प्रमुख समाचार

प्रधानमन्त्री प्रचण्डसँग जर्मन राजदूतको भेट

काठमाडौं, २८ पुस। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग नेपालका लागि जर्मन राजदूत थ‍ोमस प्रिन्सले भेट गर्नुभएको छ। प्रिन्सले बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा पुगी प्रधानमन्त्रीसँग भेट गर्नुभएको हो। भेटमा प्रधानमन्त्रीले जर्मन सरकारको सहयोगमा सञ्चालित आयोजनाहरूले देशको विकास र समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याएको बताउनुभयो। प्रधानमन्त्रीले सामाजिक न्याय, सुशासन र समृद्धि आफ्नो सरकारको प्राथमिकता रहेको बताउँदै विगतझैं अन्तर्राष्ट्रिय समुदायको पूर्ण सहयोग रहने विश्वास व्यक्त गर्नुभयो। प्रधानमन्त्री प्रचण्डले नेपाल असंलग्न परराष्ट्र नीतिमा दृढ रहेको र अन्तर्राष्ट्रिय समुदायसँग समान कुटनीतिक सम्बन्ध रहने बताउँदै… पुरा पढौ

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी

गण्डकी प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा (एमाले) संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् । अधिकारीले आज दिउसो ३३ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । ६० सदस्यी गण्डकी प्रदेश सभाका बहुमत सांसदको समर्थन पाएका अधिकारीलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आज दिउसो मुख्यमन्त्री नियुक्त गरेका थिए । मुख्मन्त्री अधिकारीले आज साँझ ५ बजे सपथ लिएका थिए । उनले सपथ लिएपछि एमालेकी सीता सुन्दास, माओवादीका हरिबहादुर चुमान र राप्रपाका पञ्चराम गुरूङलाई मन्त्री नियुक्त गरेका थिए । मुख्यमन्त्रीपछि उनीहरुले पनि सपथ… पुरा पढौ

राहदानी सेवा पूर्णरुपमा सुचारु, सहज प्रक्रियाका लागि गृहकार्य हुँदै

काठमाडौं । विद्युतीय राहदानी जारी गर्ने कार्य अन्तर्गत प्रमाणिकरण प्रक्रियामा देखिएको प्राविधिक समस्या हल भएको छ । विद्युतीय राहदानीसम्बन्धी सेवाग्राहीको तथ्यांक प्रविष्टीपछि प्रमाणिकरण गर्ने क्रममा प्राविधिक समस्या देखिएपछि सेवा प्रभावित बनेको थियो । लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको प्राविधिक टोलीले विभागको निरिक्षण तथा प्राविधिक समस्याको विश्लेषणका लागि सूचना प्रविधि शाखाका प्राविधिकहरुलाई परिचालन गरेको थियो । समस्याको पहिचान गर्न प्राविधिक व्यवस्थापनको जिम्मा लिएको आइडिमिया कम्पनीले समेत तीन जना प्राविधिक नेपाल पठाएको थियो । प्राविधिकहरुले प्रमाणिकरण प्रक्रियामा… पुरा पढौ

आहा रारा गोल्डकपकाे विजेता संकटा क्लब

पाेखरा रंगशालामा शनिबार भएकाे २२ औं संस्करणको पोखरा आहा रारा गोल्डकपकाे फाइनल खेलमा अमेरिकाको भूटनिज यूथ स्पोर्टस क्लबलाई ३ -२ गाेलले हराउँदै संकटा युथ क्लबले ट्र्फी हात पारेकाे छ ।यसअघि संकटाले २०७७ मा पहिलो पटक आहा ! रारा पोखरा गोल्डकपको उपाधि जितेको थियो । खेलको पहिलो हाफमा संकटाले गोलको खाता खाेलेकाे थियाे । पहिलो हाफको ३४ औं मिनेटमा संकटाले फेरि दाेस्राे गाेल गर्याे । त्यसपछि भूटनिज यूथ स्पोर्टस क्लबले दुई गाेल गरेकाे थियोे । खेल निकै प्रतिस्पर्धामा चलिरहेको बेला थप… पुरा पढौ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको समुद्घाटन गर्नुभएको छ। अन्तराष्ट्रिय विमानस्थल उद्घाटन समारोहमा उपप्रधान एवं अर्थमन्त्री पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल, पोखरा महानगरका मेयर धनराज आचार्य, विमानस्थल निर्माणकर्ता चिनियाँ कम्पनिका अधिकारीहरूले सम्बोधन गर्नुभएको थियो। उक्त उद्घाटन समारोहमा व्यापक जनसहभागिता भएको थियोे । पुरा पढौ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट माेबाइल ल्याउन गरिएको कडाइलाई कार्यान्वयनमा नल्याउन निर्देशन दिएका छन्।

विदेशबाट मोबाइल फोन ल्याउन गरिएको कडाइलाई तत्काल कार्यान्वयनमा नल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन्। विदेशबाट फर्किने नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ तत्काललाई कार्यान्वयनमा नल्याउन उनले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई निर्देशन दिएका हुन् । विदेशबाट फर्किने नेपालीले एक थानभन्दा बढी मोबाइल ल्याउनु परे भन्सार तिर्नुपर्ने निर्णय यसअघि मन्त्रालयले गरेको थियो । प्रधानमन्त्रीकाे निर्देशनपछि तत्काललाई त्यो व्यवस्था लागू नहुने भएको छ । सरकारले एकभन्दा बढी मोवाइल ल्याए १८ प्रतिशत कर लिने गरी कडाइ गरेको थियो । पुरा पढौ

पाेखरामा पुस ६ देखि नेपाल लिटरेचर फेस्टिभल

नेपाल लिटरेचर फेस्टिभल (साहित्य महोत्सव) को दशैँ संस्करण पुस ६ गतेदेखि ११ गतेसम्म पोखरामा हुने भएको छ । आयोजक बुकवर्म फाउन्डेसनले शनिबार पत्रकार सम्मेलन गरी फेस्‍टिभलबारे जानकारी गराएको हो । फेस्टिभलमा दुई सय भन्दा बढी स्वदेशी, विदेशी लेखक, ५० भन्दा बढी छलफलका सत्र रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो । पुरा पढौ

७ औं पर्वतीय महोत्सव सकिएकाे छ ।

पोखराःअन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजना भएको ७ औँ पर्वतीय महोत्सवमा आइतबार सकिएको छ । नेपाल पर्वतरोहण संघ र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयले आयोजना गरेको महोत्सव दुई दिन चलेको हो ।दोस्रो दिन महोत्सवमा ‘वुमन मुभ माउन्टेन’, ‘सगरमाथा आधार शिविर व्यवस्थापन’, पर्वतीय पर्यटनको अवस्था र चुनौतीलगायत विषयबारे बहस भएका थिए ।महोत्सवको अन्तिम दिन एभरेस्ट बेसक्याम्प व्यवस्थापन विषयमा अन्तरक्रिया कार्यक्रम भएको थियो । सो सेसनमा दर्शक तथा सरोकारवाला निकायको सुझावपछि बेस पर्वतारोहण संघका अध्यक्ष निमा निरु शेर्पाले क्याम्पको समस्या दिर्घकालीन रुपमा समाधान गर्नका लागि अध्ययन… पुरा पढौ

साताैँ अन्तर्राष्ट्रिय पर्वतीय महाेत्सव आजबाट सुरू

पोखरा ःपर्वतीय दिवसको अवसरमा अन्तरास्ट्रिय पर्वतीय संग्रहालयमा आयोजना भएको पर्वतीय महोत्सव शनिबारदेखि सुरु भएको छ । नेपाल पर्वतारोहण संघले आयोजना गरेको महोत्सवको उद्घाटन उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ले गरेका हुन् ।उपराष्ट्रपति पुनले कार्यक्रममा पर्वतीय पर्यटन नेपालको अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा रहेको बताएका छन् । अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा भनेको पर्यटन विकासमा भने रणनीति र कार्ययोजना आवश्यक रहेको उनको भनाइ छ ।‘विश्वसामु नेपालको चिनारी र गौरव तथा नेपालको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा बनेको पर्वतीय पर्यटन विकासका लागि धेरै कार्य गर्नुपर्नेछ,’ पुनले भने, ‘नेपाल भ्रमण वर्ष… पुरा पढौ

गण्डकीका भौतिक पूर्वाधारमन्त्री खड्का बर्खास्त

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्कालाई बर्खास्त गरेका छन्। सरकारका प्रवक्तासमेत खड्का कास्की २ (२)मा चुनाव लडी मुख्यमन्त्री बन्न चाहन्थे । गठबन्धनविरुद्ध अभिव्यक्ति दिएको र गठबन्धनका उम्मेदवारलाई सहयोग नगरेको भन्ने उनीमाथि आरोप छ । सो क्षेत्रमा अहिले कांग्रेसका विन्दुकुमार थापा उम्मेदवार छन् । थापालाई खड्काले असहयोग गरेको बताइन्छ । पुरा पढौ