गण्डकी सेरोफेरो

पोखराको जग्गा भाडामा दिने सम्झौता खारेज गर्न माग गर्दै राष्ट्रिय सम्पदाको  ज्ञापनपत्र

राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालले पोखराका ३ ठाउँका जग्गा योजनावद्ध रुपमा निजी क्षेत्रलाई थोरै भाडामा दिएर पोखरेलीमाथि घात गरेको आरोप लगाएको छ । कार्यकालको अन्तिम समयमा अपारदर्शी र योजनावद्ध रुपमा पोखरा उपत्यका नगर विकास समितिका अध्यक्षसमेत रहेका निवर्तमान मेयर मानबहादुर जिसीले जनघाती निर्णय गरेको सम्पदाको ठहर छ । नगर विकास समिति अध्यक्ष धनराज आचार्यलाई बिहीबार ज्ञापनपत्र बुझाउँदै संस्थाले पदभारका बेला गरेको सार्वजनिक जग्गाको अवस्था सार्वजनिक गर्ने र संरक्षण गर्ने प्रतिबद्धता व्यवहारमै देखाउन आग्रह गरेको छ । सम्पदाका अध्यक्ष… पुरा पढौ

पर्यटन बसपार्क र गल्फकोर्स भाडा सम्झौता रद्द गर्न माओवादीको माग

नेकपा (माओवादी केन्द्र) पोखरा महानगर कमिटीले निवर्तमान मेयर मानबहादुर जिसीले गरेको सरकारी जग्ग निजी क्षेत्रलाई दिने सम्झौता रद्द गर्न माग गरेको छ । मंगलबार विज्ञप्ति निकालेर महानगर अध्यक्ष हरिनारायण गिरी (विज्ञान)ले अपारदर्शी ढंगले सार्वजनिक जग्गा भाडामा दिनुलाई अपराधको संज्ञा दिँदै त्यसको निष्पक्ष छानबिन गरी कानुनी कारवाही गर्न माग गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘व्यक्तिगत स्वार्थका लागि सार्वजनिक पद र सम्पत्तिको दुरुपयोग गर्ने कुरालाई कुनै पनि आधारमा न्यायोचित मान्न सकिँदैन ।’ सबै राजनीतिक दल चुनाव केन्द्रीत गतिविधिमा रहेका बेला प्रक्रिया… पुरा पढौ

अदालतको फैसलाबाट प्राप्त न्युरोडको जग्गामा पोखरा उपत्यका नगर विकासको डोजर

पोखरा ।पोखरा उपत्यका नगरविकास समितिले आफ्नो जमिन संरक्षणको काम सुरु गरेको छ । १३ असारमा जिल्ला अदालत कास्कीको फैसला बमोजिम प्राप्त न्युरोडमा रहेको जमिनमा बनेका संरचना बाहेकको जमिन सम्याएर संरक्षणको कामसुरु गरेको होे । जिल्ला अदालत कास्कीले न्युरोडका कित्ता नम्बर १६६८ नम्बरको ५ रोपनी, ४ आना भन्दा बढी जमिन उपत्यका विकास समितिको हुने फैसला गरेको थियो । उपत्यका नगरविकास समितिले सोमबार उक्त जमिनमा रहेका भौतिक संरचना हटाउन ३५ दिने सूचना निकाल्नेको छ । बाँकी जमिन सम्याइएको पोखरा महानगरका प्रशासकीय अधिकृत… पुरा पढौ

पोखरामा सञ्चालित ‘फिल्ड फोटो पत्रकारिता तालिम’ सम्पन्न

पोखरामा सञ्चालित ५ दिने ‘फिल्ड फोटो पत्रकारिता तालिम’ आज सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको आयोजना तथा कानुन, सञ्चार तथा प्रदेश सभा मन्त्रालयको आर्थिक सहयोग आयोजित फोटो पत्रकारिता तालिम सम्पन्न भएको हो । असार ७ गतेदेखी सञ्चालित तालिममा फोटो पत्रकार प्रदिपराज वन्त र राम गुरुङले फिल्डमा नै लगेर प्रशिक्षण गराएका थिए । समापन कार्यक्रममा अतिथी नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिब गोविन्द सुबेदिले समग्र गण्डकी प्रदेशमा नै नयाँ खालको तालिम सञ्चालनमा ल्याएको र आगमी दिनमा अझै नयाँ… पुरा पढौ

दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान–२०७८ पत्रकार बबिता बस्नेतलाई

पोखरा, ७ असार। नेपाल पत्रकार महासंघ कास्कीद्वा सञ्चालित प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान–२०७८ बाट पत्रकार बबिता बस्नेतलाई सम्मान गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की । पुरा पढौ

विपद ब्यावस्थापन समिती कास्कीको पुर्ब अभ्यास

पोखरा,४असार। जिल्ला विपद ब्यावस्थापन समिती गण्डकी प्रदेश कास्कीको आयोजनामा शनिबार पोखरा महानगरपालिका-१७ दोबिल्लमा सेती नदी क्षेत्रमा हुने मानवीय तथा प्राकृतिक घटनाको खोज उद्दार सम्बन्धमा पुर्ब अभ्यास गर्दै सुरक्षा कर्मी पुरा पढौ

गण्डकी प्रदेश बजेटः कृषि, पर्यटन, स्वाथ्य र शिक्षामा जोड्

पोखरा, २ असार/ गण्डकी प्रदेश सरकारले बाटो र पुललाई प्राथमिकतामा राख्दै बजेट ल्याएको छ । आर्थिक वर्ष २०७९/८० को बजेटले २ सय किलोमिटर सडक निर्माण, १० वटा मोटरेवल पुल, १५ वटा झोलुंगे पुलका लागि १० अर्व १५ करोड विनियोजन गरेको छ । अर्थमन्त्री रामजी बरालले ३५ अर्व ९० करोडको बजेट सार्वजनिक गर्दा सबै भन्दा धेरै सडक र पुलमा बजेट ल्याएका हुन् । उनले बिहीबार पत्रकार सम्मेलन गर्दै कृषि, पर्यटन, स्वाथ्य र शिक्षामा जोडदिदै बजेट ल्याएको बताए । उनले गण्डकी प्रदेशमा… पुरा पढौ

‘यौन हिंसामा हदम्याद नराखौं’

यौनजन्य हिंसा तथा जबर्जस्ती करणीसम्बन्धी अपराधमा हद म्यादको विद्यमान व्यवस्थाबारे पोखरामा छलफल भएको छ । प्रेरणा नेपालले आयोजना कार्यक्रममा यौन हिंसा तथा जबरजस्ती करणीसम्बन्धी वर्तमान कानुनका कारण यसलाई सम्बोधन गर्न नसकिएको कार्यक्रमका वक्ताहरुले बताए । कार्यक्रमका वक्ताहरुले हदम्यादका कारण धेरै महिला अन्यायमा परेको उल्लेख गर्दै त्यसलाई हटाउनुपर्नेमा जोड दिए । प्रतिनिधि सभा सदस्य विन्दा पाण्डेले यौनजन्य हिंसा तथा जबरजस्ती करणीसम्बन्धी वर्तमान कानुनमा रहेको हदम्यादले यौनहिंसा र अपराधलाई सम्बोधन गर्न नसक्ने बताईन् । उनले वर्तमान समाजलाई अध्ययन गरी विभिन्न विज्ञ र… पुरा पढौ

परीक्षणमै सीमित भयो सहस्रधारा ‘क्यानोनिङ’

दुई पटकको सफल परीक्षणले सहस्रधारा झरनामा साहसिक खेल छाँगावरोहण (क्यानोनिङ) व्यावसायिक बन्नेमा यहाँका धेरैलाई आशा जगाएको थियो । विसं २०७४ फागुनमा गरिएको परीक्षण सफल भएपछि विसं २०७६ असारमा त खेलकै रूपमा ‘क्यानोनिङ’ आयोजना गरियो । २० जनाले शुल्क तिरेरै छाँगावरोहण गरे । गलकोट नगरपालिका–३ स्थित झरनामा भएको छाँगावरोहण जिल्लाकै पहिलो भएकाले निकै प्रचारसमेत गरियो । छाँगावरोहण गरेको हेर्न दर्शक पनि ओइरिए । स्थानीले बाजागाजा र नाचगानसहित खेल सुरु हुने दिनलाई उत्सवकै रूपमा लिएका थिए । तर, आज परीक्षण भएको पाँच… पुरा पढौ

नेपालमा दुई तहको संघीय संरचना उपयुक्तः अध्यक्ष थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा दुई तहको मात्रै संघीय संरचना आवश्यक रहेको बताएका छन् । राप्रपा नेपाल गण्डकीले सोमबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले दुई तहको संघीय संरचना मात्र नेपालको लागि उपयुक्त भएको बताए । उनले केन्द्रय सरकार बलियो र स्थानीय तहमा अहिलेको भन्दा बढी अधिकार प्राप्त भएका कारण प्रदेशका सरकारको आवश्यकता नरहेको उनको भनाई थियो । उनले निर्वाचन प्रणाली परिवर्तन गर्नु पर्ने बताए । उनले जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्ने बताए… पुरा पढौ