेमा यहाँका धेरैलाई आशा जगाएको थियो । विसं २०७४ फागुनमा गरिएको परीक्षण सफल भएपछि विसं २०७६ असारमा त खेलकै रूपमा ‘क्यानोनिङ’ आयोजना गरियो । २० जनाले शुल्क तिरेरै छाँगावरोहण गरे । गलकोट नगरपालिका–३ स्थित झरनामा भएको छाँगावरोहण जिल्लाकै पहिलो भएकाले निकै प्रचारसमेत गरियो । छाँगावरोहण गरेको हेर्न दर्शक पनि ओइरिए । स्थानीले बाजागाजा र नाचगानसहित खेल सुरु हुने दिनलाई उत्सवकै रूपमा लिएका थिए । तर, आज परीक्षण भएको पाँच… पुरा पढौ

नेपालमा दुई तहको संघीय संरचना उपयुक्तः अध्यक्ष थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा दुई तहको मात्रै संघीय संरचना आवश्यक रहेको बताएका छन् । राप्रपा नेपाल गण्डकीले सोमबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले दुई तहको संघीय संरचना मात्र नेपालको लागि उपयुक्त भएको बताए । उनले केन्द्रय सरकार बलियो र स्थानीय तहमा अहिलेको भन्दा बढी अधिकार प्राप्त भएका कारण प्रदेशका सरकारको आवश्यकता नरहेको उनको भनाई थियो । उनले निर्वाचन प्रणाली परिवर्तन गर्नु पर्ने बताए । उनले जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्ने बताए… पुरा पढौ

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम पारित

गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सोमबार पारित भएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्णयार्थ प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रदेश सभाबाट बहुमतले पारित भएको हो । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले जेठ २४ गते प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । २६ गतेबाट नीति तथा कार्यक्रममा माथि छलफल सुरु भएको हो । छलफलका क्रममा उठेका प्रश्नमाथि सोमबार मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जवाफ दिएलगत्तै नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत भएको थियो । गण्डकी प्रदेश… पुरा पढौ

रेडक्रसको २४ औं संरक्षक गोष्ठी

कास्की जिल्लाका जुनियर तथा युवा रेडक्रसका संरक्षक अर्थात प्रधानाध्यापकहको २४ औं गोष्ठि शुक्रवार भएको छ । कास्की जिल्लाका ७३ बिद्यालका प्रधानाध्यापकहरुको सहभागिता रहेको उक्त गोष्ठिको शिक्षा विकास तथा समन्वय ईकाइ समितिका प्रमुख नारायणप्रसाद सुवेदि र कास्की रेडक्रसका सभापति डोलराज पाण्डेयले संयुक्त रुपमा उद्घाटन गरेका थिए । कार्यक्रममा शिक्षा विकास समन्वय ईकाइका प्रमुख नारायणप्रसाद सुवेदिले बिद्यमान समाजमा मानवता हराउदै गएकाले बिद्यालय तहमै कक्षा शिक्षणका साथैे रेडक्रसका सिद्धान्तहरुको अध्ययन तथा अभ्यास गराउन सके बिद्यार्थीहरुमा सामाजिक भावनाको विकासहुने भन्दै सम्पुर्ण बिद्यालमा जुनियर तथा… पुरा पढौ

स्टेफन र प्रसाँई पोखरा म्याराथन च्याम्पियन (फोटो फिचर)

सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको उपाधि केन्याली धावक स्टेफन कोसगेईले जितेका छन् । महिला तर्फको उपाधि भने नेपाल प्रहरीकी राजपुरा प्रसाँईले उपाधि रक्षा गर्न सफल भईन् । नेपालमा पहिलो पटक सहभागिता जनाएका केन्याली धावक कोसगेईले १६औं सस्करणको सफल पोखरा अन्तराष्ट्रिय म्याराथनमा किर्तिमान बनाउँदै उपाधि आफनो बनाएका हुन् । उनी पोखरा म्याराथन जित्ने दोस्रो विदेशी धावक हुन् । १४ औं संस्करणमा जापानीज धावक योसुके ताकानासीले उपाधि जितेका थिए । पुरा पढौ

पोखरामा अन्नपूर्ण केबलकार फागुन ६ गते देखी संचालनमा आउने

पोखरा, ३ फागुन/ पोखरामा अन्नपूर्ण केबलकार फागुन ६ गते देखी संचालनमा आउदने भएको छ । पोखरा–१८ सेदीबाट सराङ्गकोट जाने गरी निर्माण गरिएको केबलकार सञ्चालनका लागि तयारी भएको पत्रकार सम्मेलनमा अन्नपूर्ण केबलकार प्रालिका सञ्चालक एंवम निर्देशक तीर्थराज त्रिपाठीले जानकारी दिए । २.१६५ किलोमिटर लम्बाइको केबलकारका १८ वटा टावर रहेका छन् भने एक सामान बोक्नेसहित १८ वटा गोन्डला रहेका छन् । प्रतिडिब्बामा ८ जनाको सिट क्षमता रहने छ । केबलकार सञ्चालनमा आउदा २५ जना भन्दा बढिले रोजगारी पाउने त्रिपाडीले जानकारी दिए ।… पुरा पढौ

एमसिसि चुनाव पछि पास गर्ने गठबन्धनकाे तयारी- शिक्षा मन्त्री देवेन्द्र पाैडेल

एमसिसि चुनाव र गठबन्धनका काे साइनाे नभएको तर गठबन्धन र एमसिसि बिच भने सम्बन्ध रहेको हुदा यथास्थितिमा एमसिसि पास नहुने शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पाैडेलले बताए । नेपाल प्रेस सेन्टर बागलुङले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा माआ‌ेवादी नेता समेत रहेका शिक्षा मन्त्री पाैडेलले एमसिसि बारे राजनीतिकदलमा दुईवटा धारणा रहेकोसंसद नचलिरहेकाे समयमा एमसिसि बारे केही समय माग गरि चुनाव पछि पारित गर्ने बताए । अब हुने चुनाव पछि एमसिसि बारे विबाद भइसकेपछि संसदमा रहेका सबै राजनीति दलको राष्ट्रिय सहमतिमा… पुरा पढौ

ताराखोलामा सञ्चालित १५ दिने सिपमुलक तालिम सम्पन्न

ताराखोला गाउँपालिका वडा नम्वर ५ मा गरीवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेडपा अन्तर्गत स्तरोन्नति व्याग डिजाईन सम्बन्धि १५ दिने सिपमुलक तालिम सम्पन्न भएको छ । ताराखोला गाउँपालिकाको आयोजना तथा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको आर्थिक सहयोगमा ताराखोला गाउँपालिका वडा नम्वर ५ मा गरीवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सञ्चालित तालिम शनिबार सम्पन्न भएको हो । कार्यक्रममा ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले कार्यक्रमको उद्देश्य र महत्वमाथि प्रकाश पार्दै आगामि कार्ययोजनाको लागि उद्यमिहरुलाई उत्पादनमा जोड दिन आग्रह गर्नुभएको… पुरा पढौ

८ बर्ष बित्दा पनि अधुरो रह्यो धाैलागिरि अस्पतालकाे सि ब्लक

गण्डकी प्रदेशकाे धाैलागिरि अस्पताल लाई सुविधा सम्पन्न बनाइ यश क्षेत्रका जनतालाई सर्व शुलभ रूपमा सेवा दिने उदेश्यले ९ बर्ष अघि निर्माण शुरू भएको अस्पतालकाे सि ब्लक काे भवन पटकपटक म्याद थप गर्दा समेत ठेकेदार कम्पनीले काम समयमै सम्पन्न नगर्दासम्म अस्पतालले दिनुपर्ने सेवामा असर पुगेको छ । काेराेना भाइरस यतिबेला ठेकेदार कम्पनी लाई काम नगर्ने संजिवनी बुटी साबित भएको छ । जनतालाई सहजरूपमा स्वास्थ्य सेवा दिने भनेर ८ बर्ष अघि निर्माण कार्य शुरू गरिएको धाैलागिरि अस्पताल बागलुङको सि ब्लक भवन ठेकेदार… पुरा पढौ