दुर्गा मन्दिरमा क्षेत्री समाजको कलश यात्रा

santan ads

पोखरा । क्षेत्री समाज नेपाल पोखरा– १६, ले धार्मिक विधी पुर्वक वडाभित्र रहेका शक्तिपिठमा कलश यात्रा सहित महाआरती गरेको छ ।

वाटुलेचौरमा रहेका चण्डीका, कालिका र अम्विका मन्दिरमा विहीवार फुलपातीको दिन विहान कलश यात्रा सहित शुभकामना आदान प्रदान, चियापान र साझँ महाआरती गरिएको समाजका निवर्तमान अध्यक्ष सन्दीप थापाले जानकारी दिनुभयो ।

विभिन्न जातजाति र समुदायको समवन्यमा चण्डीका मन्दिरवाट शुरु भएको कलश यात्रा गणेश मन्दिर, अम्विका मन्दिर,राजँपधेरा हँुदैं कालिका मन्दिरमा पुगेर शुभकामना तथा चियापान कार्यक्रममा परिणत भएको थियो । थापाका अनुसार कलश यात्रामा तमु, मगर, तामाङ, गन्धर्व सहित विभिन्न आठ वटा जातिय समुदाय र २० वटा संघ, संस्था व्यानर सहित आआफ्नो जातिय भेषभुषामा सहभागीता जनाएका थिए ।

कलश यात्रामा अर्मलाकोटले नौमति वाजा तथा शुक्ला भजन समुह, विश्व हिन्दु महासंघ, परोपकार महासंघले झाँकी सहित भजन चुड्का प्रस्तुत गरे । कलश यात्रा पछि आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा वडा सदस्य मञ्जु नेपाली, क्षत्री समाजका सल्लाहकार वेनीवहादुर वस्नेत, केन्द्रिय महिला समितिका कोषाध्यक्ष सिर्जना थापा, हिमालय क्लवका अध्यक्ष मोहन थापा, कालिका मन्दिर तथा कोत मामलियत व्यवस्थापन समितिका अध्यक्ष दुर्गा केसी थापा,शुक्ला साहित्य प्रतिष्ठानका सदस्य रामप्रसाद पौडेल घर्मेली,राष्टिय परोपकार महासंघका वडा अध्यक्ष होमनाथ पौडेल,आत्मज्ञान प्रचार संघका दिपेन्द्र गौतम,हिमालय योग साधना केन्द्रका विना केसी लगायतले यस्ता कार्यक्रमले जातिय एकता र धार्मिक सदभाव बढाउने वताउँदै, सत्विचारले नै समाज असल वन्ने धारण राखे । कार्यक्रममा सहभागीले एक आपसमा शुभकामना आदान प्रदान समेत गरेका थिए ।

समाजले साँझ वैदिक विधी पुर्वक मन्दिर व्यवस्थापन समितिको समवन्यमा चण्डीका मन्दिरमा महाआरती गरेको छ । अष्टमीका दिन शुक्रवार साँझ कालिका मन्दिरमा महआरती गरिने र विभिन्न समुदाय, आमा समुह तथा टोल विकास संस्थाले सहयोग गर्ने सचिव गोविन्द वहादुर थापाले वताउनु भयो ।यसअघि वाटुलेचौरमै रहेको हिमालय क्लवले घटस्थापनाको दिन देखि नै कालिका मन्दिरमा विभिन्न संघ संस्थासँगको समन्वयमा विहान दुर्गा पुजा र साँझ आरती गरिरहेको छ ।

समाजका सचिव गोविन्द वहादुर थापाले संचालन गर्नुभएको कार्यक्रम कार्यवाहक अध्यक्ष रामशरण वानियाँको अध्यक्षतामा भएको थियो ।

Scroll to Top