Skip to content

बङ्गलादेशमा आरक्षण विरोधी आन्दोलन झन चर्किदै

बङ्लादेशमा आरक्षण विरोधी आन्दोलन झन चर्किदै गएको छ । चर्कदै गएको हिंसालाई नियन्त्रण गर्न सरकारले निषेधाज्ञा जारी गरेको छ ।

आन्दोलनका क्रममा अहिलेसम्म ज्यान गुमाउनेको संख्या ३५ भन्दा बढि पुगेको अनुमान गरिएको छ ।

बङ्गलादेशमा सन् १९७१ को स्वतन्त्रता सङ्ग्राममा भाग लिने स्वतन्त्रता सेनानीका परिवारलाई सरकारी जागिरमा दिएको आरक्षणको विरोधमा विद्यार्थी र युवाहरुले आन्दोलन गर्दे आएका छन ।

आन्दोलन चर्कदै गए पछि सरकारले विद्यालय र विश्वविद्यालय अर्को सूचना जारी नहुदाँ सम्म लागि बन्द गरेको छ । साथै इन्टरनेट सेवा पनि अवरुद्ध भएको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *