Skip to content

पोखरामा लागू औषध सहित चार जना पक्राउ

पोखरा । लागू औषधको कारोबार भई रहेको भन्ने सूचनाको आधारमा सर्च गर्दा पोखरा महानगरपालिका वडा नं.२ बाग्लुङ बसपार्क बाट चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं.२ बाग्लुङ बसपार्क बस्ने वर्ष २० को कृष्ण श्रेष्ठ, म्याग्दी स्थायी घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ३ नदिपुरबस्ने वर्ष २५ को प्रदिप पुन, पोखरा म.न.पा. वडा नं. ४ फिर्केपुल बस्ने वर्ष १९ को रोहित नेपाली र गणेश टोल बस्ने वर्ष १९ को सुमित परियार रहेका छ्न । उनीहरुलाई प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।  

उनीहरुको साथबाट Tramadol Hydrochloride Capsules I.P. Tramol-50 लेखिएको लागू औषध १६० चक्की र मोवाईल थान ४ समेत बरामद भएको कास्की प्रहरीले जनाएको छ ।

पक्राउ पर्ने चारै जनालाई लागू औषध सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाएको प्रहरीले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *