गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी

-


     नयाँ लिपि    
     पौष २५ गते २०७९ मा प्रकाशित


गण्डकी प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा (एमाले) संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् । अधिकारीले आज दिउसो ३३ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । ६० सदस्यी गण्डकी प्रदेश सभाका बहुमत सांसदको समर्थन पाएका अधिकारीलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आज दिउसो मुख्यमन्त्री नियुक्त गरेका थिए ।

मुख्मन्त्री अधिकारीले आज साँझ ५ बजे सपथ लिएका थिए । उनले सपथ लिएपछि एमालेकी सीता सुन्दास, माओवादीका हरिबहादुर चुमान र राप्रपाका पञ्चराम गुरूङलाई मन्त्री नियुक्त गरेका थिए । मुख्यमन्त्रीपछि उनीहरुले पनि सपथ लिए ।