आहा रारा गोल्डकपकाे विजेता संकटा क्लब

-


     नयाँ लिपि    
     पौष २३ गते २०७९ मा प्रकाशित


पाेखरा रंगशालामा शनिबार भएकाे २२ औं संस्करणको पोखरा आहा रारा गोल्डकपकाे फाइनल खेलमा अमेरिकाको भूटनिज यूथ स्पोर्टस क्लबलाई ३ -२ गाेलले हराउँदै संकटा युथ क्लबले ट्र्फी हात पारेकाे छ ।यसअघि संकटाले २०७७ मा पहिलो पटक आहा ! रारा पोखरा गोल्डकपको उपाधि जितेको थियो ।

खेलको पहिलो हाफमा संकटाले गोलको खाता खाेलेकाे थियाे । पहिलो हाफको ३४ औं मिनेटमा संकटाले फेरि दाेस्राे गाेल गर्याे । त्यसपछि भूटनिज यूथ स्पोर्टस क्लबले दुई गाेल गरेकाे थियोे । खेल निकै प्रतिस्पर्धामा चलिरहेको बेला थप समयमा संकटाले फेरि एक गाेल हानेपछि ऊ विजेता बन्न पुगेकाे हाे ।

विजेता संकटाले १२ लाखका साथमा ट्रफी र उपविजेता बिवाइएससीले नगद ६ लाख हात पारेको छ । विजयी टिम तथा खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङल, एन्फा केन्द्रिय अध्यक्ष पकञ्ज विक्रम नेम्वाङगायतले नगद, ट्रफी र मेडल वितरण गरेका थिए ।