आहा रारा पोखरा गोल्डकपमा संकटा क्लब फाइनलमा

-


     नयाँ लिपि    
     पौष २० गते २०७९ मा प्रकाशित


२२ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा संकटा क्लब फाइनल प्रवेश गरेको छ । पोखरा रंगशालामा बुधबार भएको खेलमा साविक विजेता विभागीय टोली एपीएफ फुटबल क्लबलाई ४–१ ले हराउँदै संकटा फाइनल पुगेको हो ।

संकटाले खेलमा सुरुबाट नै दबाब बनाएको थियो । संकटाका लागि बिनोङ र मेसुकीले गाेल गरेका थिए ।

फाइनलमा पुगेकाे संकटाले चर्च ब्वाइज र भुटानी युथ स्पोर्टस् क्लब, अमेरिकाबीचको विजेतासँग खेल्नेछ ।