प्रमुख समाचार

खेलाडीलाई खेलकुदमा बजेट घटेपनि उत्कृष्ट नतिजा निकाल्न मन्त्री थापाको आग्रह

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले खेलकुदमा बजेट घटेपनि उत्कृष्ट नतिजा निकाल्न आग्रह गरेका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको बुधबार बसेको बैठकमा मन्त्री थापाले उक्त कुरा व्यक्त गरेका हुन् । परिषदका अध्यक्ष समेत रहेका मन्त्री थापाले प्रदेशलाई गौरवको प्रदेशको रुपमा स्थापित गर्न खेलकुद महत्वपूर्ण रहेको जनाउँदै भने–“सबै क्षेत्रमा बजेट घटेको छ । हामी बजेट घट्यो भनेर चिन्ता गर्नु भन्दा सिमित स्रोत साधनको उच्चतम उपयोग गर्दै त्यसबाट अधिकतम फाइदा लिनु शसक्त रुपमा अघि… पुरा पढौ

महिला एसिया कप : नेपाल प्रतियोगिताबाट बाहिरियो 

नेपाल महिला एसिया कपमा क्रिकेटको आज भारत सङ्ग भएको खेलमा नेपाललाई भारतले  ८२ रनले  जित्यो । यो सङै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । १ सय ७९ रनको लक्ष्य पछ्याएको नेपालले ९ विकेट गुमाई ९६ रनमात्र जोड्न सक्यो ।  रनगिरी दम्बुला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा निर्धारित २० ओभरमा ३ विकेट गुमाई १ सय ७८ रन बनाएको थियो ।  नेपालका ओपनर सीता रानामगरले सर्वाधिक १८ रन बनाइन् । उनले २२ बल खेली ३ चौका प्रहार गरिन् । अर्की ओपनर सम्झना खड्का ७ बलमा ७ रन… पुरा पढौ

नेपाल सामु १७९ रनको लक्ष्य

श्रीलकामा जारी एसिया माहिला कपअन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा भारतले नेपाललाई १७९ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको भारतले ३ विकेटको क्षतिमा १७८ रन जोडेको हो । भारतका लागि ओपनरद्वय शफाली वर्मा र दयालन हेमलताले उत्कृष्ट प्रदर्शन गरे। वर्माले ४८ बलमा ८१ रन र हेमलताले ४२ बलमा ४७ रन जोडे। पुरा पढौ

ट्रकको डिजेल चोरी गर्ने २ जना पक्राउ

पोखरा । पोखराको प्रस्याङबाट डिजेल चोरीको आरोपमा सोमबार २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका २ फिर्केपुल बस्ने १९ वर्षिय रोहित नेपाली र बाग्लुङ बसपार्क बस्ने वर्ष ४८ जिवन श्रेष्ठ रहेको कास्की प्रहरीले जनाएको छ । रोहित नेपालीले पोखरा महानगरपालिका वडा नं.०५ प्रस्याङमा पार्किङ गरी राखेको बा ०१००६ ख ३८४० नम्बरको ट्रकको ६० लिटर डिजेल चोरी गरी पोखरा-दमौली चल्ने ग १ ख ७१०२ नम्बरको बस धनी जिवन श्रेष्ठलाई चार हजारमा बेचेका थिए । डिजेल चोरी भयो… पुरा पढौ

महिला एशिया कपः नेपाललाई जित्नै पर्ने दबाब

काठमाडौं । श्रीलंकामा जारी महिला एशिया कपको समूह चरणको आफ्नो अन्तिम खेलमा आज नेपालले भारतको जित्नै पर्ने छ । खेल नेपाली समय अनुसार बेलुका ७:१५ बजे श्रीलंकास्थित दाम्बुला स्टेडियममा हुनेछ। एक-एक खेल बाँकी रहँदा समूह ए मा नेपाल र पाकिस्तानको समान २-२ अंक छ। भारतले दुइ खेल जितिसकेको छ भने युएईले दुई खेलमा हार बेहोरेको छ। एकमा जित र एकमा हारसहित अङ्क तालिकाको तेस्रो स्थानमा रहेको नेपालले सेमिफाइनलको यात्रा तय गर्न आजको खेलमा भारतलाई हराउनुपर्ने बाध्यता छ । पुरा पढौ

प्रहरी हुँ भन्दै धम्की दिई रकम माग गर्ने क्षेत्री पक्राउ

पोखरा । प्रहरी हुँ भन्दै विभिन्न व्याक्तिहरुलाई WhatsApp तथा Telegram बाट सम्पर्क गरी रकम माग्ने सुजित क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न व्यक्तिहरुलाई “म जिल्ला प्रहरी कार्यालय कास्कीको सूचना अधिकारी हुँ भन्दै रकम असुली गर्ने गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले आईतबार क्षेत्रीलाई पक्राउ गरेको हो । क्षेत्रीले आफु प्रहरी भएको बताउदै केही काम छ भने भन्नुहोस गरिदिन्छु”भन्ने र सर्वसाधरण संग रकम माग गर्ने गरेको प्रहरीले जनाएको छ । पोखरा महानगरपालिका वडा नं. १६ बाटुलेचौर… पुरा पढौ

हाईलक्स र मोटरसाईकल ठोकिदाँ घाईते भएका मोटरसाईकल चालकको मृत्यु

पोखरा । आज (आईतबार) बिहान पोखराको हल्लनचोकमा हाईलक्स र मोटरसाईकल एक आपसमा ठोकिदाँ मोटरसाईकल चालकको मृत्यु भएको छ । आज बिहान ५:४० बजे ग ३ च ३४५७ नं. हाईलक्स र ग ११ प ९१ नं. को मोटरसाईकल एक आपसमा ठक्कर खादाँ पोखरा ६ का २६ वर्षिय ईश्वर परियार घाईते भएका थिए । घाईते परियारलाई उपचारका लगि पोखराको गण्डकी मेडिकल कलेज पुर्याएको थियो । उपचारको क्रममा आईतबार बिहान ६:४३ बजे उनलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ… पुरा पढौ

बङ्गलादेशमा आरक्षण विरोधी आन्दोलन झन चर्किदै

बङ्लादेशमा आरक्षण विरोधी आन्दोलन झन चर्किदै गएको छ । चर्कदै गएको हिंसालाई नियन्त्रण गर्न सरकारले निषेधाज्ञा जारी गरेको छ । आन्दोलनका क्रममा अहिलेसम्म ज्यान गुमाउनेको संख्या ३५ भन्दा बढि पुगेको अनुमान गरिएको छ । बङ्गलादेशमा सन् १९७१ को स्वतन्त्रता सङ्ग्राममा भाग लिने स्वतन्त्रता सेनानीका परिवारलाई सरकारी जागिरमा दिएको आरक्षणको विरोधमा विद्यार्थी र युवाहरुले आन्दोलन गर्दे आएका छन । आन्दोलन चर्कदै गए पछि सरकारले विद्यालय र विश्वविद्यालय अर्को सूचना जारी नहुदाँ सम्म लागि बन्द गरेको छ । साथै इन्टरनेट सेवा पनि… पुरा पढौ

चितुवाको आक्रमणमा परि बन्दिपुरमा बालकको निधन

शम्भु श्रेष्ठ,तनहुँ । बन्दिपुर गाउँपालिका ५ सालथानमा चितुवाले आक्रमण गर्दा ११ वर्षिय सुन्दर कुमालको निधन भएको छ । उनी काकीलाई मोबाइल पुर्याउन जादाँ दुर्घटनामा परेको थिए । उनको आमाको मोबाइलमा रातीको ८ बजे काकीको फोन आए पछि कान्ला माथि रहेको काकीको घरमा मोबाइल दिन जादाँ उक्त घटना भएको बन्दिपुर गाउँपालिका ५ का वडा अध्यक्ष धुव्र प्रसाद लामिछाने बताए । घटना भएको स्थल घाइते बालकलाई तत्काल बन्दिपुर अस्पतालमा उपचारको लागि लगिएको थियो । अस्पतालले बालकलाई मृत घोषण गरे लगतै उनको शव… पुरा पढौ

दृष्टि आँखा अस्पतालमा स्वास्थ्य बिमा सुरु

पोखरा । पोखरा नयाँबजारमा रहेको दृष्टि आँखा अस्पतालमा मंगलबारदेखि स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ ।  स्वास्थ्य बिमा बोर्डले नयाँ आव २०८१/०८२ देखि लागु हुने गरी दृष्टिसहित नेपालका २ आँखा अस्पताल र १० मेडिकल कलेजलाई सेवा सूचीकृत गरेको छ ।  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उक्त अस्पतालमा उद्घाटन गर्दै  स्वास्थ्य बिमा कार्यक्रमबाट सेवा दिने सेवाग्राहीलाई पहिलो प्राथमितामा राखेर सेवा दिनुपर्ने बताए । उनले बिमाबाट प्राप्त हुने सुविधालाई नागरिकले सरल र सहज रुपमा प्रयोग गरी गुणस्तरीय सेवा पाउनुपर्ने समेत बताए । प्रदेशका… पुरा पढौ