Skip to content

वान डे क्रिकेट उपाधिको लागि पोखरा र राईजिङ भिड्ने

पोखरा । पोखरामा जारी वान डे क्रिकेट प्रतियोगिताको भोलि (सोमबार) पोखरा क्रिकेट क्लब र राईजिङ क्रिकेट क्लब बिच उपाधिको लागि भिड्न्त हुने भएको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा पोखरा क्रिकेट क्लबले अरण्यज्योतीलाई ७० रनले हराउँदै फाईनलमा प्रवेश गरेको हो ।

१५१ रनको विजयी लक्ष्य पाएको अरण्यज्योती ३०.२ ओभरमा ८० रनमा अलआउट हुँदा पोखराले फाइनलको यात्रा तय गरेको हो ।

अरण्यज्योतीका लागि सुलभ सुवेदीले १७ र प्रदिप पौडेलले १३ रनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
ओपनर कल्याण कुमाल ४, अंकित गजुरेल १, प्रविन पौडेल ५, प्रिजन श्रेष्ठ ५, प्रशान्त अधिकारी ४, सोमबहादुर थापा २ रनमा आउट भए भने मुकेश गुप्ता र अब्दुल खलिक मिया शुन्यमा आउट भए ।
सन्देश निउरे ८ रनमा नटआउट रहे ।

पोखराका लागि सुवाष भण्डारीले ९.२ ओभरमा ३ मेडनसहित ११ रन खर्चेर ३ विकेट लिए । देव शाहले ६ ओभरमा १ मेडनसहित २२ रन खर्चेर ३ विकेट लिए भने विजय राउत, अमन सुवेदी र सागर भुजेलले समान १÷१ विकेट लिए ।

त्यसअघि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस हारेर व्याटिङको निम्तो पाएको पोखराले २६.५ ओभरमा १५० रन बनाउदै अलआउट हुन पुग्यो । पोखराका ओपनर मुस्कान थापाले ४४ रनको उत्कृष्ट पारी खेल्दै आउट भए ।
उनले ११ बलमा ३ चौका र ५ छक्काको मद्धतमा ४४ रन बनाएका थिए ।

अर्जुन बुढाथोकीले ३९ बलमा ४ चौका प्रहार गर्दै २७ रन बनाए । यस्तै मनिश भण्डारी ५, अनिश खड्का १३, सुवाष भण्डारी १४, देव शाह ६, अमन सुवेदी ९, विजय राउत १०, सागर भुजेल ४ र रोशन पौडेल शुन्यमा आउट भए । समुन्द्र भुजेल १ रनमा नटआउट रहे ।

अरण्यज्योतीका लागि प्रविन पौडेलले ७ ओभरमा २७ रन खर्चदै ३ विकेट लिए । अब्दुल खलिक मियाले ६.५ ओभरमा ३० रन खर्चदै ३ विकेट लिए । प्रदिप पौडेलले २ तथा सोमबहादुर थापा र कल्याण कुमालले १/१ विकेट लिए । संघमा आबद्ध कास्कीका ९ क्लबहरु बिच प्रतिस्पर्धा रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *