प्रमुख समाचार

माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ । कोटेश्वरस्थित पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अपरान्ह ५ बजेबाट बैठक सुरु भएको हो । बैठकमा माओवादी केन्द्रले भावी राष्ट्रपतिमा कसलाई समर्थन गर्ने भन्नेबारे ठोस निर्णय गर्ने नेताहरुले बताएका छन् । माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्नुपर्ने धारणा राख्दै आएको छ । सत्तारुढ एमाले भने पुस १० को सहमति अनुसार एमालेको राष्ट्रपति हुनुपर्ने अडानमा छ । यसैबीच राष्ट्रपतिमा कसलाई समर्थन गर्ने भन्नेबारे माओवादीको बैठक बसेको हो । फागुन २५ मा हुने राष्ट्रपति चुनावका लागि… पुरा पढौ

बाह्रबुँदे समझदारी पक्षधर शक्तिहरू एक ठाउँ उभिनुपर्छ : प्रचण्ड

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाह्रबुँदे समझदारी, बिस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला एक ठाउँ उभिएका शक्तिहरू फेरि पनि एकै ठाउँ उभिनुपर्ने बताउनुभएको छ। सोमबार दिउँसो पोखराको लेखनाथमा नेकपा ९माओवादी केन्द्र० गण्डकी प्रदेश समितिको छैटौं पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो। प्रदेश बैठकलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ूमुलुक राजनीतिक र आर्थिक रूपले अप्ठ्यारो परिस्थितिमा छ। राजनीतिमा दुषित हावा देखिएको छ, अर्थतन्त्र अप्ठ्यारो ठाउँमा छ। १२ बुँदे समझदारी, विस्तृत शान्ति… पुरा पढौ

घनश्याम ढकालका विविध आयामबारे पोखरामा विचारगोष्ठी

प्रगतिवादी साहित्यकार घनश्याम ढकालका विविध सिर्जनात्मक आयामबारे पोखरामा शनिबार (फागुन ६ गते) विचार गोष्ठी सम्पन्न भएको छ। गण्डकी साहित्य सङ्गम, पोखरा र घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठानको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा मार्क्सवादी समालोचक तथा सौन्दर्यचिन्तक निनु चापागाईं, प्रगतिवादी कवि तथा समालोचक डा. अमर गिरी, समालोचक डा. कृष्णराज अधिकारी, कवि कल्पना चिलुवालले घनश्याम ढकालको संस्कृति-चिन्तन, सौन्दर्य चिन्तन, आख्यान लेखन र जीवनी-व्यक्तित्वबारे चर्चा गर्नुभएको थियो। समालोचक चापागाईंले ढकालका फुटकर निबन्ध, लेख र अन्तर्वार्ताहरूमा व्यक्त उहाँको संस्कृति-चिन्तनको सान्दर्भिकताबारे चर्चा गर्नुभयो। डा. गिरीले मार्क्सवादी सौन्दर्य… पुरा पढौ

राष्ट्रपति एकताको प्रतीक हो, सहमतिबाटै जानुपर्छ: किराँती

पोखरा, ४ फागुनबिहीबार बिहान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती यति एअरको जहाजबाट पोखरा आए । मन्त्री बनेपछि पहिलो पटक पोखरा आएका मन्त्री किराँतीले शुभेच्छुक, कार्यकर्ता र विमानस्थल व्यवस्थापनबाट खादा, माला लगाएनन् । विमानस्थल अनुगमन गरेपछि उनी पत्रकारसँग कुरा गर्न तयार भए ।नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका उनले कम्युनिस्ट आन्दोलनलाई एकीकृत र फरक तवरले अघि बढाउनुपर्नेमा जोड दिए । राष्ट्रपति निर्वाचनमा माओवादीको अडानबारे सोधिएको प्रश्नमा उनले भने, ‘नेपालको संविधानले परिकल्पना गरेको राष्ट्रपति देशको एकताको प्रतीक पनि हो ।… पुरा पढौ

रामचन्द्र राईले त्रिभुवन पौडेल स्मृति अक्षयकोषलाई १ लाख १ हजार १ रुपैयाँ प्रदान गर्ने

पोखरा ।नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले आफ्ना संस्थापक अध्यक्ष स्वर्गीय त्रिभुवन पौडेलको स्मृतिमा स्थापना गर्न लागेको ‘त्रिभुवन पौडेल स्मृति अक्षयकोष’का लागि सहयोग आउने क्रम सुरु भएको छ । शुक्रबार विहान मात्र हाल जापानमा कार्यरत सञ्चारकर्मी रामचन्द्र राईले पौडेलको स्मृतिमा स्थापित कोषका लागि १ लाख १ हजार १ रुपैयाँ हस्तातरण गर्ने घोषणा गरेका छन् । पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष एवं महासंघका केन्द्रीय सदस्य पौडेलको निधन भएको १३ औं दिनको पुण्य तिथि एवं आफ्नो जन्म दिनको अवसर पारेर राईले उक्त… पुरा पढौ

अनावश्यक खर्च घटाउन गण्डकीका मुख्यमन्त्रीकाे निर्देशन

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुमाझ प्रस्तुत भएको मन्त्रालयगत ब्रिफिङमा मुख्यमन्त्री खगराज अधिकारीले सुझाव तथा निर्देशन दिएका छन् । आज बसेको गण्डकी प्रदेशको मन्त्रीमण्डलको बैठकमा मुख्यमन्त्री अधिकारीले विविध निर्देशन दिएका हुन् । मुख्यमन्त्री अधिकारीले प्रदेशमा सुशासन कायम गर्न भाषण र नारामा सिमित नराखि काम गर्न मन्त्री तथा सचिवहरुलाई निर्देशन दिएका छन् । पूँजिगत खर्च बढाउन, चालु खर्च घटाउन, अनावश्यक चालु खर्च घटाई पूँजीगत बजेट र खर्चको बढोत्तरीमा लाग्न समेत मुख्यमन्त्रीले निर्देशन गरेका छन् । त्यसैगरि आर्थिक ऐन, नियम तथा… पुरा पढौ

मेयरसँग विद्यार्थी अन्तर संवाद कार्यक्रम

पोखरा, १२ माघ ।पोखरा महानगरपालिकाको शिक्षा महाशाखा र गण्डकी बहु प्राविधिक शिक्षालय पोखराको आयोजनामा मेयरसँग विद्यार्थी अन्तर संवाद कार्यक्रम गरिएको छ । प्राविधिक शिक्षाको अवस्था, आवश्यकता र अवसर लगायतमा केन्द्रित अन्तर संवादमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य सहित प्राविधिक शिक्षा सेवा प्रदायक संस्था=संस्थान र अध्ययन गरिरहेका विद्यार्थीहरूले प्रत्यक्ष सहभागिता जनाएका छन् । कार्यक्रममा विद्यार्थीहरूले प्राविधिक शिक्षा अध्ययनका सम्बन्धमा भोगेका समस्या, चुनौती र भविष्यमा हुनसक्ने अवसरका विषयमा जिज्ञासा राखेका छन् । जवाफमा प्रमुख आचार्यले प्राविधिक जनशक्तिलाई अवसरको अभाव नहुने भन्दै स्थानीय… पुरा पढौ

सरकारले विमान दुर्घटनाको शोकमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

पाेखरामा भएकाे विमान दुर्घटनाको शोकमा भोलि सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ। विमान दुर्घटनापछि बसेको मन्त्रिपरिषद बैठकले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा अर्थमन्त्री विष्णु पौडेलले बैठकाे निर्णय सार्वजनिक गर्दै भाेलि २ गते शोक बिदा दिने निर्णय गरेको जानकारी दिए। बैठकले विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय जाँचबुझ आयोग गठन गरेको उनले बताए। पुरा पढौ

यति एयरलाइन्सको जहाज पाेखरामा दुर्घटना

काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको जहाज आइतबार बिहान ११ बजे पोखरा सेती नदीको खोंचमा दुर्घटनामा परेको छ। बिहान १०:३३ बजे उडेको जहाजमा ४ चालक दलका सदस्य र ६८ सहित जम्मा ७२ जना सवार थिए। उक्त दुर्घटनामा पाँच भारतीयसहित १५ विदेशी नागरिक परेको खुलेको छ । साथै ५३ नेपाली यात्रु रहेको पुष्टि भएको छ ।पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएर आगाे लागेकाे जहाजबाट केही जलेकाे शव बाहिर निकालिएको छ। पुरा पढौ

हस्तकला उद्योगलाई सातवटै प्रदेशमा बिस्तार गर्छौँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्तकला क्षेत्र नेपालको मौलिक क्षेत्र भएकाले यसलाई सातवटै प्रदेशमा बिस्तार गर्ने बताउनुभएको छ। शुक्रबार ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४२ औं वार्षिक साधारण सभालाई सम्वोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो।‘‘हस्तकला क्षेत्र नेपालका लागि अर्गानिक क्षेत्र छ । यो असीमित सम्भावना भएको क्षेत्र हो’’ प्रधानमन्त्रीले भन्नुभयो, ‘‘यो क्षेत्रलाई राम्रोसँग विकास गर्न सकियो भने एकातिर व्यापार घाटा कम गर्न सकिन्छ । अर्कोतिर नेपाली मौलिकतालाई विश्वभरि प्रचार र बिस्तार गर्न सकिन्छ । यसैले सरकार… पुरा पढौ