कास्की

लागू औषध सहित एक जना पक्राउ

पोखरा । पोखरामा प्रतिबन्धित लागूपदार्थ सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।  पोखरा महानगरपालिका–१३, मियापाटनबाट लागु औषध ओसारपोसार भईरहेको छ भन्ने सुचनाका आधारमा चेकजाँच गर्दा ३७ वर्षिया अक्रम मियाँ पक्राउ परेको कास्की जिल्ला प्रहरीले जनाएको हो। प्रहरीले चेकजाँच गर्दा मियाँको साथबाट Nitrazepam Tablets Ip 10mg NITRAVET लेखिएको लागूऔषध १५० चक्की, विभिन्न कम्पनिका मोवाईल ४ थान, नगद ३६ हजार र विभिन्न बैंकका चेक सहित फेला परेको प्रहरीले बताएको छ । मियाले चलाउँदै आएको ग २४ प ५७७९ नम्बरको स्कुटर रोकी चेकजाँच गर्दा निजको… पुरा पढौ

पोखरा फ्री बस जोन

पोखरा । पोखरा आज फ्री बस जोन हुने भएको छ । बसमा सवार गर्दा भाडा तिरिरहनु पर्ने झन्झट कम्तिमा पनि आजको लागि टरेको छ । नेपाली हिन्दुहरुको महान चाँड बडादशैंको टिकाको दिन आज पोखरामा निःशुल्क बस सेवा सञ्चालन गरिएको छ । पोखरा महानगरपालिका, स्थानिय प्रशासन र यातायात व्यवसायीहरुको सहकार्यमा पोखरामा दशैंको टिकाको दिन आज पोखरा महानगरभित्र निःशुल्क बस सेवा सञ्चालन गरिएको हो । दशैंको टीका लगाउन आवतजावत गर्ने यात्रुको यात्रा सहज बनाउने उद्देश्यले निःशुल्क बस सेवा सञ्चालन गर्ने निर्णय गरिएको… पुरा पढौ

दुर्गा मन्दिरमा क्षेत्री समाजको कलश यात्रा

पोखरा । क्षेत्री समाज नेपाल पोखरा– १६, ले धार्मिक विधी पुर्वक वडाभित्र रहेका शक्तिपिठमा कलश यात्रा सहित महाआरती गरेको छ । वाटुलेचौरमा रहेका चण्डीका, कालिका र अम्विका मन्दिरमा विहीवार फुलपातीको दिन विहान कलश यात्रा सहित शुभकामना आदान प्रदान, चियापान र साझँ महाआरती गरिएको समाजका निवर्तमान अध्यक्ष सन्दीप थापाले जानकारी दिनुभयो । विभिन्न जातजाति र समुदायको समवन्यमा चण्डीका मन्दिरवाट शुरु भएको कलश यात्रा गणेश मन्दिर, अम्विका मन्दिर,राजँपधेरा हँुदैं कालिका मन्दिरमा पुगेर शुभकामना तथा चियापान कार्यक्रममा परिणत भएको थियो । थापाका अनुसार… पुरा पढौ

प्रशिक्षार्थीलाई बक्सिङ सामाग्री वितरण

पोखरा । पोखरा महानगर बक्सिङ संघले बक्सिङ प्रशिक्षार्थीहरुलाई बक्सिङ सामाग्री वितरण गरेको छ । पोखरा महानगरपालिका ३ को वडा कार्यालयमा संघले सोमबार एक कार्यक्रमको आयोजना गरि स्कुलमा अध्यनरत प्रशिक्षणमा भाग लिएका स- साना नानी बाबुहरुलाई खेल सामाग्री वितरण गरेको हो । संघले सञ्चालन गरेको आधारभुत बक्सिङ प्रशिक्षणमा सहभागि पोखराका विभिन्न विद्यालयका ५२ जना प्रशिक्षार्थीहरुलाई ४५ हजार बराबरको खेल सामाग्री वितरण गरेको थियो । उक्त खेल सामाग्री पोखराको नयाँ बजारस्थित भि.ए.डब्लयू. का प्रवन्ध निर्देशक सरोज श्रेष्ठले प्रायोजन गरेको संघका सचिव बुद्ध… पुरा पढौ

चापापानी सिद्धार्थ सहकारीको साधारणसभा सम्पन्न

पोखरा । चापापानी सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा १२ पुरानोधाराको पन्धौ साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा वोल्दै प्रमुख अतिथि भूमी, कृषि तथा सहकारी मन्त्रालय सहकारी रजिष्टारको कार्यालय गण्डकी प्रदेशका सूचना अधिकारी चोलाकान्त वाग्लेले सहकारीलाई राम्रो र हाम्रो बनाउने हो भने वित्तीय सूचांक मासिकरुपमा नियाल्न सेयर सदस्यलाई आग्रह गरेका छ्न । अहिले बजारमा नाफाको पछि हिडेका सहकारीहरू जोखिममा रहेका बताउदै उनले चापापानी सहकारीको वितिय अवस्था हेर्दा निकै मजबुत रहेको बताए । कार्यक्रममा पोखरा महानगरपालिका २८ का वडा… पुरा पढौ

सेतीमदीको १४ औ वार्षिक साधारण सभा

पोखरा । पोखरा महानगरपालिका २ मिरुवा स्थित सेतीमदी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफनो १४ औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । पोखरा महानगरपालिका २३ र २८ वाहेक ३१ बटा वडाहरु, माछापुच्छ्रे गाउँपालीका वडा नंम्बर ६ र ७, अन्नपूर्ण गाउँपालीका वडा नंम्बर १,२,३ कार्यक्षेत्र रहेको सहकारीको कुल शेयर पूँजी चार करोड १२ लाख ५५ हजार एक सय रहेको कोषाध्यक्ष दुर्गा प्रसाद अधिकारीले जानकारी दिए । कास्की बचत तथा ऋण सहकारी संघ लि. का कार्यवाहक अध्यक्ष ईश्वर प्रसाद सुवेदीको… पुरा पढौ

बेलबुट्टे आदर्श बाल क्लबको शुभकामना आदानप्रदान

पोखरा । पोखरा महानगरपालिका ३२ तल्लोगगनगौंडामा कृयाशिल बेलबुट्टे आदर्श बाल क्लबले विजयादशी, दिपावली, छठ लगायतका पर्वका अवसरमा आज शुुभकामना कार्यक्रम सम्पन्न गरेको छ । विभिन्न सामाजिक काममा सकृय बनिरहेको क्लबले प्रत्येक वर्ष विजयादशमी, दिपावली, छठ लगायत पर्वका अवसरमा शुुभकामना आदानप्रदान गर्दै आएकोमा यस वर्ष पनि उक्त कार्यलाई निरन्तरता दिएको क्लबका अध्यक्ष सुजाता पौडेलले जानकारी दिईन । कार्यक्रमका प्रमुख अतिथि ज्येष्ठ नागरिक रामप्रसाद तिवारीले सबै चाडपर्वका अवसरमा शुुभकामना व्यक्त गरे । सामाजिक व्यक्तित्व गुरुप्रसाद पौडेलले क्लबले आँफूलाई सिर्जनात्मक गतिविधिमा अघि बढाउनुुपर्नेमा… पुरा पढौ

अनमोल सहकारीको १३ औं वार्षिक साधारणसभा सम्पन्न

पोखरा । छोरेपाटनमा रहेको अनमोल वचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि कास्की बचत तथा ऋण सहकारी सङ्घका निर्वतमान अध्यक्ष तथा सामाजिक व्यक्तित्व भेषराज बरालले उद्घाटन गर्दै सहकारीले आफ्नो उद्धेश्य अनुरुप संचालन हुनुपर्ने वताउँदै शेयर सदस्यहरु नै सहकारीका प्रथम अभिभावक भएकाले आफ्नो जिम्मेवारी निभाउनु पर्ने बताए । विशेष अतिथि कोप्सका अध्यक्ष डिल्लीराम वरालले स्थानिय सहकारीहरु बिच सहकार्य गर्दै अगाडि बढ्नुपर्ने वताए । सहकारीका सात सिद्घान्त वाचन शिक्षा उपसमिति संयोजक… पुरा पढौ

माछापुच्छ्रे टी–२० क्रिकेट लिगमा आर.के.भिक्टोरियन र स्लामिक कंक्रर्स विजयी

पोखरा । माछापुच्छ्रे क्रिकेट क्लवको आयोजनामा लेखनाथमा जारी माछापुच्छ्रे टी–२० क्रिकेट लिग अन्तर्गत शुक्रबारको खेलमा आर.के.भिक्टोरिय र स्लामिक कंक्रर्स विजयी भएका छन् । पहिलो खेलमा आर.के.भिक्टोरियनले लेखनाथ बुमर्समाथि ६ रनको रोमाञ्चक जित हाँसिल गरेको हो । टस जितेको लेखनाथले बलिङ रोजेपछि ब्याटिङमा उत्रिएको भिक्टोरियनले १४.४ ओभरमा सम्पूर्ण विकेट गुमाएर ८८ रनको योगफल तयार पारेको थियो । आर.के. भिक्टोरियनका ब्याटरहरु सुदिप पौडेलले २४ बलमा ३ चौका प्रहार गर्दै २३ रन जोडे । विश्वास पराजुलीले १८ तथा कप्तान कविन सापकोटाले ११ रन… पुरा पढौ

जलस्रोतको सदुपयोगमा जुटौँ : कृषि मन्त्री श्रेष्ठ

नवलपुर । गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले मुलुकको समृद्धिमा जलस्रोतको महत्वपूर्ण भूमिका रहेको बताएकी छिन् । नवलपुरको कावासोती स्थित कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २४औँ वार्षिक साधारण सभामा बोल्दै उनले उपलब्ध जलस्रोतलाई पुर्ण रुपमा उपयोग गर्न सके देश विकासमा टेवा पुग्ने बताएकी हुन् । शुक्रबार संस्थामा आयोजित कार्यक्रममा उनले भनिन्‘, नेपाल जलस्रोतको धनी देश, यसको उपयोगिता बृहत छ । यसलाई पूर्ण रुपमा उपयोग गर्न सके सुखी नेपाली समृद्ध देश निर्माणकोे साझा संकल्पलाई थप… पुरा पढौ