सत्रौँ संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याका स्टेफन कोस्गेइलीलाई

fishtail hospital

आज भएको सत्रौँ संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याका स्टेफन कोस्गेइलीले जितेका छन् भने महिला हाफ म्याराथनको उपाधि नेपाल प्रहरीका राजपुरा पछाइले हालिल गरेकी छन् ।

पोखरामा आज सम्पन्न म्याराथन(४२.१९५) किमी दौडमा स्टेफनले दुई घण्टा २० मिनेट सात सेकेण्डमा निर्धारिता दूरी पूरा गरी उक्त उपाधि हासिल गरेका हुन् । उपाधिसँगै स्टेफेने ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । उनले १६ औं संस्करणमा सोही दुरी २ घण्टा १९ मिनेट ४३ सेकेण्डमा पुरा गरेका थिए । यसैगरी केन्याकै धावक जुलियस मोरियकीले दुई घण्टा २० मिनेट ३७ सेकेण्डमा निर्धारित दूरी पार गरी द्वतीय बनेका छन् । उनले नगद रु तीन लाख पुरस्कार प्राप्त गरे । नेपाली सेनाका धावक होमलाल श्रेष्ठले तृतीय स्थान ओगड्दै रु दूई लाख पुरस्कार प्राप्त गरे।

यसैगरी पोखरा म्याराथन अन्तर्गतको महिला हाफ म्याराथनको उपाधि नेपाल प्रहरीका राजपुरा पछाईले लिन सफल भइन् ।
राजपुराले निर्धारित २१ किमी दूरी एक घण्टा २१ मिनेट ११ सेकेण्डमा पूरा गरेकी थिइन् ।

Scroll to Top