डोबाटे बने बिनाविभागीय मन्त्री

-


     नयाँ लिपि    
     असाेज ३१ गते २०७८ मा प्रकाशित


गण्डकी प्रदेशमा मन्त्री नियुक्त भएका डोबाटे विश्वकर्माले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
उनलाई प्रदेश प्रमुख पृथ्वीमान सिंह गुरुङले पद तथा गोपनीयताको शपथ गराएका हुन् । मन्त्री नियुक्त भए पनि उनको मन्त्रालय भने तोकिएको छैन ।

यसअघि साउन ८ गते मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले मन्त्रिपरिषद विस्तार गर्दा डोबाटे मन्त्री हुने सूचीमा रहे पनि अन्तिम समयमा उनलाई हटाएर विन्दुकुमार थापा मन्त्री बनेका थिए ।