पोखरामा सञ्चालित ‘फिल्ड फोटो पत्रकारिता तालिम’ सम्पन्न

-


     नयाँ लिपि    
     असार १२ गते २०७९ मा प्रकाशित


पोखरामा सञ्चालित ५ दिने ‘फिल्ड फोटो पत्रकारिता तालिम’ आज सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको आयोजना तथा कानुन, सञ्चार तथा प्रदेश सभा मन्त्रालयको आर्थिक सहयोग आयोजित फोटो पत्रकारिता तालिम सम्पन्न भएको हो ।

असार ७ गतेदेखी सञ्चालित तालिममा फोटो पत्रकार प्रदिपराज वन्त र राम गुरुङले फिल्डमा नै लगेर प्रशिक्षण गराएका थिए । समापन कार्यक्रममा अतिथी नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिब गोविन्द सुबेदिले समग्र गण्डकी प्रदेशमा नै नयाँ खालको तालिम सञ्चालनमा ल्याएको र आगमी दिनमा अझै नयाँ र सिपमुलक तालिम महासंघले दिने प्रतिबद्दता ब्यत्त गरेका छन् । सुवेदीले तालिममा सिकेका कुरा प्रयोगमा ल्याउन र आफुले जानेका कुरा अरुलाई सिकाउन पनि अनुरोध गरेका छन् ।

तालिममा दैनिक जसो प्रशिक्षार्थीले फिल्डमा गएर खिचिएका तस्बिरहरुको समिक्षा गर्ने गरिको तालिमका संयोजक एवं नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका सदस्य राधिका कंडेलले जानकारी दिईन । तालिममा ४० जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको महासंघ गण्डकी प्रदेशले जानकारी दिएको छ ।