३८ बिपन्न परीवारका लागी दशै खर्च

-


     नयाँ लिपि    
     असाेज ३१ गते २०७८ मा प्रकाशित


जापानका बिभिन्न ठाउमा कार्यरत नेपाली युवाहरुले संकलन गरेको रकमबाट आज एक कार्यक्रमका बिच बिपन्न परीवारको लागी सहयोग सामाग्री बितरण गरीएको छ । कास्की सामाजिक अभियान जापान मार्फत संकलित रकम बाट ३ दर्जन बढी बिपन्न परीवारको लागी सामाग्री बितरण गरीएको हो । दशै मनाउन नसक्ने, आर्थिक अवस्था कमजोर भएका परीवारका लागी खसीको मासु सहीत चामल, दाल, तेल, नुन लगायतका सामाग्री बितरण गरीयो ।

पोखरा महानगरपालिकाका २४ देखी ३३ सम्मका वडाका ३८ बिपन्न परीवारलाई गण्डकी टेलिभिजनका संचारकर्मी अपिल त्रिपाठी मार्फत सामाग्री हस्तान्तरण गरीएको थियो । प्रत्येक वडाका वडाअध्यक्ष संग परामर्श तथा समन्वय गरी बिपन्न परीवार छनौट गरीएको थियो ।
कास्की सामाजिक अभियान जापानले यस अघि कोरोना महामारीको समयमा अक्सीजन सिलिण्डरको ब्यबस्थापनको लागी रकम संकलन गरेको थियो । तर त्यतीबेला अक्सीजनको समस्या नरहेको भन्ने जानकारी बिभिन्न अस्पतालहरु बाट आएपछी सो रकम खर्च भएको थिएन । सोही संकलित रकम बाट आज सहयोग सामाग्री हस्तान्तरण गरीएको हो ।