बाग्लुङ

पहिरोले कतै मानिसको मृत्यु कतै घरै बगायो

पोखरा । शुक्रबार देखि परेको अविरल वर्षाको कारण गण्डकी प्रदेशको विभिन्न ठाउँमा क्षति पुर्याएको छ । शुक्रबार देखि परेको वर्षाको कारण स्याङ्जा जिल्लाको फेदीखोला गाऊँपालिका – ५ बाँगे स्थित दुर्गा जि.टी.को ढुङगा माटो र टिनले छाएको १ तले घर पूर्णरुपमा क्षति पुगेको छ । उनको घर र गोठ करिब २०/२५ मिटर माथिबाट आएको पहिरोमा परि क्षति भएको प्रहरीले जनाएको छ । शनिबार २ः३० बजे उद्धारको लागि घटना स्थलमा पुग्दा अन्दाजी ३१ वर्षको दुर्गा जि.टी र उनकी ३ वर्षिया छोरी निसिका… पुरा पढौ

किवानिस क्लब पोखरामा स्वतन्त्र

किवानिस इन्टरनेसनल अन्तर्गतको किवानिस क्लब पोखराको पदस्थापना शनिबार भएको छ । यसपालि किवानिस वान डे २२ अक्टोबरमा परेकाले सोही अवसरमा पदस्थापनासमेत गरिएको हो । नयाँ कार्यसमिति वर्ष २०२२÷२३ को अध्यक्षमा स्वतन्त्र न्यौपाने छन् । उनी बागलुङका जिल्ला न्यायाधिवक्तासमेत हुन् । कार्यसमितिको प्रेसिडेन्ट इलेक्टमा विष्णुहरि न्यौपाने, कोषाध्यक्षमा होमराज भट्टराई र सचिवमा ध्रुवराज तिवारी छन् । यस्तै, सदस्यमा सुवास अधिकारी, राजेश बराल, गणेश लामिछाने, विनोद भण्डारी, ध्रुवबहादुर राउत, विष्णुबहादुर राउत,बिकास गौतम, सन्तोष भण्डारी र सुमेश बास्तोला छन् । नवीन पौडेल र देवेन्द्र… पुरा पढौ

आइटिएफमा आर्मी र बागमतीलाई स्वर्ण

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आइटिएफ तेक्वान्दोमा त्रिभुवन आर्मी र बागमती प्रदेशले थप स्वर्ण हात पारेका छन् ।पुरुष टिम प्याट्रनमा आर्मी र महिला टिम प्याट्रनमा बागमती प्रदेशले स्वर्ण हात पारेको हो ।पुरुष टिम प्याट्रनमा गण्डकी प्रदेशले रजत र महिलातर्फ आर्मीले रजत पदक जितेको छ । यसअघि एकल प्याट्रनमा आर्मीले तीन र बागमतीले दुई स्वर्ण हाँसिल गरेको थियो । प्रतियोगितको पहिलो दिन शनिबार भएका प्रतिस्पर्धामा पनि आर्मीले तीन स्वर्णसहित बर्चश्व कायम गरेको थियो । अहिलेसम्म गण्डकी प्रदेशले एकल प्याट्रनबाट एउटा मात्र स्वर्ण… पुरा पढौ

परीक्षणमै सीमित भयो सहस्रधारा ‘क्यानोनिङ’

दुई पटकको सफल परीक्षणले सहस्रधारा झरनामा साहसिक खेल छाँगावरोहण (क्यानोनिङ) व्यावसायिक बन्नेमा यहाँका धेरैलाई आशा जगाएको थियो । विसं २०७४ फागुनमा गरिएको परीक्षण सफल भएपछि विसं २०७६ असारमा त खेलकै रूपमा ‘क्यानोनिङ’ आयोजना गरियो । २० जनाले शुल्क तिरेरै छाँगावरोहण गरे । गलकोट नगरपालिका–३ स्थित झरनामा भएको छाँगावरोहण जिल्लाकै पहिलो भएकाले निकै प्रचारसमेत गरियो । छाँगावरोहण गरेको हेर्न दर्शक पनि ओइरिए । स्थानीले बाजागाजा र नाचगानसहित खेल सुरु हुने दिनलाई उत्सवकै रूपमा लिएका थिए । तर, आज परीक्षण भएको पाँच… पुरा पढौ

एमसिसि चुनाव पछि पास गर्ने गठबन्धनकाे तयारी- शिक्षा मन्त्री देवेन्द्र पाैडेल

एमसिसि चुनाव र गठबन्धनका काे साइनाे नभएको तर गठबन्धन र एमसिसि बिच भने सम्बन्ध रहेको हुदा यथास्थितिमा एमसिसि पास नहुने शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पाैडेलले बताए । नेपाल प्रेस सेन्टर बागलुङले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा माआ‌ेवादी नेता समेत रहेका शिक्षा मन्त्री पाैडेलले एमसिसि बारे राजनीतिकदलमा दुईवटा धारणा रहेकोसंसद नचलिरहेकाे समयमा एमसिसि बारे केही समय माग गरि चुनाव पछि पारित गर्ने बताए । अब हुने चुनाव पछि एमसिसि बारे विबाद भइसकेपछि संसदमा रहेका सबै राजनीति दलको राष्ट्रिय सहमतिमा… पुरा पढौ

ताराखोलामा सञ्चालित १५ दिने सिपमुलक तालिम सम्पन्न

ताराखोला गाउँपालिका वडा नम्वर ५ मा गरीवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेडपा अन्तर्गत स्तरोन्नति व्याग डिजाईन सम्बन्धि १५ दिने सिपमुलक तालिम सम्पन्न भएको छ । ताराखोला गाउँपालिकाको आयोजना तथा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको आर्थिक सहयोगमा ताराखोला गाउँपालिका वडा नम्वर ५ मा गरीवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सञ्चालित तालिम शनिबार सम्पन्न भएको हो । कार्यक्रममा ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले कार्यक्रमको उद्देश्य र महत्वमाथि प्रकाश पार्दै आगामि कार्ययोजनाको लागि उद्यमिहरुलाई उत्पादनमा जोड दिन आग्रह गर्नुभएको… पुरा पढौ

८ बर्ष बित्दा पनि अधुरो रह्यो धाैलागिरि अस्पतालकाे सि ब्लक

गण्डकी प्रदेशकाे धाैलागिरि अस्पताल लाई सुविधा सम्पन्न बनाइ यश क्षेत्रका जनतालाई सर्व शुलभ रूपमा सेवा दिने उदेश्यले ९ बर्ष अघि निर्माण शुरू भएको अस्पतालकाे सि ब्लक काे भवन पटकपटक म्याद थप गर्दा समेत ठेकेदार कम्पनीले काम समयमै सम्पन्न नगर्दासम्म अस्पतालले दिनुपर्ने सेवामा असर पुगेको छ । काेराेना भाइरस यतिबेला ठेकेदार कम्पनी लाई काम नगर्ने संजिवनी बुटी साबित भएको छ । जनतालाई सहजरूपमा स्वास्थ्य सेवा दिने भनेर ८ बर्ष अघि निर्माण कार्य शुरू गरिएको धाैलागिरि अस्पताल बागलुङको सि ब्लक भवन ठेकेदार… पुरा पढौ

ताराखोलामा २ दशक यता कै भारी हिमपात

गत बिहीबार रातिदेखि परेको हिमपात का कारण ताराखोला बासि को जनजीवन कष्टकर बनेको छ ।ताराखोला गाउँपालिका को विभिन्न भुभाग मा भारी हिमपात परेको छ । गाउँपालिका को ५ वटै वडा का विभिन्न क्षेत्रमा भारी हिमपात परेको छ ।यो हिमपात पछिल्लो २० बर्ष यताकै सबै भन्दा ठुलो भएको ताराखोला ३ का शिव प्रसाद निउरे ले बताउनु भयो । यो व्यापक हिमपात भएपछि ताराखोला गाउँपालिका का विभिन्न क्षेत्रहरु सेताम्मे भएका छन । उच्च भुभाग मा करिब २ फिट भन्दा बाक्लो हिउ परेका… पुरा पढौ

बाबुराम नेपाली एमालेमा प्रवेश

बागलुङ गल्कोट नगरपालिका वडा नम्बर ११ रिघाका पुराना बामपंथी नेता बाबुराम नेपाली शुक्रबार नेकपा एमाले प्रवेश गरेका छन् ।लामो समय राष्ट्रिय जनमोर्चामा रहेर राजनिति गरेका नेपालीसंग गाविस अध्यक्ष भएर काम गरेको अनुभव छ । राजमो पछि नेकपा माओवादी हुदै नेकपामा आबद्ध नेपाली औपचारिक रुपमा एमाले प्रवेश गरेका हुन् । नेकपा एमाले, बागलुङको बुर्तिबाङमा जारी बैठकमा पार्टिका उप-महासचिव एवं गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्विसुब्बा गुरुङ, प्रदेश इन्चार्ज पद्मा अर्याल लगायतका नेताहरुले एमालेमा प्रवेश गरेका नेपाली लाई स्वागत गरेका थिए ।सो अवसरमा… पुरा पढौ

प्रेस चौतारी बागलुङ शाखाको अध्यक्षमा विक!

नेपाल कम्युनिस्ट पार्टी एमाले निकट पत्रकारहरुको छाता संगठन प्रेस चौतारी नेपालको बागलुङ शाखाको छैठौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ ।बिहीबार सम्पन्न अधिवेशनबाट नवीन शिशिर विकको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा सिर्जना पन्त, झरना कँडेल, सचिवमा कमल पौडेल, सह–सचिवमा अर्जुन कार्की, हेमप्रसाद विक, कोषाध्यक्षमा खेमराज गौतम ‘सुवास’ चयन हुनु भएको छ । सदस्यहरुमा राम खत्री, साधना पन्त, दिवाकर उपाध्याय, रोहन जिसी, सचदेव क्षेत्री, अनिष पाठक, विक्रम पौडेल, मनकुमारी केसी, कृसिता अधिकारी, मनिषा शर्मा, जीवन पाण्डे र… पुरा पढौ