विश्व कपकाे उपाधि अर्जेन्टिनाकाे पाेल्टामा

-


     नयाँ लिपि    
     पौष ३ गते २०७९ मा प्रकाशित


अर्जेन्टिनाले पेनाल्टी सुटआउटमा फ्रान्सलाई हराउँदै विश्व कप फुटबल २०२२ काे उपाधि हात पारेकाे छ । कतारकाे लुसेल स्टेडियममा भएकाे राेमाञ्चक खेलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ गाेलले हरायाे ।

निर्धारित ९० मिनेटमा २–२ गाेलकाे बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेकाे थियाे । अतिरिक्त समयमा दुवै टाेलीले एक एक गाेल थपेपछि खेल ३–३ गाेलकाे बराबरी पुगेकाे थियाे । त्यपछि भएकाे पेनाल्टी सुटआउटमा ४-२ गाेलले फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले विश्व कपकाे उपाधि उचालेकाे हाे ।