पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध एअरलाइन्सले पहिलो अन्तर्राष्ट्रिय उडान गर्ने

-


     नयाँ लिपि    
     कार्तिक २८ गते २०७९ मा प्रकाशित


पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध एअरलाइन्सले पहिलो अन्तर्राष्ट्रिय उडान गर्ने बताएकाे छ। आइतवार, मङ्गलवार र बिहीवार गरी हप्तामा तीन दिन पोखरा–बनारस उडान गर्ने बुद्धले आफ्नाे प्रेस विज्ञप्ति मार्फत बताएको हाे ।

यस्तै पोखरा–दिल्ली र पोखरा देहरादुन उडानका लागि एअर ट्राफिक सर्भिसेस अर्थात् एअर रुटका लागि नेपाल सरकारले भारतसँग पहल गरिरहेको र बनारसको विमानस्थलमा स्लटका लागि भारतीय सरकारसँग छलफलमा रहेको बुद्धले जनाएको छ ।