कास्की

पश्चिमाञ्चल सामुदायिक अस्पतालले सेवा विस्तार गर्दै

पोखरा । पोखराको पृथ्वीकोमा रहेको पश्चिमाञ्चल सामुदायिक अस्पतालले बिरामीको बढ्दो चापलाई मध्यनजर राखी सेवामा स्तरोन्नति गरेको छ । अस्पतालले बिरामीको आवश्यकतालाई ध्यानमा राखी एउटै छाना मुनि सबै स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले अहिले भई रहेको सेवामा आखाँ र दाँतको सेवा थप गरेको अस्पतालका निर्देशक मिलन श्रेष्ठले बताए । 'हामीले अस्पतालमा सुपरस्पेसिलिष्ट सेवा समेत प्रदान गर्नुको साथै उच्च स्तरिय स्वास्थ्य सामाग्रीहरु द्दारा सेवा दिई रहेका छौ ।' श्रेष्ठले भने । ५० बेडको क्षमता रहेको उक्त अस्पतालमा अहिले ओपिडि, आईसियु भेन्टिलेटर, ओटि,… पुरा पढौ

‘८ टु ९’ एसडी –१२ लक्ष्मण एण्ड अर्जुन फुटसल प्रतियोगिताको च्याम्पिन

पोखरा । ८ टु ९ एसडी लक्ष्मण एण्ड अर्जुन भेट्रान्स फुटसल प्रतियोगिताको च्याम्पिन बनेको छ । ८ टु ९ ले कालिज भेट्रान्सलाई आज (बुधबार) खेल कुञ्ज एरिनामा भएको फाईनल खेलमा २–१ ले पराजित गर्दे च्याम्पियन बनेको हो । ८ टु ९ को जितमा नरेश केसीले २ गोल गरे । कालिजको तर्फबाट सुबिन श्रेष्ठले १ गोल गरे पनि जितको लागि प्रयाप्त भएन । फाईनल खेलमा म्यान अफ दि म्याच ८ टु ९ का नरेश केसी भए । प्रतियोगिता भर उत्कृष्ट खेल… पुरा पढौ

गण्डकीका स्वास्थ्यमन्त्री पाठकले सार्वजनिक गरे कार्ययोजना

पोखरा । गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले स्वास्थ्य क्षेत्रको समस्यालाई भुईं तहबाट नै समाधान गर्ने उद्देश्यसहित त्रयकालीन योजना सार्वजनिक गरेका छन् । आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना सार्वजनिक गरेका हुन् । छ पृष्ठमा समेटिएको तीन कालीन योनजामा नीतिगत तथा कानुन सुधार, सुशासन, आपूर्ति, मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरण, संस्थागत क्षमता विकास, सेवा प्रवाह र गुणस्तरको सुनिश्चितता, आपतकालीन तयारी तथा प्रतिकार्य, सर्ने तथा नसर्ने रोगहरुको व्यवस्थापन, भौतिक पूर्वाधार निर्माण, जनशक्ति व्यवस्थापन लगायतका योजनालाई… पुरा पढौ

पोखरा १२ को बजार अनुगमन सुरु

पोखरा । पोखरा महानगरपालिका १२ नं. वडा कार्यालयको नेतृत्वमा मंगलबारदेखि विशेष बजार अनुगमन सुरु भएको छ । पोखरा १२ का वडा अध्यक्षको नेतृत्वमा पोखरा १२ का विभिन्न उपभोक्तासँग प्रत्यक्ष जोडिने व्यवसायिक स्थलहरुमा अनुगमन गरिएको छ । बजारमा अस्वभाविक रुपमा भइरहेको मूल्यवृद्धि र अखाद्य मिसावटविरुद्ध वडाले विशेष अनुगमन सुरु गरेको हो । यस अन्तर्गत विशेषगरी दैनिक उपभोग्य वस्तुका ठूला विक्रेतादेखि खुद्रा विक्रेताहरुकोमा वडा अध्यक्षको अनुगमन टोली पुग्नेछ । मुख्य रुपमा बजारमा भइरहेको कालोबजारी, अखाद्य वस्तुको विक्री वितरण, अस्वभाविक मूल्यवृद्धि, मिसावट, मिति… पुरा पढौ

दशौं राष्ट्रिय खेलकुद र राष्ट्रपति रनिङ्ग शिल्ड सञ्चालनका लागि परिषदको ध्यानाकषर्ण

पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता र राष्ट्रपति रनिङ्ग शिल्ड सञ्चालनका लागि संघिय सरकारको यूवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद (राखेप)मा ध्यानाकषर्ण गराएको छ । परिषदको सोमबार बसेको कार्यकारी समितिसहितको बैठकले ध्यानाकषर्ण गराउने निर्णय गरेको हो ।  सो बारे जानकारी गराउँदै परिषदका सदस्य सचिब श्रीधर शर्माले कर्णाली प्रदेशमा मंसिर २ गते सुरु हुने भनिएको दशौं राष्ट्रिय खेलकुदमा देखिएको अन्यौलताले समग्र खेलकुद क्षेत्र प्रभावित भएकोले ध्यानाकषर्ण गराउने निर्णय भएको बताए । उनले भने–“अहिले समग्र खेलकुद… पुरा पढौ

मुलुक विकासको बाधक भ्रष्टाचारः प्रदेश प्रमुख

पोखरा । गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोग पोखराले आर्थिक वर्ष ०८०/८१ को ३४ औं वार्षिक प्रतिवेदन पेस गरेको छ । संविधानको धारा २९४ को उपधारा (३) को व्यवस्था बमोजिम आयोगका पोखरा कार्यालय प्रमुख अस्मान तामाङले सोमबार ६ परिच्छेद र ५२४ पृष्ठ रहेको प्रतिवेदन प्रदेश प्रमुखसमक्ष गरेको हो ।   प्रदेश प्रमुख भट्टले आर्थिक अनियमितता, भ्रष्टाचार नियन्त्रणको काम चुनौतीपूर्ण रहेको बताउनुहुँदै मुलुकमा सुशासन स्थापना गर्न, लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाउन र प्रणाली बसाउन अख्तियार क्रियाशील रहेकोमा खुशी… पुरा पढौ

रामभक्तको ‘सिसा रहेछ’ विमोचन

पोखरा । रामभक्त जेजिजुले सिसा रहेछ गीतको म्युजिक भिडियो विमोचन गरेको छ । पोखरामा बसेर गीत संगीतमा योगदान दिई रहेको रामभक्त जोजिजुले थुप्रै लोकप्रिय गीतहरु स्रोता माझ पस्किसकेका छन । उनै रामभक्तको स्वरमा रहेको सिसा रहेछ बोलको म्युजिक भिडियो शनिबार पोखरा थिएटरमा विमोचन गरेको हो । विमोचन कार्यक्रमका प्रमुख अतिथि साहित्यकार सरुभक्त श्रेष्ठले रामभक्त जोजिजू गायन क्षेत्रमा नेपालको नक्षत्र भएको र रामभक्तको २५ वर्ष देखिको निरन्तर मेहेनेत र परिश्रमको परिणाम भएको बताए । कार्यक्रममा कमल कोइराला,फिल्म निर्देशक घनश्याम लामिछाने लगायतले… पुरा पढौ

नेपाल भूपू खेलाडी मञ्चको अध्यक्षमा : गुरुङ

पोखरा । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको अध्यक्षमा दिल बहादुर गुरुङ र महासचिबमा केशव पाठक सर्वसम्मत निर्वाचित भएका छन् ।  मञ्चको शनिबार पोखरामा सम्पन्न १३ औं वार्षिक साधारण सभा तथा आठौं अधिवेशनले उनीहरुसहित आगामी तीन वर्षका लागि २५ सदस्यिय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । मञ्चको प्रथम उपाध्यक्षमा खेम बहादुर गुरुङ, द्वितिय उपाध्यक्षमा कृष्ण तिमिल्सना, महासचिवमा केशव पाठक, सचिबमा महेश पौडेल, कोषाध्यक्षमा हरि बहादुर बरुवाल र सह–कोषाध्यक्षमा रमेश कुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित भए ।  त्यसै गरी… पुरा पढौ

पोखरा पर्वतीय दौडको उपाधि एपिएफका भट्टलाई

पोखरा । पोखरामा आयोजित पर्वतीय दौड प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबका निरोज भट्ट क्षत्रीले जितेका छन् । पोखरा २२ (पुम्दीभुम्दी) को खेल पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले आयोजना भएको उक्त प्रतियोगितामा क्षत्रीले निर्धारित ८ किलोमिटरको दुरी ३८ मिनेट २३ सेकेण्डमा पार गर्दै उपाधि जितेका हुन् । पोखरा क्लिक प्रालिले आयोजना गरेको प्रतियोगितामा सल्यानको कुमाख गाउँपालिकाका रुद्र बुढाथोकी निर्धारित दुरी ४१ मिनेट २२ सेकेण्डमा पूरा गरी दोस्रो भए । पोखरा–१७ का प्रकाश थिँक ४२ मिनेट ४२ सेकेण्डम पूरा गरी तेस्रो… पुरा पढौ

पोखरामा प्रदेश स्तरीय योग ध्यान स्वजागरण कार्यक्रम 

पोखरा । पोखरामा प्रदेश स्तरीय एक दिने योग ध्यान कार्यक्रम गरिएको छ ।  गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको आयोजना तथा जीवन विज्ञान प्रतिष्ठानको सहकार्यमा पोखरा इभेन्ट सेन्टरमा शनिबार एक दिने योग ध्यान कार्यक्रम ‘गण्डकी स्वजागरण’ गरिएको हो ।  कार्यक्रममा गुरु एलपी भानु शर्माले जुममार्फत जीवन विज्ञानका बारेमा जानकारी गराएका थिए । जीवन विज्ञान ७० भन्दा बढी देशमा फैलिएको शर्माले बताए । सुसंस्कृत र सभ्य गण्डकी प्रदेश बनाउन सबैभन्दा पहिले आफु भित्रको मलाई चिन्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो… पुरा पढौ