प्रदेश सरकार बनेपछि मुस्ताङ मा संभव भयो शल्यकृया सहितको प्रसुती सेवा

-


     नयाँ लिपि    
     भाद्र १ गते २०७९ मा प्रकाशित


मुस्ताङ । गण्डकी प्रदेश सरकार अन्र्तगत सञ्चालित मुस्ताङ जिल्ला अस्पतालमा शल्यक्रिया सहित प्रसुती सेवा शुरु भएको छ । हिमालपारीको जिल्ला मुस्ताङमा पहिलोपटक शल्यकृया शुरु भएपछि त्यहाँका नागरीकले हेलीकप्टर बाट सुत्केरी हुने महिला अन्यत्र लैजान नपर्ने भएको हो । डा. कुन्दन कर्ण, डा बिशाल तिवारी, डा राजिव सापकोटा, स्टाफ नर्श निता घर्ती मगर, सुनिता श्रीमल र कार्यालय सहयोगी सनिलाल परियार लगायतको टोलीले अस्पतलामा पहिलो पटक सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरेको हो ।

शल्यकृया गरिएको आमा र बच्चा दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.विशाल तिवारीले जानकारी दिए । शल्यकृयाका लागि आबस्यक जनशक्ती, मेसीन लगायतका अन्य उपकरणहरु प्रदेश सरकारले ब्यबस्थापन गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले मुस्ताङ अस्पतालमा आबस्यक उपकरण तथा जनशत्ति ब्यबस्थापन गरेको थियो ।प्रदेश सरकार मातहतका पोखराको मातृशिशु अस्पताल , बागलुङ जिल्ला अस्पताल तथा नवलपुरको मध्यबिन्दू अस्पतालको सेवा बिस्तार र गुणस्तर बृद्धिका काम भैरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल मात्र प्रदेश सरकारले लमजुङ अस्पताललाई पनि आफु मातहत ल्याएर स्तरउन्तीको काम सुरु गर्न लागेको छ ।