पाेखरामा पुस ६ देखि नेपाल लिटरेचर फेस्टिभल

-


     नयाँ लिपि    
     पौष २ गते २०७९ मा प्रकाशित


नेपाल लिटरेचर फेस्टिभल (साहित्य महोत्सव) को दशैँ संस्करण पुस ६ गतेदेखि ११ गतेसम्म पोखरामा हुने भएको छ । आयोजक बुकवर्म फाउन्डेसनले शनिबार पत्रकार सम्मेलन गरी फेस्‍टिभलबारे जानकारी गराएको हो । फेस्टिभलमा दुई सय भन्दा बढी स्वदेशी, विदेशी लेखक, ५० भन्दा बढी छलफलका सत्र रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।