नेपालमा दुई तहको संघीय संरचना उपयुक्तः अध्यक्ष थापा

-


     नयाँ लिपि    
     जेठ ३१ गते २०७९ मा प्रकाशित


राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा दुई तहको मात्रै संघीय संरचना आवश्यक रहेको बताएका छन् । राप्रपा नेपाल गण्डकीले सोमबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले दुई तहको संघीय संरचना मात्र नेपालको लागि उपयुक्त भएको बताए ।

उनले केन्द्रय सरकार बलियो र स्थानीय तहमा अहिलेको भन्दा बढी अधिकार प्राप्त भएका कारण प्रदेशका सरकारको आवश्यकता नरहेको उनको भनाई थियो । उनले निर्वाचन प्रणाली परिवर्तन गर्नु पर्ने बताए । उनले जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्ने बताए

उनले गणतन्त्र स्थापानापछिको १५ वर्षको अनुभवलाई हेर्दा नेपाललाई पूर्ण धार्मिक स्वतन्त्रता, समानतासहितको हिन्दू राष्ट्र स्थापना गर्नुपर्ने बताए । थापाले राज संस्थाको स्थापना अब सम्भव नभएको बताए ।

‘पूर्व राजा ज्ञानेन्द्र साहको सकारात्मक भूमिका भएको भए राज संस्था फर्किन सक्थ्यो,’ उनले भने,‘ हामी राज संस्थाको वकालत गर्दै देशव्यापी रुपमा परिचालित भयौं, तर, राजाको सकारात्मक भूमिका भएन, उल्टो राजनीतिक दलसँग झन दुरी बढाउने काम भयो, अब राजसंस्थाको स्थापना सम्भव छैन ।’

उनले राप्रपा र राप्रपा नेपालले राज संस्थाको वकालत गर्दा पूर्व राजाले सकारात्मक भूमिका खेल्न नसकेको भनी आलोचना गरे ।