पाेखरामा बागी विमर्श

-


     नयाँ लिपि    
     कार्तिक २० गते २०७९ मा प्रकाशित


उज्ज्वल प्रसाईले लेख्नुभएको गैरआख्यान-पुस्तक “एक बागी: खगेन्द्र सङ्ग्रौलाको साधना र सङ्घर्ष”को जीवनीकार तथा जीवनी-नायक दुवैकाे उपस्थितिमा पहिलोपटक पोखरामा परिचर्चा कार्यक्रम सम्पन्न भयाे । उक्त कार्यक्रममा बाेल्दै खगेन्द्र संग्राैलाले पढ्नकाे निम्ति मैले दुईवटा कुरा मागे । एउटा मान्छे र अर्को पुस्तक । मान्छे पढ्ने भनेकाे परिवार पढ्ने हाे, छिमेक पढ्ने हाे, समाज पढ्ने हाे, इतिहास पढ्ने हाे, समाज शास्त्र पढ्ने हाे । पुस्तक पढ्ने भनेकाे मान्छेका ती ती क्षेत्रका गतिविधिहरूकाे प्रतिबिम्ब भएका कुरा पढ्ने हाे भने । उक्त कार्यक्रममा लेखक उज्ज्वल प्रसाईं , अनुसन्धाता शेखर पराजुली , कवि कल्पना चिलुवालले बाेलेका थिए भने उक्त कार्यक्रम लेखक तथा उपन्यासकार गनेस पाैडेलले सञ्चालन गरेका थिए ।