कास्की

सामाजिक सुरक्षा भत्ता लिन आउनेलाई निशुल्क स्वास्थ्य परीक्षण

पोखरा ।पोखरा महानगरपालिका वडा नं. १३ ले सामाजिक सुरक्षा भत्ता लिन आउने नागरिकको निशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ । कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहकार्यमा सामाजिक सुरक्षा भत्ता लिन आउने नागरिकको स्वास्थ्यको जाँच गरिने अध्यक्ष किरण बरालले जानकारी गराए । उनका अनुसार पछिल्लो समय लामखुट्टेको टोकाइबाट लाग्ने डेंगुु रोगको समेत परीक्षण गरिनेछ । जसका लागि डा. कुशुम महराको सहयोग रहने बरालले बताए । “नागरिकको स्वास्थ्यमा हामी संवेदनशील छौं । सामाजिक सुरक्षा भत्ता लिन आउने वृद्ध बुवाआमाहरुको… पुरा पढौ

अपाङ्गमैत्री कानूनको मस्यौदा प्रदेश सरकारलाई हस्तान्तरण

पोखरा । अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय अपाङ्गता महासंघ गण्डकी प्रदेश र स्वालम्बन जीवनपद्धति केन्द्र पोखराले मस्यौदा गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुु कुमार थापालाई हस्तान्तरण गरेको हो । कार्यक्रममा मन्त्री थापाले प्रदेश सरकारले बनाउन लागेको अपाङ्गता सम्बन्धी ऐनलाई प्रभावकारी बनाउन मस्यौदा सहायकसिद्ध हुुने बताए । “अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन निर्माणमा स्वालम्बन जीवनपद्धति केन्द्र पोखरा र राष्ट्रिय अपाङ्गता महासंघ गण्डकी प्रदेशले तयार पारेको मस्यौदाले प्रदेश सरकारलाई सहयोग मिल्नेमा… पुरा पढौ

श्रीकृष्ण कथा प्रवचनको पूर्व सन्ध्यामा कलशयात्रा

पोखरा । एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनको पूर्व सन्ध्यामा पोखरामा कलश यात्रा निकालिएको छ । श्रीक कृष्ण प्रणामी सेवा समिति पोखरा ८ रत्नचोकको आयोजनामा आगामी श्रावण १० श्रावण कृष्ण पञ्चमी देखि भदौ १० गते भाद्र कृष्ण अष्टमी सम्म श्रीकृष्ण प्रणामी मन्दिर रत्नचोकमा आयोजना गर्न लागेको श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनको पूर्व सन्ध्यामा बुधवार पोखरामा कलश यात्रा सम्पन्न भएको हो । श्रीकृष्ण प्रणामी मन्दिर पोखरा ८ रत्नचोकबाट शुरु भएको कलश यात्रा रत्नचोक, सिर्जनाचोक, सभागृह चोक, पृथ्वीचोक, नागढुंगा,… पुरा पढौ

खेलाडीलाई खेलकुदमा बजेट घटेपनि उत्कृष्ट नतिजा निकाल्न मन्त्री थापाको आग्रह

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले खेलकुदमा बजेट घटेपनि उत्कृष्ट नतिजा निकाल्न आग्रह गरेका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको बुधबार बसेको बैठकमा मन्त्री थापाले उक्त कुरा व्यक्त गरेका हुन् । परिषदका अध्यक्ष समेत रहेका मन्त्री थापाले प्रदेशलाई गौरवको प्रदेशको रुपमा स्थापित गर्न खेलकुद महत्वपूर्ण रहेको जनाउँदै भने–“सबै क्षेत्रमा बजेट घटेको छ । हामी बजेट घट्यो भनेर चिन्ता गर्नु भन्दा सिमित स्रोत साधनको उच्चतम उपयोग गर्दै त्यसबाट अधिकतम फाइदा लिनु शसक्त रुपमा अघि… पुरा पढौ

ट्रकको डिजेल चोरी गर्ने २ जना पक्राउ

पोखरा । पोखराको प्रस्याङबाट डिजेल चोरीको आरोपमा सोमबार २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका २ फिर्केपुल बस्ने १९ वर्षिय रोहित नेपाली र बाग्लुङ बसपार्क बस्ने वर्ष ४८ जिवन श्रेष्ठ रहेको कास्की प्रहरीले जनाएको छ । रोहित नेपालीले पोखरा महानगरपालिका वडा नं.०५ प्रस्याङमा पार्किङ गरी राखेको बा ०१००६ ख ३८४० नम्बरको ट्रकको ६० लिटर डिजेल चोरी गरी पोखरा-दमौली चल्ने ग १ ख ७१०२ नम्बरको बस धनी जिवन श्रेष्ठलाई चार हजारमा बेचेका थिए । डिजेल चोरी भयो… पुरा पढौ

प्रहरी हुँ भन्दै धम्की दिई रकम माग गर्ने क्षेत्री पक्राउ

पोखरा । प्रहरी हुँ भन्दै विभिन्न व्याक्तिहरुलाई WhatsApp तथा Telegram बाट सम्पर्क गरी रकम माग्ने सुजित क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न व्यक्तिहरुलाई “म जिल्ला प्रहरी कार्यालय कास्कीको सूचना अधिकारी हुँ भन्दै रकम असुली गर्ने गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले आईतबार क्षेत्रीलाई पक्राउ गरेको हो । क्षेत्रीले आफु प्रहरी भएको बताउदै केही काम छ भने भन्नुहोस गरिदिन्छु”भन्ने र सर्वसाधरण संग रकम माग गर्ने गरेको प्रहरीले जनाएको छ । पोखरा महानगरपालिका वडा नं. १६ बाटुलेचौर… पुरा पढौ

पहिलो GLC अन्तर्राष्ट्रिय चेस डे र्यापिड रेटिङ चेस सम्पन्न

काठमाण्डौ । पहिलो GLC अन्तर्राष्ट्रिय चेस डे र्यापिड रेटिङ चेस च्याम्पियनशिप काठमाण्डौको बासुन्धारा स्थित GLC एजुकेशनल हबमा सम्पन्न भएको छ। यस प्रतियोगितामा १३० प्रतियोगीहरुले ७ चरणसम्मको कठिन प्रतिस्पर्धामा सहभागिता जनाएका थिए। ३२ वटा पदकहरू वितरण गरिएको यस प्रतियोगितामा शीर्ष तीन खेलाडीहरूलाई ट्रफी र नगद पुरस्कार प्रदान गरियो। प्रतियोगितामा २० जना फिडे रेटिङ प्राप्त खेलाडीहरूको उपस्थिति रहेको थियो। माउन्ट एभरेस्ट चेस क्लबका श्रेष्ठ राम भक्ताले ७ मध्ये ६.५ अंक हासिल गर्दै समग्र विजेता बने। उनले ६.५ अंक प्राप्त गर्ने सुजन काफ्लेसँग… पुरा पढौ

पोमनपा २५ ले नयाँ प्रशासनिक भवनबाट सेवा सुरु गर्यो 

पोखरा । पोखरा महानगरपालिका २५ को नयाँ भवनबाट सेवा दिन सुरु भएको छ ।   पहिला सेवा दिदै आएको कार्यालय भवन साघुरो भएकोले सेवा दिन कठिनाई भएको थियो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सेवा ग्राहीको सेवाको लागि भवन आवस्यक रहेको बताउदै भवन मात्र नभइ सेवा पनि चुस्त दुरुस्त हुनु पर्ने बताए । कार्यक्रममा पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेबी , पोखरा महानगरपालिका २ का वडा अध्यक्ष दिवस मान प्रधानांग, साबिक हेमजा गाबिसका अध्यक्ष रामचन्द्र त्रिपाठी  र गौरि शंकर मा.बिका अध्यक्ष भोजराज पौडेल… पुरा पढौ

हाईलक्स र मोटरसाईकल ठोकिदाँ घाईते भएका मोटरसाईकल चालकको मृत्यु

पोखरा । आज (आईतबार) बिहान पोखराको हल्लनचोकमा हाईलक्स र मोटरसाईकल एक आपसमा ठोकिदाँ मोटरसाईकल चालकको मृत्यु भएको छ । आज बिहान ५:४० बजे ग ३ च ३४५७ नं. हाईलक्स र ग ११ प ९१ नं. को मोटरसाईकल एक आपसमा ठक्कर खादाँ पोखरा ६ का २६ वर्षिय ईश्वर परियार घाईते भएका थिए । घाईते परियारलाई उपचारका लगि पोखराको गण्डकी मेडिकल कलेज पुर्याएको थियो । उपचारको क्रममा आईतबार बिहान ६:४३ बजे उनलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ… पुरा पढौ

आलोचना गर्नेलाई कामबाट जवाफ दिनुपर्छ : स्थायी कमिटी सदस्य अधिकारी

पोखरा ।नेकपा (एमाले) स्थायी कमिटी सदस्य खगराज अधिकारीले काम नगरी कुरा लगाएर मात्रै खानेका दिन गएको बताउनुभएको छ ।  शनिबार ४६ औं पुष्पलाल स्मृति दिवसको अवसर पारेर राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी कास्कीले आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै उहाँले राष्ट्रिय एकतासँगै पार्टी भित्रको एकताको विषयमा जोड दिनुभयो ।  ‘हामी गुटबन्दीको विरोध गर्छौं, अराजकताको विरोध गर्छौं, एकताको पक्षमा छौं, राष्ट्रिय एकता, पार्टी भित्रको एकता, संगठनभित्रको एकताको पक्षमा छौं, जस्ले काम गर्दैनन् कुरा लगाएर खान चाहन्छन् तिनीहरूका दिन गए’ उहाँले भन्नुभयो… पुरा पढौ