स्टेफन र प्रसाँई पोखरा म्याराथन च्याम्पियन (फोटो फिचर)

-


     राधिका कँडेल,    
     फागुन ७ गते २०७८ मा प्रकाशित


सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको उपाधि केन्याली धावक स्टेफन कोसगेईले जितेका छन् । महिला तर्फको उपाधि भने नेपाल प्रहरीकी राजपुरा प्रसाँईले उपाधि रक्षा गर्न सफल भईन् । नेपालमा पहिलो पटक सहभागिता जनाएका केन्याली धावक कोसगेईले १६औं सस्करणको सफल पोखरा अन्तराष्ट्रिय म्याराथनमा किर्तिमान बनाउँदै उपाधि आफनो बनाएका हुन् । उनी पोखरा म्याराथन जित्ने दोस्रो विदेशी धावक हुन् । १४ औं संस्करणमा जापानीज धावक योसुके ताकानासीले उपाधि जितेका थिए ।