कास्की

पोखरा १५ मा ‘६’ ए साईड फुटबल प्रतियोगिता  हुने

पोखरा । पोखरा १५ नयाँगाउँमा ६' ए साईड एमेच्योर फुटबल प्रतियोगिता हुने भएको छ । "स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ आयोजना हुन लागेको फुटबल प्रतियोगिता असोज १५ देखि १९ गते संचालन हुने शनिवार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । पोखरा १५ को वडा कार्यालय नजिकको खेल मैदानमा हुने प्रतियोगिताको विजेता टिमले ६० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र एवं उपविजेताले नगद ३० हजारसहित शिल्ड, मेडल, र प्रमाणपत्र प्राप्त गर्नेछ ।  प्रतियोगितामा उत्कृष्ट खेलाडी, उदीयमान खेलाडी, उत्कृष्ट गोलरक्षक,… पुरा पढौ

यू–१९ क्रिकेट : किरण चम्किदाँ स्याङजाको जित

पोखरा । पोखरा रंगशालामा जारी वाई वाई यू–१९ क्रिकेट प्रतियोगिताका आज(बिहिबार) भएको खेलमा स्याङजा ९३ रनले विजयी भएको छ । सुमह ‘बि’को अन्तरगतको पहिलो खेलमा स्याङजाले बाग्लुङलाई जितेको हो । स्याङजाको जितमा किरण भट्टराईले व्यक्तिगत ४९ रन बनाउनुको साथै ६ विकेट पनि उनैका नाममा रह्यो । उनले ६४ बलमा ७ चौका सहित ४९ रन बनाएको हो । उनी खेलको म्यान अफ दि म्याच घोषित भए । उनले बाग्लुङका चार जना खेलाडीलाई सुन्य रनमा नै पेभिलियन फर्काए । बाग्लुङका लागि सर्वाधिक… पुरा पढौ

पर्वतीय दौडमा १०४ धावक

पोखरा । ‘खेलपर्यटन प्रवद्र्धनमा पुम्दी–भुम्दी पर्वतीय दौड’ नाराका साथका पोखरा क्लिक अनलाइन संचारमाध्यमद्वारा आयोजित प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१ को तयारी पूरा भएको छ । यही असोज १२ गते शनिबार बिहान ७ बजेदेखि सुरु हुने दौड प्रतियोगितामा ३ देश (नेपाल, बेलायत र ब्राजिल) ७१ पुरुष र ३३ महिला धावक गरी १०४ जनाले भाग लिँदैछन् । तीमध्ये सबैभन्दा ज्येष्ठ ५५ वर्षीय पुरुष र ९ वर्षीय बालकले समेत छन् । बिहीबार पत्रकार सम्मेलनमा पोखरा क्लिक प्रालि अध्यक्ष एवं प्रतियोगिता संयोजक दीननाथ बरालले छोटो… पुरा पढौ

अभिभावकमुखी शिक्षालाई प्रभावकारी बनाउ : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुुकुमार थापाले अभिभावकमुखी शिक्षालाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । शिक्षा विकास निर्देशनालय पोखराले आयोजना गरेको माध्यमिक शिक्षा परीक्षा कक्षा १० को अभिलेख संसोधन र शैक्षिक तथ्याङ्क सम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले शिक्षा क्षेत्रमा सुधार ल्याउन अभिभावकमुखी शिक्षालाई जोड गर्नुपर्ने बताएका हुन् । “मन्त्रालयले राखेको अभिभावकमुखी शिक्षा नयाँ कार्यक्रम हो । यसलाई प्रभावकारी बनाउन आवश्यक छ । शैक्षिक क्षेत्रलाई सुदृढिकरण गर्न यस्ता कार्यक्रमले मदत पुग्छ ।”, उनले भने । मन्त्री थापाले… पुरा पढौ

मोबाईल टावरमा सामान खरिद गर्दा उपहारै उपहार

पोखरा । पोखराको महेन्द्रपुलमा रहेको पोखरा मोबाईल टावरले दशै तिहारका लागि उपहारै उपहारको बम्पर योजना सुरु गरेको छ । यो योजना अन्तरगत राइसकुकर,टिभि देखि स्कुटर सम्मको उपहार रहेको 'मोबाईल मेला २०८१' का संयोजक बुद्धि थापाले बताए । यो बम्पर योजना अन्तरगत प्रथम हुनेलाई ३२ इन्चकोे टिभि र द्धितिय हुनेलाई एसी कुलर,तेस्रो हुनेलाई १० इन्चको ट्रोल्ली स्पीकर र सान्त्वना पुरस्कारमा राईस कुकर रहेको छ । त्यस्तै प्रत्येक महिना १० जनालाई आर्कषक पुरस्कारको व्यवस्था रहेको मेला संयोजक थापाले जनाएको छ । गण्डकी… पुरा पढौ

अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयले पर्यटन दिवस मनाउँदै

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १७ रातोपहिरामा रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयले भव्य रुपमा अन्तर्राष्ट्रिय पर्यटन दिवस मनाउने भएको छ । संग्रहालयले पर्यटन दिवस सेप्टेम्बर २७ अर्थात् शुक्रबार आउने सबैलाई प्रवेश टिकटमा २५ प्रतिशत छुट दिने जनाएको छ । शुक्रबार संग्रहालय भ्रमणका लागि आउने पहिला व्यक्ति वा समूहलाई भव्य स्वागतसहित टिकट शुल्कसमेत नलिइने संग्रहालयकी कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेले जानकारी दिइन् । पर्वतीय पर्यटन, संस्कृति र सभ्यताको खुला पठाशाला बनेको यो संग्रहालय बिहान साढे ८ बजेबाट साँझ साढे ५ बजेसम्म खुला… पुरा पढौ

४२ लाख बराबरको च्याङ्ग्रा चोरी गर्ने प्रकाउ

पोखरा । पोखरामा च्याङ्ग्रा चोरी गरेको अभियोगमा आज १ जनालाई प्रहरीले प्रकाउ गरेको छ । प्रकाउ परेका फकिर मोहम्मदले १०३ वटा च्याङ्ग्रा चोरी गरि फरार भएका थिए । उनले आफु सहित ३ जना मुस्ताङ पुगि ताक्ला गुरुङको गोठबाट असोजको १ गते १०३ वटा च्याङ्ग्रा पोखरा झारेका थिए । उनीहरुले पोखरा पुगि पैसा दिन्छौ भन्दै च्याङ्ग्रा धनि ताक्लालाई संगै पोखरा ल्याएका थिए । च्याङ्ग्रा सहित आएका उनीहरु पोखराको ड्यामसाईडको होटलमा बसेका थिए । होटलमा सबै सुतेको मौका छोपी च्याङ्ग्रा भएको गाडी… पुरा पढौ

यू–१९ क्रिकेट : तनहुँको सहज जित

पोखरा । पोखरा रंगशालामा जारी यू–१९ क्रिकेट प्रतियोगिताको आज (मंगलबार) भएको प्रतियोगितामा तनहुँले सहज जित निकालेको छ ।तनहुँले पर्वतलाई ९ विकेटले पराजित गर्दे सहज जित निकालेको हो । प्रादेशिक क्रिकेट संघको आयोजनामा पोखरा रंगशालामा भएको वाईवाई यू–१९ क्रिकेट प्रतियोगिताका दोस्रो दिन पर्वतले ७६ रन मात्र जोड्यो । ७७ रनको लक्ष्य पाएका तनहुँले १ विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो । तनहुँका लागि इसान श्रेष्ठले अविजित रहदै १८ र वन्स क्षेत्रीले २१ रनको योगदान दिए । ओपनर श्रेष्ठले ५३ बल खेल्दै २… पुरा पढौ

पोखरामा यू–१९ क्रिकेट सुरु

पोखरा । पोखरामा आज (सोमबार) बाट वाई वाई कप यू–१९ क्रिकेट प्रतियोगिता सुरु भएको छ । उद्धघाटन खेलमा कास्कीले विजयी सुरुवात गरेको छ । पोखरा रंगशालामा सम्पन्न आजको खेलमा कास्कीले पर्वतलाई ८ विकेटले जितेको हो । टस जितेर पारीको सुरुवात गरेको पवर्त २८.५ ओभरमा सबै विकेट गुमाउँदै ६८ रन मात्रै बनाउन सक्यो । यता जवाफी व्याटिङ उर्तेको कास्कीले १२.५ ओभरमा २ विकेटको क्षतीमा ६९ रन बनाउँदै सहज जित हासिल गर्यो । पर्वतका लागि किरण पौडेलले सर्वाधिक ७० बलमा सर्वाधिक २९… पुरा पढौ

आनन्दित गृहको अध्यक्षमा पुन : शाक्य

पोखरा । आनन्दित गृह (ह्याप्पी होम), नेपालको शनिबार ११ औं साधारणसभा तथा छैटौं अधिवेशनले पुन : डाक्टर यज्ञमान शाक्यलाई अध्यक्षतामा चयन गरेको छ । शनिबार सम्पन्न भएको अधिवेशनले नयाँ कार्यसमितिको उपाध्क्षयमा मेजरमान बज्राचार्य, महासचिव रोमाकुमारी राउत शाक्य र कोषाध्यक्षमा रमेशलाल ताम्राकार चयन गरेको हो । ७ सदस्यीय रहेको हेप्पीहोमको कार्यसमिति सदस्यमा शुसिला खनाल, गोमा क्षेत्री र नीलम महर्जन चयन भएका छ्न । निर्वाचन समिति संयोजक इन्द्रबहादुर खड्का तथा सदस्यमा उमामहेश घिमिरे र बरकाशी गुरुङ रहेका थिए । समितिको कार्यकाल २… पुरा पढौ