साफ महिला फुटबल :नेपालले पहिलो हाफमै ४ गोल

fishtail hospital

साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले माल्दिभ्सलाई नेपालले पहिलो हाफमै ४ गोल गरेको छ ।।
दशरथ रङ्गशालामा जारी खेलमा नेपालले माल्दिभ्सलाई दबाबमा राख्दै खेलको पहिलो हाफमै ४ गोल गरेको हो।

नेपालले सुरुवातबाटै दबाबमा राखेको खेलमा छैटौं मिनेटमा प्रीति राईको गोल गर्दे अग्रता बनाएको थियो।

दोस्रो गोल नेपालले २९ औँ मिनेटमा गर्न सफल भयो। सविता राना मगरले डिबक्सबाहिरबाट दोस्रो बार च्यापेर गरेको प्रहार गोलमा परिणत भएको थियो । नेपालका लागि रेखा पौडेलले तेस्रो गोल गरिन्।

रेखाले नै टिमका लागि ४२ औँ मिनेटमा चौंथो तथा व्यक्तिगत दोस्रो गोल गरिन्। त्यसपछि पनि नेपाले लगातार माल्दिभ्सको पोस्टमा आक्रमण गरेको थियो। भुटान संगको खेलमा फिनिसिङमा चुकेको नेपालले आज भने पाएको अवसरलाई गोल गर्न सफल भएको छ ।

Scroll to Top