गण्डकीका भौतिक पूर्वाधारमन्त्री खड्का बर्खास्त

-


     नयाँ लिपि    
     कार्तिक २९ गते २०७९ मा प्रकाशित


गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्कालाई बर्खास्त गरेका छन्।

सरकारका प्रवक्तासमेत खड्का कास्की २ (२)मा चुनाव लडी मुख्यमन्त्री बन्न चाहन्थे । गठबन्धनविरुद्ध अभिव्यक्ति दिएको र गठबन्धनका उम्मेदवारलाई सहयोग नगरेको भन्ने उनीमाथि आरोप छ ।

सो क्षेत्रमा अहिले कांग्रेसका विन्दुकुमार थापा उम्मेदवार छन् । थापालाई खड्काले असहयोग गरेको बताइन्छ ।