प्रमुख समाचार

माओवादी अध्यक्ष प्रचण्डद्वारा संविधान दिवसकाे अवसरमा शुभकामना

काठमाण्डाै । नेकपा माअाेवादी केन्द्रका अध्यक्ष पुष्पक–मल दाहाल (प्रचण्ड)ले संविधान दिवसकाे अवसरमा शुभकामना व्यक्त गरेका छन् ।शुभकामना सन्देश जस्ताकाे तस्तै :- २०७९ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु । सर्वप्रथम यो संविधानका लागि जीवन उत्सर्ग गर्ने महान् सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्गता भएका योद्धाहरुप्रति उच्च सम्मान प्रकट गर्दछु । लामो संघर्ष र नेपाली जनताको त्याग र बलिदानको प्रतिफलका रुपमा वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक… पुरा पढौ

माओवादीले ल्याएकाे प्रणालीमा अरूले रजाईँ गर्दा समस्या भयाे : मन्त्री पाैडेल

पाेखरा, २५ भदौ शिक्षा तथा विज्ञान प्रविधि मन्त्री देबेन्द्र पाैडेलले माओवादीले ल्याएकाे प्रणालीमा अरूले रजाईँ गरेकाले समस्या भएको बताएका छन् ।प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिकाे बैठकमा सम्वाेधन गर्दै नेकपा माओवादी केन्द्रका सचिवसमेत रहेका मन्त्री पाैडेलले माओवादीले ल्याएकाे एजेन्डालाई संस्थागत गर्नकाे लागि माओवादी निकट पत्रकारले अाक्रामक ढंगले प्रचार माेर्चामा लाग्न निर्देशन समेत दिए ।उनले माओवादी कमजाेर बन्दा परिवर्तनका एजेन्डाहरू उल्टिन सक्ने खतरा रहेकाले माओवादी उमेदवारले अागामी चुनावमा जित्न पर्ने बताए ।उनले प्रेस सेन्टरका पत्रकारहरूले व्यवसायीक दक्षतामा समेत वृद्धि गर्नुपर्ने बताउँदै… पुरा पढौ

१७ विधामा फोटो पत्रकारिता अवार्ड दिँदै एनएफपिजे

काठमाडौँ, ३ भदौराष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे)ले स्थापनाको २५ वर्षको अवसरमा आगामी असोज ६ गते १७ विधामा फोटो पत्रकारिता अवार्ड वितरण गर्ने भएको छ । एक सय ८३औँ अन्तर्राष्ट्रिय फोटोग्राफी दिवसका अवसरमा उक्त समूहले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उक्त समूहले विविध कार्यक्रम आयोजना गर्ने भएको हो । असोज ६ गते काठमाडौँमा आयोजना गरिने विशेष समारोहमा प्रतिस्पर्धीलाई पुरस्कृत गर्न लागिएको समूहका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिए । एनफपिजेका पूर्वअध्यक्षद्वय मीनरत्न बज्राचार्य र विकास रौनियार तथा वाइडलाइफ फोटोग्राफर चुङ्वा लामालगायत फोटो… पुरा पढौ

प्रदेश सरकार बनेपछि मुस्ताङ मा संभव भयो शल्यकृया सहितको प्रसुती सेवा

मुस्ताङ । गण्डकी प्रदेश सरकार अन्र्तगत सञ्चालित मुस्ताङ जिल्ला अस्पतालमा शल्यक्रिया सहित प्रसुती सेवा शुरु भएको छ । हिमालपारीको जिल्ला मुस्ताङमा पहिलोपटक शल्यकृया शुरु भएपछि त्यहाँका नागरीकले हेलीकप्टर बाट सुत्केरी हुने महिला अन्यत्र लैजान नपर्ने भएको हो । डा. कुन्दन कर्ण, डा बिशाल तिवारी, डा राजिव सापकोटा, स्टाफ नर्श निता घर्ती मगर, सुनिता श्रीमल र कार्यालय सहयोगी सनिलाल परियार लगायतको टोलीले अस्पतलामा पहिलो पटक सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरेको हो । शल्यकृया गरिएको आमा र बच्चा दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको… पुरा पढौ

गुरुङ र तिमिल्सेना पुरस्कृत 

गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार पोखरामा क्रियाशील पत्रकारद्वय राम गुरुङ र रामप्रसाद तिमिल्सेनालाई प्रदान गरिएको छ ।पत्रकार गुरुङलाई २०७७ र तिमिल्सेनालाई २०७८ को पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशि २५ हजार १ रुपैयाँ र सम्मानपत्र छ । पुरा पढौ

पर्यटन सस्कृती तथा नागरिक उड्डयन मन्त्री

पोखरा,९साउन। नेपाल सरकारका  पर्यटन सस्कृती तथा नागरिक उड्डयन मन्त्री माननीय जिवनराम श्रेष्ठ  सोमबार पोखरा महानगरपालिका-१७  रातोपैह्रोमा अवस्थित  अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयको अवलोकन गर्नुहुदै।  पुरा पढौ

बंगलादेशको जहाँगिरनगर विश्वविद्यालयमा फोटो ​​पत्रकारितासम्बन्धी अन्तरक्रिया

नेपालका अग्रज फोटो पत्रकार, राष्ट्रिय फोटो पत्रकार समुह नेपाल (एनएफपीजे) का अध्यक्ष प्रदीपराज वन्तले बंगलादेशमा पुगेर फोटो पत्रकारिताकाका विविध आयाम र चुनौतीका बारेमा आफ्ना अनुभव सुनाउनुभएको छ । बंगलादेशस्थित जहाँगिरनगर विश्वविद्यालयको ​​पत्रकारिता तथा सञ्चार अध्ययन विभागद्धारा ढाकामा आयोजित फोटो पत्रकारिताका सम्बन्धमा विशेष अन्तक्रिया कार्यक्रममा उहाँले विश्व र नेपालको फोटो पत्रकारिताको अबस्था, कोभिड १९ तथा यस्ता महामारीका विषयमा फत्रकारले भोग्नुपरेका चुनौती र फोटो पत्रकारको भूमिकाका विषयमा जानकारी दिनुभएको थियो । विश्वविद्यालयको पत्रकारिता तथा मिडिया अध्ययन विभागको कक्षमा आज आइतबार आयोजना गरिएको… पुरा पढौ

रामघाट धार्मिक क्षेत्र विकास समितिको सेतीगंगा पाटी फल्चाको उद्घाटन

पोखरा । सेतीगंगा टोल विकास संस्था, सौभाग्य महिला समुह तथा नयाँ बजार रामघाट धार्मिक क्षेत्र विकास समितिको सेतीगंगा पाटी फल्चाको उदघाटन गरिएको छ । आईतबार आयोजित एक कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ९ का वडाध्यक्ष दिपेन्द्र मर्सानीले फल्चाको उद्घाटन गरेका हुन् । रामघाट क्षेत्रमा हरिबोधनी एकादशीका दिन फूल तार्न जाने भक्तजनहरुबाट संकलित रकम तथा विभिन्न सहयोगी र दाताहरुबाट प्राप्त तीन लाख रुपैयको लागतमा फल्चा निर्माण गरिएको हो । मलामी गई फर्किएकाहरुको विश्रामकालागि फल्चा अर्थात पाटीको निर्माण गरिएको हो । उदघाटन… पुरा पढौ

पोखराको जग्गा भाडामा दिने सम्झौता खारेज

निवर्तमान मेयर मानबहादुर जिसीले कार्यकालको अन्तिममा अपारदर्शी ढंगले निजी क्षेत्रलाई सार्वजनिक जग्गा भाडामा दिन गरेको सम्झौता खारेज भएको छ । पोखरा उपत्यका नगर विकास समितिको बैठकले सम्झौता खारेज गरेको हो । सम्झौता खारेज गरी छानबिनका लागि विभिन्न निकायलाई पत्राचार गर्ने निर्णय भएको शुक्रबार भएको पत्रकार सम्मेलनमा अध्यक्ष धनराज आचार्यले जानकारी दिए । सम्झौतामा क्रममा जिम्मवार पदमा रहेकाले अख्तियार दुरुपयोग गरेकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छानबिनका लागि पत्रचार गरिने भएको छ । बन्द रहेको पत्रिकाले त्यही सूचना प्रकाशनका लागि मात्र केही… पुरा पढौ