किवानिस क्लब पोखरामा स्वतन्त्र

-


     नयाँ लिपि    
     कार्तिक ७ गते २०७९ मा प्रकाशित


किवानिस इन्टरनेसनल अन्तर्गतको किवानिस क्लब पोखराको पदस्थापना शनिबार भएको छ । यसपालि किवानिस वान डे २२ अक्टोबरमा परेकाले सोही अवसरमा पदस्थापनासमेत गरिएको हो ।

नयाँ कार्यसमिति वर्ष २०२२÷२३ को अध्यक्षमा स्वतन्त्र न्यौपाने छन् । उनी बागलुङका जिल्ला न्यायाधिवक्तासमेत हुन् । कार्यसमितिको प्रेसिडेन्ट इलेक्टमा विष्णुहरि न्यौपाने, कोषाध्यक्षमा होमराज भट्टराई र सचिवमा ध्रुवराज तिवारी छन् । यस्तै, सदस्यमा सुवास अधिकारी, राजेश बराल, गणेश लामिछाने, विनोद भण्डारी, ध्रुवबहादुर राउत, विष्णुबहादुर राउत,बिकास गौतम, सन्तोष भण्डारी र सुमेश बास्तोला छन् ।

नवीन पौडेल र देवेन्द्र केसी किवानिस क्लब पोखराबाट लेफ्टिनेन्ट गभर्नर भइसकेका छन् । कार्यक्रममा क्लबका पूर्व अध्यक्ष राजन पन्त र निवर्तमान अध्यक्ष श्यामसुन्दर ढकालले पनि बोलेका थिए । संसारभरिका बालबालिकाको सेवा गर्ने लक्ष्य लिएको किवानिस अहिले ८० भन्दा बढी देशमा पुगेको छ । किवानिस क्लब पोखरा सन् २०१७ मा नेपालको चौथो क्लबको रुपमा स्थापना भएको हो । नेपालमा अहिले ११८ किवानिस क्लब र ती क्लबमा करिब २ हजार सदस्य छन् ।