कास्की

नेपाल भूपू खेलाडी मञ्चको अध्यक्षमा : गुरुङ

पोखरा । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको अध्यक्षमा दिल बहादुर गुरुङ र महासचिबमा केशव पाठक सर्वसम्मत निर्वाचित भएका छन् ।  मञ्चको शनिबार पोखरामा सम्पन्न १३ औं वार्षिक साधारण सभा तथा आठौं अधिवेशनले उनीहरुसहित आगामी तीन वर्षका लागि २५ सदस्यिय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । मञ्चको प्रथम उपाध्यक्षमा खेम बहादुर गुरुङ, द्वितिय उपाध्यक्षमा कृष्ण तिमिल्सना, महासचिवमा केशव पाठक, सचिबमा महेश पौडेल, कोषाध्यक्षमा हरि बहादुर बरुवाल र सह–कोषाध्यक्षमा रमेश कुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित भए ।  त्यसै गरी… पुरा पढौ

पोखरा पर्वतीय दौडको उपाधि एपिएफका भट्टलाई

पोखरा । पोखरामा आयोजित पर्वतीय दौड प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबका निरोज भट्ट क्षत्रीले जितेका छन् । पोखरा २२ (पुम्दीभुम्दी) को खेल पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले आयोजना भएको उक्त प्रतियोगितामा क्षत्रीले निर्धारित ८ किलोमिटरको दुरी ३८ मिनेट २३ सेकेण्डमा पार गर्दै उपाधि जितेका हुन् । पोखरा क्लिक प्रालिले आयोजना गरेको प्रतियोगितामा सल्यानको कुमाख गाउँपालिकाका रुद्र बुढाथोकी निर्धारित दुरी ४१ मिनेट २२ सेकेण्डमा पूरा गरी दोस्रो भए । पोखरा–१७ का प्रकाश थिँक ४२ मिनेट ४२ सेकेण्डम पूरा गरी तेस्रो… पुरा पढौ

पोखरामा प्रदेश स्तरीय योग ध्यान स्वजागरण कार्यक्रम 

पोखरा । पोखरामा प्रदेश स्तरीय एक दिने योग ध्यान कार्यक्रम गरिएको छ ।  गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको आयोजना तथा जीवन विज्ञान प्रतिष्ठानको सहकार्यमा पोखरा इभेन्ट सेन्टरमा शनिबार एक दिने योग ध्यान कार्यक्रम ‘गण्डकी स्वजागरण’ गरिएको हो ।  कार्यक्रममा गुरु एलपी भानु शर्माले जुममार्फत जीवन विज्ञानका बारेमा जानकारी गराएका थिए । जीवन विज्ञान ७० भन्दा बढी देशमा फैलिएको शर्माले बताए । सुसंस्कृत र सभ्य गण्डकी प्रदेश बनाउन सबैभन्दा पहिले आफु भित्रको मलाई चिन्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो… पुरा पढौ

पोखरा १५ मा ‘६’ ए साईड फुटबल प्रतियोगिता  हुने

पोखरा । पोखरा १५ नयाँगाउँमा ६' ए साईड एमेच्योर फुटबल प्रतियोगिता हुने भएको छ । "स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ आयोजना हुन लागेको फुटबल प्रतियोगिता असोज १५ देखि १९ गते संचालन हुने शनिवार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । पोखरा १५ को वडा कार्यालय नजिकको खेल मैदानमा हुने प्रतियोगिताको विजेता टिमले ६० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र एवं उपविजेताले नगद ३० हजारसहित शिल्ड, मेडल, र प्रमाणपत्र प्राप्त गर्नेछ ।  प्रतियोगितामा उत्कृष्ट खेलाडी, उदीयमान खेलाडी, उत्कृष्ट गोलरक्षक,… पुरा पढौ

यू–१९ क्रिकेट : किरण चम्किदाँ स्याङजाको जित

पोखरा । पोखरा रंगशालामा जारी वाई वाई यू–१९ क्रिकेट प्रतियोगिताका आज(बिहिबार) भएको खेलमा स्याङजा ९३ रनले विजयी भएको छ । सुमह ‘बि’को अन्तरगतको पहिलो खेलमा स्याङजाले बाग्लुङलाई जितेको हो । स्याङजाको जितमा किरण भट्टराईले व्यक्तिगत ४९ रन बनाउनुको साथै ६ विकेट पनि उनैका नाममा रह्यो । उनले ६४ बलमा ७ चौका सहित ४९ रन बनाएको हो । उनी खेलको म्यान अफ दि म्याच घोषित भए । उनले बाग्लुङका चार जना खेलाडीलाई सुन्य रनमा नै पेभिलियन फर्काए । बाग्लुङका लागि सर्वाधिक… पुरा पढौ

पर्वतीय दौडमा १०४ धावक

पोखरा । ‘खेलपर्यटन प्रवद्र्धनमा पुम्दी–भुम्दी पर्वतीय दौड’ नाराका साथका पोखरा क्लिक अनलाइन संचारमाध्यमद्वारा आयोजित प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१ को तयारी पूरा भएको छ । यही असोज १२ गते शनिबार बिहान ७ बजेदेखि सुरु हुने दौड प्रतियोगितामा ३ देश (नेपाल, बेलायत र ब्राजिल) ७१ पुरुष र ३३ महिला धावक गरी १०४ जनाले भाग लिँदैछन् । तीमध्ये सबैभन्दा ज्येष्ठ ५५ वर्षीय पुरुष र ९ वर्षीय बालकले समेत छन् । बिहीबार पत्रकार सम्मेलनमा पोखरा क्लिक प्रालि अध्यक्ष एवं प्रतियोगिता संयोजक दीननाथ बरालले छोटो… पुरा पढौ

अभिभावकमुखी शिक्षालाई प्रभावकारी बनाउ : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुुकुमार थापाले अभिभावकमुखी शिक्षालाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । शिक्षा विकास निर्देशनालय पोखराले आयोजना गरेको माध्यमिक शिक्षा परीक्षा कक्षा १० को अभिलेख संसोधन र शैक्षिक तथ्याङ्क सम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले शिक्षा क्षेत्रमा सुधार ल्याउन अभिभावकमुखी शिक्षालाई जोड गर्नुपर्ने बताएका हुन् । “मन्त्रालयले राखेको अभिभावकमुखी शिक्षा नयाँ कार्यक्रम हो । यसलाई प्रभावकारी बनाउन आवश्यक छ । शैक्षिक क्षेत्रलाई सुदृढिकरण गर्न यस्ता कार्यक्रमले मदत पुग्छ ।”, उनले भने । मन्त्री थापाले… पुरा पढौ

मोबाईल टावरमा सामान खरिद गर्दा उपहारै उपहार

पोखरा । पोखराको महेन्द्रपुलमा रहेको पोखरा मोबाईल टावरले दशै तिहारका लागि उपहारै उपहारको बम्पर योजना सुरु गरेको छ । यो योजना अन्तरगत राइसकुकर,टिभि देखि स्कुटर सम्मको उपहार रहेको 'मोबाईल मेला २०८१' का संयोजक बुद्धि थापाले बताए । यो बम्पर योजना अन्तरगत प्रथम हुनेलाई ३२ इन्चकोे टिभि र द्धितिय हुनेलाई एसी कुलर,तेस्रो हुनेलाई १० इन्चको ट्रोल्ली स्पीकर र सान्त्वना पुरस्कारमा राईस कुकर रहेको छ । त्यस्तै प्रत्येक महिना १० जनालाई आर्कषक पुरस्कारको व्यवस्था रहेको मेला संयोजक थापाले जनाएको छ । गण्डकी… पुरा पढौ

अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयले पर्यटन दिवस मनाउँदै

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १७ रातोपहिरामा रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयले भव्य रुपमा अन्तर्राष्ट्रिय पर्यटन दिवस मनाउने भएको छ । संग्रहालयले पर्यटन दिवस सेप्टेम्बर २७ अर्थात् शुक्रबार आउने सबैलाई प्रवेश टिकटमा २५ प्रतिशत छुट दिने जनाएको छ । शुक्रबार संग्रहालय भ्रमणका लागि आउने पहिला व्यक्ति वा समूहलाई भव्य स्वागतसहित टिकट शुल्कसमेत नलिइने संग्रहालयकी कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेले जानकारी दिइन् । पर्वतीय पर्यटन, संस्कृति र सभ्यताको खुला पठाशाला बनेको यो संग्रहालय बिहान साढे ८ बजेबाट साँझ साढे ५ बजेसम्म खुला… पुरा पढौ

४२ लाख बराबरको च्याङ्ग्रा चोरी गर्ने प्रकाउ

पोखरा । पोखरामा च्याङ्ग्रा चोरी गरेको अभियोगमा आज १ जनालाई प्रहरीले प्रकाउ गरेको छ । प्रकाउ परेका फकिर मोहम्मदले १०३ वटा च्याङ्ग्रा चोरी गरि फरार भएका थिए । उनले आफु सहित ३ जना मुस्ताङ पुगि ताक्ला गुरुङको गोठबाट असोजको १ गते १०३ वटा च्याङ्ग्रा पोखरा झारेका थिए । उनीहरुले पोखरा पुगि पैसा दिन्छौ भन्दै च्याङ्ग्रा धनि ताक्लालाई संगै पोखरा ल्याएका थिए । च्याङ्ग्रा सहित आएका उनीहरु पोखराको ड्यामसाईडको होटलमा बसेका थिए । होटलमा सबै सुतेको मौका छोपी च्याङ्ग्रा भएको गाडी… पुरा पढौ