अखिल(क्रान्तिकारी)मा नयाँ कमिटी

-


     नयाँ लिपि    
     असाेज ३१ गते २०७८ मा प्रकाशित


खिल (क्रान्तिकारी) को २२ औँ राष्ट्रिय सम्मेलनले प्रकाश शाहीलाई अध्यक्ष निर्वाचित गरेको छ । सम्मेलनले वैज्ञानिक समाजवादी शिक्षाका लागि संघर्ष गर्ने निर्णयसमेत गरेको छ ।

शनिबार सकिएको सम्मेलनले २० भन्दा बढी महिलासहित १ सय ५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । नवनिर्वाचित केन्द्रीय समितिमा उपाध्यक्ष नरेन्द्र विक, महासचिव मिलन राई, सचिव वीरेन्द्र शाह र कोषाध्यक्ष रूपा बुढामगर छन् । समितिमा महिलाबाट कलसा शाही, करिश्मा भट्टराई, रूपासिंह ठकुरी, छायाँ सापकोटा, यशोदा बम, सुषमा चौधरी, कला अधिकारी, सपना मगर, कपिला अधिकारी, डा. मान्यता थापा, प्रेरणा बुढा, अमला घर्ती, संगीता विक, लक्ष्मी शाह, तारा सञ्ज्याल, रवीना, अस्मिता कुमाल, कमला परियार, जानकी खत्री, इन्दु वली, नतशा सुवेदी, प्रीतिमा चौधरी र रूपा बुढा छन् ।

सदस्यमा श्रीराम बस्याल, लक्ष्मण विक, प्रकाश गिरी, दिलबहादुर तिरुवा, खगेन्द्र राई, मीन रेग्मी, सुदीप पौडेल, बीपी उपाध्याय, खिमलाल बुढाथोकी, निगम भट्टराई, देवशंकर लामा, विनोद जोशी, कृष्ण घर्ती, गजेन परियार, रमेश रावल, धनराज विक, उपेन्द्र परियार, पुरन पुन, उपेन्द्र रावल, उदयराम विक, नरसुर बुमी, विराजन शाही, डीबी शाही, लोकेश जोशी, धनजित विक, अमृत श्रेष्ठ, मदन चापागाईं, महेश अधिकारी, विशाल जिरेल, नगेन्द्र चौलागाईं, रवीन केसी, प्रेम सिँजापति, बलराम लोहार, मेगेन्द्र न्यौपाने, राजकुमार तामाङ, पर्वत रुम्बा, डीबी चन्द, ललिजन बम, रमेश सुनार, गोविन्द बिष्ट, विशाल ठकुरी, विजय खड्का, राजन साउद, पदम विश्वकर्मा, खगेन्द्र सिटौला, विनोद मगर, हरि बिष्ट, निराजन किराँती, विकास राई (जेल), विनोद बराल, केशव भट्टराई, लङ्क राना, विष्णु राउत, विकल्प खत्री, नवीन खड्का, हरि पुन, अमर खड्का, प्रेमप्रशान्त बोहोरा, टङ्क केसी, केशव कुँवर, अनिल केसी, प्रकाश, रमेश बीसी, सुरेन्द्र धानुक, ललित एसके, सुवास जोशी, नरेन्द्र भाट, प्रकाश कठायत, शङ्कर खाती, प्रभात भट्टराई, ईश्वर पाण्डे अटल, पुष्प न्यौपाने, मदन केसी, प्रकाश जप्रेल, प्रेम शाही, सुरेन्द्र बस्नेत, दीपक बिष्ट, नवराज भट्ट, ललित विक, बाबुराम नेपाली, प्रकाश तिरुवा र विवेक घलान छन् ।

सम्मेलनबाट पूर्वअध्यक्ष चिरञ्जीवी ढकाल, पूर्वउपाध्यक्ष रुद्र भट्टराई, सचिव सन्तोषी भट्टराईसहित ३० भन्दा बढी केन्द्रीय सदस्य विद्यार्थी संगठनबाट बिदा भएका छन् । पार्टी केन्द्रीय सचिवालय सदस्य एवं प्रवक्ता प्रकाण्डले नवनिर्वाचित पदाधिकारीसहित केन्द्रीय समितिका सदस्यलाई बधाई दिए ।

सम्मेलनले केन्द्रीय सदस्य रहेकै अवस्थामा पार्टी कामका सिलसिलामा सहिद बनेका प्रज्वल शाहीका बुबाआमा र बहिनी कलसा शाहीलाई अभिनन्दन गरेको छ । त्यसैगरी जनयुद्धमा राज्यले बेपत्ता बनाएका अखिल क्रान्तिकारीका महासचिव पूर्ण पौडेलकी आमा मोतीमाया पौडेललाई पनि अभिनन्दन गरेको छ ।

त्यसैगरी अखिल (क्रान्तिकारी) का पूर्वअध्यक्ष पूर्णबहादुर सिंहलाई पनि अभिनन्दन गरेको छ । सम्मेलनले बेपत्ता योद्धा विपीन भण्डारीका वुवा वरिष्ठ अधिवक्ता एकराज भण्डारीलाई पनि अभिनन्दन गरेको छ ।

नयाँ कार्यसमिति निर्वाचित हुनुअघि सम्मेलन आयोजक समितिका संयोजक चिरञ्जीवी ढकालले प्रतिवेदनमाथि उठेका प्रश्नको र महासचिव प्रकाश शाहीले विधानमाथि उठेका प्रश्नको जवाफ दिएका थिए ।

मिलन राई सञ्चालन गरेको समापन कार्यक्रममा नवनिर्वाचित अध्यक्ष प्रकाश शाहीले सम्मेलन सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए । उनले आफू नेतृत्वको केन्द्रीय समितिले दलाल पुँजीवादी व्यवस्था अन्त्य गर्ने वैज्ञानिक समाजवादी शक्ति निर्माण गर्ने बताए ।

कार्यक्रममा सामना सांस्कृतिक परिवारका कलाकारले जनवादी गीतसंगीत प्रस्तुत गर्नुका साथै सामनाका कलाकार समर झुसेले प्रहसन प्रस्तुत गरेका थिए ।